माघ ३, २०८०
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
हिमाल पारिको गाउँ लिमीका बासिन्दाले कोरोना भाइरस (कोभिड–१९)को सन्त्रासबाट पूरै गाउँलाई जोगाउन बाहिरी सम्पर्कबाट अलग गराएका छन् । अहिलेको आधुनिक सञ्चार प्रविधिको युगमा पनि नाम्खा गाउँपालिकाको लिमी गाउँ यो प्रविधिको पहुँचमा छैन ।
देशमा जारी लकडाउनबारे काठमाडौँमा बसेका आफन्तको फोनबाट जानकारी पाएपछि गाउँ आउने सबै नाका बन्द गरिएको नाम्खा गाउँपालिकाका जनप्रतिनिधिले जानकारी दिएका छन् । केही समयअघि वल्र्डलिङ्कको इन्टरनेट सेवाले काम गर्दा देश विदेशको खबर सहजै थाहा पाउने लिमीका बासिन्दा अहिले इन्टरनेट सेवा अवरुद्ध हुँदा सञ्चारविहीन अवस्थामा छन् ।
अहिले नेपाल टेलिकमको एक लाइन भिस्याट फोनबाट यहाँका बासिन्दाले काम चलाइरहेका छन् । त्यही फोनबाट काठमाडौँबाट आफन्तले कोरोना सङ्क्रमणका कारण देशमा लकडाउन भएको जानकारी दिएलगत्तै लिमी उपत्यका प्रवेश गर्ने सबै नाका स्थानीयवासीले बन्द गरेका छन् । लकडाउन भएको पाँचौँ दिनमा मात्र थाहा पाएको बताउँदै नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमी गाउँका अध्यक्ष पाल्जोर तामाङले काठमाडौंँबाट आफन्तको फोन नआएको भए लकडाउनबारे थाहा नहुने बताए ।
सो फोन पनि दिनमा पाँच÷सातपटक बिग्रिने समस्याले नयाँ जानकारी पाउन कठिन भएको उनले बताए । तामाङले लिमीमा लकडाउन छैन तर आउने नाकामा मानिस पालो बसेर कोही गाउँमा छिर्न नपाऊन् भनेर पहरा बस्ने गरिएको छ । सम्भावित कोरोना सङ्क्रमण हुनसक्ने भन्दै वडाको बैठक बसी लिमी प्रवेशका दुईवटै नाका बन्द गर्ने निर्णय गरिएको हो भने ।
उनले लिमीमा भारततर्फ व्यापार व्यवसाय गर्न गएका, काठमाडौँमा रहेका र चीनको ताक्लाकोटतर्फ काम गर्न गएका व्यक्ति भित्रिन सक्ने भन्दै नाका बन्द गर्नुपरेको जानकारी दिनुभयो । अहिले पनि लिमीका बासिन्दा कोरोना भाइरसको सङ्क्रमणका बारेमा बेखबर रहेको उनले बताए ।
उनले कुनै पनि सञ्चार माध्यमको प्रभावकारी पहुँच नहुँदा पीडा भोग्नुपरिरहेको बताए । लिमीमा अन्यत्रबाट आउने कोही पनि भित्रिन नपाऊन् भनेर फोनमार्फत अध्यक्ष तामाङले सदरमुकाम सिमकोटमा रहेका सञ्चार माध्यमलाई जानकारीसमेत गरेको बत(ाउनुभयो । मङ्सिरबाट चैत महिनासम्म लिमीका बासिन्दा हिमपातका कारण आफैँ पनि लक डाउनमा पर्छन् ।
यो अवधिमा कोही आवतजावत गर्न सक्ने अवस्था पनि छैन । भएको प्रहरी चौकी पनि कात्तिक महिनाबाट सिमकोट फर्केको छ । अहिले हेलिकप्टर रिजर्भ गरेर लिमी जानुबाहेक अन्य कुनै विकल्प छैनन् ।
स्थानीय बासिन्दासँग टेलिभिजन नभएको र रेडियो नसुनिने भएपछि सूचना पाउने माध्यम भनेकै भिस्याट टेलिफोन हो तर त्यो पनि सुन्न कठिन हुन्छ । त्यो पनि गतिलोसँंग सुचारु नहुँदा भगवान् भरोसे बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासीले बताएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...