कोरोना संक्रमितसँग एउटै जहाजमा आएका तर सम्पर्कमा नआएका १ सय ८ जनालाई पक्राउ गर्ने प्रहरीको तयारी

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

गत चैत्र ४ गते कतारबाट काठमाडौं आएकामध्ये ३ जनामा कोभिड १९ को संक्रमण भेटिएपछि प्रहरीले उनीहरुसँगै आएका अन्यको खोजी अझ बढी तीव्र पारेको छ । हाल संक्रमण पुष्टि भएर आइसोलेसनमा राखेर उपचार गरिएका ३ जना गएको चैत्र ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका थिए ।

एकै विमानमा आएकाहरुमा संक्रमण देखिन थालेपछि सरकारले उनीहरुसँगै आएकाहरुलाई सम्पर्कमा आउन आग्रह गरेको थियो । त्यसरी आग्रह गर्दापनि सम्पर्कमा नआएकाहरुलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले बताए ।


Advertisement

प्रहरीले दिएको जानकारी अनुसार कतार एयरलाइन्सबाट आएका १ सय ५८ जनामध्ये अहिले १ सय ४० मात्र सम्पर्कमा छन् भने अन्य सम्पर्कमा आएका छैनन् । भारतको दिल्लीबाट आएको भिस्टरा एयरको जहाजमा आएका १ सय ३० मध्ये ५१ जना सम्पर्कमा छैनन् ।

यस्तै युएईको सारजहाबाट आएको एयर अरेवियाको जहाजमा आएका १ सय ७० मध्ये १ सय ३१ जना मात्र सम्पर्कमा आएका छन । सम्पर्कमा नआएका ३९ जनाको खोजी भइरहेको प्रवक्ता जोशीले लोकान्तरलाई बताए ।


Advertisement

तीनवटा एयरलाइन्सबाट आएका १ सय ८ जना अझै पनि सम्पर्कमा आएका छैनन् ।

 

गगन अर्याल
गगन अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्