चैत २३ गतेदेखि बैंक खोल्न दिने निर्णय

प्रतिकात्मक तस्वीर

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समन्वय समिति कञ्चनपुरको बैठकले आगामी चैत २३ गते आइतवारदेखि बैंक खोल्न अनुमति दिने निर्णय गरेको छ ।

समितिको बैठकले आइतवार बिहान ११ बजेदेखि दिनको १ बजेसम्म दैनिक २ घण्टा बैंक खोल्न अनुमति दिने निर्णय गरेको हो ।


Advertisement

सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले सार्वजनिक सूचना जारी गर्दै भीड नगर्ने, सामाजिक दूरी कायम गर्ने र स्यानिटाइजरको व्यवस्थासहित बैंक खोल्न अनुमति दिने जनाएका छन् ।

मिर्गाैलाको डायलासिस गर्नुपर्ने बिरामीलाई सवारी पास नचाहिने र अस्पतालको पूर्जीको आधारमा आवागमन गर्न पाइने, भीडभाड नहुने गरी किसानले गहुँ काट्न र थ्रेसर चलाउन पाउने, कुखुराको दाना साँझ ८ बजेपछि रातको समयमा ढुवानी गर्न दिने लगायत निर्णय समितिले गरेको छ ।


Advertisement

यस्ता छन् समितिका निर्णय –

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्