२७ जेठ २०८३, बुधबार

लकडाउनमा टाइगरको मस्ती

चैत २०, २०७६
लकडाउनमा टाइगरको मस्ती

'बागी-३' फिल्मका अभिनेता टाइगर श्राफको फिटनेसका कारण उनका धेरै फ्यान छन्। फिटनेस कायम राख्न लकडाउनमा पनि उनले पसिना निकाल्ने उपाय निकालिरहेका छन्।

हालै आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेको भिडियोमा उनी सर्टलेस भएर जिम गरिरहेका छन्।

साथै घरमै फुटबल पनि उफारिरहेका छन्। यसैगरी बाल्यकालको याद सेयर गर्दै उनले स्टाटस लेखेका छन्, 'मेरी आमाले मलाई घरमा कहिल्यै खेल्न दिनु भएन। तर उनीसँग अब कुनै विकल्प छैन।'

टाइगरले लगातार क्वारेन्टाइन दिनचर्याको अन्य भिडियो पनि सेयर गरिरहेका छन्। हालै उनले अभिनेत्री अनन्या पाण्डेको अन्ताक्षरी च्यालेन्जको सिको गर्दै गीत गाउँदै गरेको भिडियो पोस्ट गरेका छन्। उनको गायनको पनि धेरैले सराहना गरेका छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्