थुनुवा फरार प्रकरणमा एसपीको नेतृत्वमा छानबिन समिति गठन, ५ दिनभित्र प्रतिवेदन बुझाइने

शेरबहादुर थापा
शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवा कक्षबाट बुधवार राति ३ जना थुनुवा फरार भएको प्रकरणमा छानबिन शुरू भएको छ ।

लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका अभियुक्तहरू फरार भएको समाचार सार्वजनिक भएपछि कर्णाली प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ ।


Advertisement

प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सेनाले प्रहरी उपरीक्षक (एसपी) भोलाबहादुर रावलको संयोजकत्वमा छानबिन समिति गठन गरेको बताए ।

समितिको सदस्यमा डीएसपी लोकनाथ तिमिल्सेना, प्रहरी निरीक्षक सुरजबहादुर खड्का, प्रहरी नायब निरीक्षक अम्मर रावत र प्रहरी सहायक निरीक्षक प्रम शर्मा रहेका छन् ।


Advertisement

चैत १९ गते राति जिल्ला प्रहरी कार्यालय पछाडि तर्फको झ्याल उक्काएर फरार भएका २ जनालाई चैत १६ गते प्रहरीले लागूऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको थियो । वीरेन्द्रनगर–६ का २६ वर्षीया रोशनराज रेग्मीलाई चैत १६ गते प्रहरीले ४ ग्राम १५० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको थियो ।

सोही दिन वीरेन्द्रनगर–६ का २० वर्षीय सुनिल थारुलाई १२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थियो ।

भेरीगंगा नगरपालिका घर भइ हाल वीरेन्द्रनगर–११ मा बस्दै आइरहेका २१ वर्षका सन्देश केशरा पनि फरार भएका छन् । २०७६ फागुन २५ गते उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले ५ ग्राम २०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो । यी तीनै जना थुनुवा कक्षबाट फरार भएका छन् ।

जिप्रका सुर्खेतको लापरवाहीले तीन थुनुवा फरार, विहान सातबजे मात्रै प्रहरीले थाहा पायो

शेरबहादुर थापा
शेरबहादुर थापा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्