कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
कोरोना भाइरसको जोखिमले उत्पन्न त्रासका कारण बाँकेका पर्यटकीय क्षेत्र सुनसान बनेका छन् ।
बाँकेका पर्यटकीय क्षेत्र गाभर भ्याली, बाँके राष्ट्रिय निकुञ्ज, रानी तलाउ, बागेश्वरी मन्दीर लगायतका पर्यटकीय क्षेत्र सुनसान बनेका हुन् जबकि यो पर्यटकका लागि उपयुक्त मौसम हो, यही मौसममा पर्यटक सुनसान छन् ।
होमस्टे एसोशियसन नेपाल (होसान)का केन्द्रीय सचिव एवं गाभर भ्याली सामुदायिक होमस्टेका सञ्चालक कृष्णलाल चौधरीले भने, 'कोरोनाको त्रासले पर्यटन क्षेत्रलाई तहसनहस पारेको छ । यसले पर्यटन व्यवसायीहरू आर्थिकरुपमा धरासायी बनेका छन् ।'
कोरोना सङ्क्रमणको समस्या कहिलेसम्म रहन्छ भन्ने निश्चित नहुँदा पर्यटन व्यवसायी थप अन्योलमा छन् । यस्तो बेलामा सरकारले पर्यटन क्षेत्रका लागि राहतको प्याकेज ल्याउन जरुरी रहेको उनको माग छ ।
नेपाल सरकारले नै घोषित नेपाल भ्रमण वर्ष २०२० समेत स्थगित गरेपछि पर्यटनमा संकट देखापरेको पर्यटन व्यवसायीहरूले बताएका छन् । होटल व्यवसायी महासंघ प्रदेश ५ का अध्यक्ष भास्कर काफ्लेले कोरोनाकै कारण पर्यटन व्यवसाय धरासायी हुँदा करोडौंको नोक्सानी व्यहोर्नुपरेको बताए ।
नेपालगंजमा यो समय मानसरोवर जानेहरू को तीर्थयात्री पर्यटक आगमनको सिजन शुरू हुने समय हो । अध्यक्ष काफ्लेले भने, 'यतिबेला मानसरोवर जाने पर्यटकहरूका लागि होटल बुकिङ्ग खुला हुन्थ्यो । वैशाखदेखि मानसरोवरको यात्रा शुरू हुन्थ्यो । यही अवस्था रह्यो भने यसपाली मानसरोबर जाने पर्यटकको संख्या शून्य हुने देखिन्छ ।'
बाँकेका राष्ट्रिय निकुञ्जका प्रमूख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार कोरोना सङ्क्रमणपछि १५ दिनदेखि पर्यटकका लागि निकुञ्ज पूर्णरुपमा बन्द गरिएको छ ।
यस्तो अवस्थामा पर्यटक आउँदा त्रास र नआउँदा झन् समस्या देखिएको छ । कोरोना भाइरसकै कारण बाँकेको प्रसीद्ध र ठूलो शक्तिपीठ पूर्णरुपमा बन्द गरिएको छ । एक सातादेखि मन्दीरका सबै ढोकामा ताला लागेको छ । अहिले पुजाआजाका लागि आउने भक्तजनलाई देख्दा पनि डराउनुपर्ने अवस्था रहेको बागेश्वरी मन्दीरका मुल महन्त चन्द्रनाथ योगीले बताए।
धार्मिकरुपमा अति संवेदनशील मानिएको इश्लामिक धर्माबलम्बीको नमाजलाई पनि समूहमा नजान औपचारिक आव्हान गरिएको छ ।
नेपालगन्जकै सबैभन्दा ठुलो जामा मस्जिदले घरमै जुमा आज नमाज पढ्न आग्रह गरेको छ । जामा मस्जिदका महासचिव इरफान सिद्दीकीले विज्ञप्ती जारी गरी महामारीबाट जोगिनका सरकारको निर्देशन पालना गर्न ध्यानाकर्षण गराएका छन् ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...