मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
कोरोनाभाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि सामाजिक दूरी कायम गर्ने भन्दै संसारको आधाभन्दा धेरै जनसंख्या अहिले घरभित्र बन्दी अवस्थामा बसेको छ तर घरभित्र बसेकाहरूमध्ये धेरैलाई यो महामारीको अन्त्य कसरी हुन्छ भन्ने थाहा छैन ।
जसरी चीनको वुहानबाट शुरू भएर कोभिड १९ युरोप हुँदै अमेरिकासम्म पुगेको छ, त्यसैगरी कुनै एउटा देशमा यसको अवशेष रहने बेलासम्म अर्को देशमा संक्रमणको जोखिम कायमै रहन्छ ।
समाचार टिप्पणी लेख्दासम्म विश्वभरका ९ लाख ३६ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । योमध्ये ठूलो संख्या अमेरिका, इटली, स्पेन, चीन, जर्मनी, फ्रान्स र इरानमा रहेका छन् ।
कोरोनाकै कारणले मृत्यु हुनेको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ । गत फेब्रुअरीको अन्तिमसम्म २ हजार ९७७ जना मृतकको संख्या रहेकोमा मार्च महिनाभर त्यो बढेर ४२ हजार ३ सय ९ पुग्यो । प्रत्येक दिन संक्रमित हुनेको संख्या र मृत्यु हुनेको संख्या बढ्दो दरमा उकालो लागिरहेको छ ।
विश्वका कतिपय अनुसन्धानकर्ताले आगामी केही दशकसम्म विश्वमा कोरोनाको प्रकोप रहिरहने भविष्यवाणी गरिरहेका छन् । लेखक जोए पिन्स्करले गत हप्ता द एटलान्टिकमा लेखेका छन्, ‘सबै सामान्य कहिले हुन्छ भन्ने प्रश्नको एउटै जवाफ छ – जब संसारका ६० देखि ८० प्रतिशत मानिसहरूमा कोरोनाविरुद्ध प्रतिरोधात्मक क्षमता विकास हुँदैन, यो संसारबाट हट्नेवाला छैन । अहिलेसम्म कसैलाई थाहा छैन, त्यो समय कहिले आउनेछ ।’
कोरोनाविरुद्ध लड्न मान्छेमा प्रतिरोधात्मक शक्ति हुनुको विकल्प नरहेको दाबी पिन्स्करको छ । उनी भन्छन्, ‘मानिसमा प्रतिरोधात्मक क्षमता कसरी आउँछ भन्ने प्रश्नका २ वटा जवाफ छन् । पहिलो हो खोप अनि दोस्रो हो कोरोनाले आफ्नो काम गर्न छोडिदिनु । यसलाई यत्तिकै छोडिदिने हो भने निश्चय नै यसले धेरैको ज्यान लिनेछ तर जो यसको संक्रमणबाट निको भएर सामान्य जनजीवनमा फर्किनेछन्, उनीहरूमा दोस्रोपटक यसले ठूलो प्रभाव पार्न सक्ने छैन ।’
यद्यपि पहिलोपटक निको भएर दोस्रोपटक संक्रमित भएको व्यक्तिलाई कोरोनाले कुन तहमा असर गर्छ र उक्त व्यक्तिले अरूलाई संक्रमित बनाउन सक्ने सम्भावना कति छ, त्यो अझै पनि अनुसन्धानकै चरणमा छ । पिन्स्करले तत्काल खोपको विकास भएर संसारका करोडौं मानिससमक्ष पुग्न १८ महिनासम्म लाग्ने दाबी गरेका छन् ।
उनको भनाइ छ, ‘त्यतिबेलासम्म कोरोनाले संसारका धेरैलाई संक्रमित तुल्याएको हुनेछ । त्यसपछि खोपको महत्त्व घट्दै जानेछ ।’
अमेरिकाको न्यूयोर्कस्थित वेस्टमेड मेडिकल ग्रूपका सरुवा रोग विशेषज्ञ डा. सान्द्रा केशले एक अन्तर्वार्तामा भनेका छन्, ‘यो भाइरस कुन दिशातर्फ जान्छ भन्ने थाहा पाउन कठिन छ ।’
‘यो नयाँ भाइरस भएकाले जो संक्रमित भएका छैनन्, उनीहरूमा बिल्कुलै यो भाइरससँग लड्ने इम्युनिटी छैन,’ डा. केशले भने, ‘यदि कुनै समुदायका बहुसंख्यक मानिसहरू यो भाइरसको आक्रमणमा परे भने हेल्थकेयर प्रक्रियाको संयन्त्रमै गडबडी हुन सक्छ ।’ यो महामारी कतिञ्जेल लम्बिन सक्ने हो यसको कुनै सीमा नरहेको उनी बताउँछन् ।
लेखक पिन्स्कर र डाक्टर केशको भनाईमा नेपालका वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षित सहमत छन् । डा. सुन्दरमणि दीक्षितले सन् १९१८ मा देखिएको एन१एच१ भाइरस १९६० तिर मात्र संसारबाट लोप भएको उदाहरण दिए ।
उनले भने, ‘त्यतिबेला करोडौंको ज्यान लिएको भाइरस ३ दशकभन्दा बढी पृथ्वीमा रह्यो । कोरोनाबाट संक्रमित हुनेहरूको संख्या दिनप्रतिदिन ठूलो दरमा बढिरहेको अहिलेको यो अवस्थामा संसार कोरोनामुक्त हुन केही दशक लाग्न सक्छ ।’
डा. दीक्षितले यस्ता भाइरसका आक्रमणहरू संसारमा धेरै हुने तर एकाधले मात्र महामारी निम्त्याउने बताए । ‘यो एक शताब्दीपछि उस्तै भएर आएको छ,’ डा. दीक्षितले भने, ‘यसले पृथ्वीलाई एकातिर खत्तम पनि बनायो र अर्काेतिर हामीलाई एकढिक्का हुन पनि सिकाएको छ ।’
