विवेकशील दलद्वारा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पीपीई प्रदान

विवेकशील नेपाली दलले कोरोना भाइरस रोकथामका लागि खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सुट हस्तान्तरण गरेको छ। उक्त दलले काठमाडौँ महानगरपालिकालाई ३२ थान तथा महानगरीय प्रहरी परिसर, टेकुलाई १० थान पीपीई सुट प्रदान गरेको हो।

उक्त सुट बनाउनको लागि लागेको खर्च दलका सदस्यहरूको स्वेच्छिक आर्थिक सहयोगबाट जुटाइएको थियो।


Advertisement

दलकी कोषाध्यक्ष तथा सुट बनाउने कार्यक्रम संयोजक सुमित्रा गुरुङले भनिन् ‘सरकारको उचित निर्णय र कदमलाई कुनै कन्जुस्याइँ नगरी साथ दिने, अनियमितता भएमा खबरदारी गर्ने र अझ राम्रो गर्न के गर्नुपर्छ(उचित सुझाव दिन हामी निरन्तर लागिरहेका छौँ। साथै यो आपतको घडीमा एकजुट भएर काम गर्न सबैलाई विवेकशील नेपाली दल आह्वान गर्दछ।’

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्