कात्तिक २८, २०८०
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
संसारको कुनै पनि कुनामा कसैको मृत्यु हुँदा ठाउँ अनुसारको अन्तिम संस्कार गरिन्छ । धर्म र परम्पराले अन्तिम संस्कारलाई निर्देशित गर्छ ।
तर कोरोनाभाइरसका कारण मृतकको अन्तिम संस्कारको तरिकामा परिवर्तन आएको छ । यसका लागि देशहरू छुट्टाछुट्टै कानून बनाएका छन् र कडाइका साथ पालन गराइरहेका छन् ।
इटली
कोरोना संक्रमण फैलिनुअघि इटलीमा मृतकलाई मन पर्ने कपडा लगाएर सजाइन्थ्यो अनि गाडिन्थ्यो । तर अहिले कोरोनाका कारण मर्नेहरूलाई अस्पतालकै गाउनमा गाडिने गरेको छ । मृतकको परिवारले घरबाट कपडा ल्याए भने गाउनमाथि नै त्यसलाई राखेर शव गाड्ने गरिएको छ । मर्ने मानिसबाट संक्रमण नफैलियोस् भनी परिवारका मानिसलाई शवबाट टाढा राखिँदैछ ।
चीन
चीनमा गाडेर र जलाएर दुवै तरिकाले अन्तिम संस्कार गर्ने गरिएको छ । तर कोरोना फैलिएपछि मृतकको अन्तिम संस्कार जलाएर नै गर्न आदेश जारी गरिएको छ । शवको अन्तिम दर्शनमा पनि रोक लगाइएको छ । शवलाई विद्युतीय शवदाह गृहमा मात्र जलाइँदैछ । शव अस्पतालबाट शवदाह गृहसम्म पुग्ने सडकको रूट निर्धारित गरिएको छ र बाटो खाली गराइएको छ ।
अमेरिका
अमेरिकामा धुमधामका साथ अन्तिम संस्कार मनाउने गरिएकोमा अहिले मानिसहरूलाई भेला हुन दिइएको छैन । मृतकको परिवारका मान्छे मात्र भेला भएर अन्तिम संस्कार गर्छन् । सामाजिक सञ्जालमार्फत अन्तिम संस्कारको लाइभ पनि गर्ने गरिएको छ ।
स्पेन
स्पेनमा अन्तिम संस्कारमा पूरै रोक लगाइएको छ । कुनै रीतिरिवाज विना नै शवलाई गाडिने गरेको छ । शवसँग तीनजना भन्दा बढी मानिस रहन पनि दिइएको छैन ।
आयरल्यान्ड
आयरल्यान्डमा अन्तिम संस्कार गर्दा मानिसहरू शवलाई छुन्छन्, चुम्छन्, अँगालो हाल्छन् अनि गाड्छन् । तर अहिले यसमा रोक लगाइएको छ । कसैलाई पनि शव हेर्न दिइँदैन । शवलाई अस्पतालको बडी ब्यागमा राखेर गाड्ने गरिएको छ ।
इरान
इरानमा अन्तिम संस्कारमा सयौं मानिस भेला हुने गरेकोमा अहिले त्यसमा रोक लगाइएको छ । मृत शरीरलाई गाडेपछि चिहानमा पत्थर राखेर नाम, जन्ममिति र मृत्युतिथि लेख्ने गरिएकोमा अहिले शवलाई अस्पतालको गाडीले सीधै कब्रिस्तान लगेर गाड्ने गरेको छ । पत्थर पनि राख्ने गरिएको छैन ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...