मेगा बैंकले कोरोना रोकथाम कोषमा १ करोड ३५ लाख दिने

मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि संघीय र प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ । 

बैंकले केन्द्रको कोषमा १ करोड र ७ वटै प्रदेशले स्थापना गरेको कोषमा ५/५ लाख रुपैयाँ गरी जम्मा १ करोड ३५ लाख सहयोग गर्ने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले जानकारी दिए ।


Advertisement

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हुने यो सहयोगमा बैंकका १ हजार २०० भन्दा बढी कर्मचारी र सञ्चालक समितिका सदस्यले पनि व्यक्तिगत योगदान गर्नेछन् । 


Advertisement

कमेन्ट गर्नुहोस्