७ वटै प्रदेशबाट कोरोनाको परीक्षण शुरू गरिँदै

सरकारले कोरोना भाइरस संक्रमणको नमूना परीक्षण सातै प्रदेशबाट गर्ने तयारी बिहीवारदेखि थालेको छ ।

यसका लागि आवश्यक जनशक्ति र उपकरण सम्बन्धित क्षेत्रमा पुगिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


Advertisement

प्रदेश नम्बर १ मा धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमवारदेखि र गण्डकी प्रदेशको पोखरामा मंगलवारदेखि सो भाइरसको नमूना परीक्षण सेवा शुरू भइसकेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

प्रदेश नम्बर २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नम्बर ५ को बुटवल र बागमती प्रदेशको हेडौंडामा बिहीवारदेखि नमूना परीक्षण गर्ने आवश्यक तयारी भइरहेको छ ।


Advertisement

प्रवक्ता डा. देवकोटाका अनुसार सबै स्थानमा नमूना परीक्षणका लागि आवश्यक उपकरणसहित सम्पूर्ण सामग्री पुगिसकेको छ । यसअघि नै प्रयोगशाला सञ्चालन गर्न मन्त्रालयले जनशक्ति खटाइसकेको छ ।

कमेन्ट गर्नुहोस्