चीनको वुहानमा भाइरस नियन्त्रणमा आएपछि संसारका अन्य भू–भागमा भाइरस अनियन्त्रित गतिमा फैलिरहेको छ । वुहानमा अहिले जनजीवन सामान्य स्थितितिर फर्किने कोसिसमा छ तर अझै पनि केही भन्न नसकिने र कुनै पनि बेला यो महामारी पुनः फर्किन सक्ने त्रास चीनमा कायमै छ ।
डिसेम्बरको अन्तिममा पुष्टि भएको कोरोनाले विश्व अर्थव्यवस्था नै ध्वस्त बनाएको डा. दीक्षितले बताए । ‘अस्ति मात्र अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुखले हामी २००९ को आर्थिक मन्दीभन्दा खतरनाक स्थितिमा पुगिसक्यौं भनेको मैले सुनेको थिएँ,’ उनले भने, ‘त्योभन्दा खराब अब हुँदैछ । अहिले विकास भएका र नभएका देशहरू एकप्रकारले एउटै तहमा आइसकेका छन् ।’
डा. दीक्षितले सामाजिक सञ्जालको दुरुपयोगले मानिसहरूमा डिप्रेसन, संसार नै ध्वस्त हुने हो कि भन्ने भय, मारिने पो हो कि भन्ने त्रास, एन्जाइटीजस्ता नकारात्मक कुराहरूको बाढी आएको बताए । ‘जसरी हाम्रो आफ्नो दुनियाँ छ, भाइरसको पनि आफ्नै दुनियाँ छ । पृथ्वीमा हुने जीवको विकासक्रमलाई सहज रूपमा लिने हो भने भाइरसको विकासक्रमलाई पनि सहज रूपमा लिनुपर्छ । यो भाइरसविरुद्ध लड्न छोड्नुहुन्न तर यसलाई केकेन संसार नै ध्वस्त गर्ने चिजको रूपमा लिनु मूर्खता हुन्छ,’ डा. दीक्षितले भने ।
सामाजिक सञ्जाल मात्र नभएर यतिबेला मूलधारकै सञ्चारमाध्यमले झूटा समाचारहरू प्रसारण गर्दै आइरहेको दीक्षितको आरोप छ । ‘यो औषधि खाए होला, त्यो औषधि खाए होला भन्ने खालका बिल्कुलै अवैज्ञानिक झूटहरू सामाजिक सञ्जालमा फैलिरहेको मैले सुन्छु,’ उनले भने, ‘यस्ता कुराहरूले मानिसमा सही सूचना पुग्दैनन् । यसले यो खतरनाक भाइरससँग लड्न मद्दत गर्दैन ।’ उनले कहिलेकाहीँ जानकारी लिनु अलग कुरा भएपनि सामाजिक सञ्जालमा फैलिएका कतिपय भ्रमहरूमा विश्वास नगर्न सबैलाई आग्रह गरे ।
खतरनाक कोरोना भाइरससँग लड्न संसारका धेरै देशहरूले निश्चित रणनीति तय गरेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन् (जो अहिले भाइरसको संक्रमणमा छन् र उपचार गराइरहेका छन्) ले केही दिनअघि कोरोनासँगको युद्ध जित्न १२ हप्ता लाग्ने बताएका थिए तर बेलायतको पछिल्लो अवस्था हेर्दा त्यो सम्भव देखिने स्थिति छैन ।
गत मंगलवार कोरोनाको इपिसेन्टर बनेको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यो महामारीबाट मर्ने अमेरिकनको संख्या ४ लाखसम्म पुग्ने सम्भावना रहेको चेतावनी दिए । उनको यो भनाइको अहिले अमेरिकामा तीव्र आलोचना भइरहेको छ । अमेरिकाका स्वास्थ्य विज्ञहरूले सामाजिक दूरीको नियम पूर्णरूपले पालना गर्ने हो भनेपनि यसले १ लाखको हाराहारीमा अमेरिकी जनताको ज्यान लिन सक्ने चेतावनी दिएका छन् ।
नेपालमा संक्रमणको महामारी आइसकेको छैन । विदेशबाट आएका ५ जनामा संक्रमण देखिएको छ । हालसम्म भएका नमूना परीक्षणले संक्रमितका परिवारका सदस्यमा यो संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ तर पनि यसबाट बच्नका बाध्यात्मक रूपमा लागि सामाजिक दूरी अपनाउन सरकारले लकडाउनको घोषणा गरेको छ ।
जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे यो औंशीको रात ढल्नुको विकल्प नरहेको बताउँछन् । ‘यस्तो बेलामा धैर्य गर्नुको विकल्प छैन,’ उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘भाइरसको तानाशाही सत्ता कति लम्बिने हो ? भान्सा रित्तिएपछि के खाने हो ? औषधि पाइने हो कि हैन ? पानी पिउन कहिलेसम्म पाइने हो ? कथंकदाचित बिरामी भए के गर्ने हो ? कहाँबाट पैसा ल्याएर किस्ता तिर्ने हो ? यो कोरोना शासन ढल्ने बेलासम्म आफ्नो जागिर रहने हो कि गइसक्ने हो ? जस्ता प्रश्नहरूको एउटै उत्तर धैर्य हुनु मात्र हो ।’
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...