कात्तिक १९, २०८०
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा कोरोना रोगका शंकास्पद बिरामीको थ्रोब स्वाब जाँच गर्न शुरू भएको छ ।
बुधवार बिहान साढे १० बजे संघीय सरकारले हेलिकप्टरबाट पठाएको आरटी–पीसीआर मशिन बुधवार साँझ साढे १० बजे जडान गरिएको थियो ।
बिहीवार सवा १२ बजे १ जनाको स्वाब नमूना जाँच गर्दा रिपोर्ट ‘नेगेटिभ’ आएको स्वास्थ्य सेवा निर्देशक रिता भण्डारी जोशीले जानकारी दिइन् ।
‘पहिलो टेस्ट गरेका छौं । अन्य टेस्टहरू पनि भइरहेका छन् । पहिलो टेस्ट भारतबाट आएका १ जनाको गरिएको हो । टेस्ट नेगेटिभ आएको छ,’ उनले भनिन्, ‘हामीले हरेक दिन साँझ ५ बजे परीक्षणको नतिजा सार्वजनिक गर्ने भएका छौं ।’
कोरोना जाँच्ने मशिन प्रदेश अस्पतालमा रहेको टीभी कल्चर ल्याबमा जडान गरिएको स्वास्थ्य सेवा निर्देशनालयका ल्याब युनिट इन्चार्ज ओम आचार्यले बताए । बिहीवार बिहान क्वारेन्टाइनमा बसेका ४ जनाको नमूना लिइएको र जाँच भइरहेको उनले जानकारी दिए ।
नमूना जाँच गर्न प्रयोगशाला विज्ञको रुपमा काठमाडौंबाट रामकृष्ण श्रेष्ठको नेतृत्वमा १ टोली आएको र टोलीले ल्याब टेक्निसियनलाई सिकाइरहेको उनले बताए ।
‘अहिले उहाँहरूले हामीहरूलाई तालिम दिइरहनुभएको छ । ६ जनाले प्रयोगशालामा सिकिरहेका छौं । चैत २४ गते उहाँहरू फर्किनुहुन्छ । त्यसपछि हामी आफैं परीक्षण गर्छौं,’ उनले भने, ‘१ घण्टामा १ रिपोर्ट निकाल्न सकिने रहेछ । हामी १८ घण्टा काम गरेर भएपनि १५ वटा जाँच गर्ने लक्ष्यसहित अघि बढिरहेका छौं ।’ हाल ५०० नमूना जाँचका लागि सामान उपलब्ध भएको उनले बताए ।
‘प्रयोगशालामा पूर्वाधार अभाव भएको छ । काठमाडौंबाट आवश्यक सामानहरू ल्याउन लकडाउनका कारण चुनौती छ,’ लोकान्तरसँग बिहीवार कुरा गर्दै उनले भने, ‘चाहिने जति भौतिक पूर्वाधार, एअरप्रूफ हुने स्थान आवश्यक छ ।’
हाल ल्याब जाँच गर्ने जनशक्तिका लागि २० सेट जति व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) रहेको उनले जानकारी दिए । ‘हाल २० सेट जति ए लेभलको पीपीई हामीसँग छ । आवश्यक परेको खण्डमा स्वास्थ्य सेवा निर्देशनालयले उपलब्ध गराउला,’ उनले भने, ‘यसका अलावा हामीसँग जनशक्ति पनि अभाव छ । जनशक्तिको व्यवस्थापन गर्न आवश्यक छ ।’
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले प्रदेश अस्पतालमा ल्याब शुरू गरी जाँच कार्य सञ्चालन गरिएको बताउँदै कर्णाली प्रदेशभर कम्तिमा ४५ जनाको दैनिक रुपमा जाँच गर्न सके राम्रो हुने बताए । ‘अहिले हामीसँग अन्य भौतिक पूर्वाधार निर्माण भइसकेको छैन । जुम्लामा रहेको कर्णाली स्वास्थ्य प्रतिष्ठानमा १ वटा र प्रदेश अस्पतालमा अर्को १ ल्याब स्थापना गर्न सकेको खण्डमा कर्णालीमा भारतबाट आएका नागरिकहरूको समेत स्वाब जाँच गर्न सकिन्थ्यो,’ उनले भने, ‘हाल विदेशबाट आएकाहरूको जाँच गर्ने काम शुरू भएको छ । त्यसपछि भारतबाट फर्किएका नेपालीको जाँच गरिने छ,’ उनले भने, ‘सकेसम्म कर्णालीमा कोरोना नदेखियोस् भन्नेतिर हामी केन्द्रित छौं । कथंकदाचित देखिहालेपनि त्यसलाई रोक्न अहोरात्र खटिरहेका छौं ।’
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...