भारतमा कोरोनाविरुद्ध लडिरहेका स्वास्थ्यकर्मीमाथि आक्रमण (भिडियो)

भारतमा कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मीहरू पनि मुश्किलमा पर्न थालेका छन् । 

बिहारको मधुवनी र मुंगेरमा स्वास्थ्यकर्मीको टोलीमाथि आक्रमण भएको छ । अनि इन्दौरमा चिकित्सकहरूको टोलीमाथि ढुंगा बर्साइएको छ । 


Advertisement

उत्तर प्रदेशको मुजफ्फरनगरमा लकडाउन पालना गराउने प्रहरीलाई कुटपिट गरिएको छ । 

बुधवार इन्दौरमा एक व्यक्तिको स्वास्थ्य जाँच गर्न पुगेका स्वास्थ्य विभागको टोलीमाथि मानिसहरूले ढुंगामुढा गरे । ताटपट्टी भक्खलमा कोरोनाभाइरस फैलिएपछि स्वास्थ्यकर्मीहरू एक व्यक्तिको स्वास्थ्य जाँच गर्न गएका थिए । 
तर स्थानीयहरूले स्वास्थ्यकर्मीमाथि ढुंगा बर्साए । आफूहरूकहाँ कोही पनि कोरोना संक्रमित नरहेको स्थानीयको दाबी छ । 


Advertisement

आक्रमणको भिडियोमा फिक्का नीलो पीपीई लगाएका दुई स्वास्थ्यकर्मीहरू स्थानीयहरूको एक समूहबाट बच्दै भागेको देखिन्छ । स्थानीयहरूले उनीहरूमाथि ढुंगा र प्लास्टिक प्रहार गरेका थिए । 

पछि चाहिँ १०० जना जति आक्रोशित स्थानीयहरूले गालीगलौज गर्दै लट्ठी र ढुंगा हानेको अनि स्वास्थ्यकर्मीहरूलाई साँघुरो गल्लीमा लखेटेको देखिन्छ । 

उता हैदराबादमा विगत केही दिनयता स्वास्थ्यकर्मीमाथिको आक्रमण बढिरहेको छ । गान्धी अस्पतालमा कोरोनाका एक बिरामीको मृत्यु भएपछि आफूहरूमाथि आक्रमण गरिएको चिकित्सकहरूको दाबी छ । 

जिउज्यानको सुरक्षा गराइपाऊँ भन्दै चिकित्सकहरूले सरकारसमक्ष माग गरेका छन् । प्रहरीलाई पनि उनीहरूले पत्र पठाएका छन् ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्