×

NMB BANK
NIC ASIA

त्रास छल्न घर पुगेकाहरू धमाधम बाली थन्क्याउँदै

चैत २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरसको सन्त्रास छल्न बाहिरबाट घर फर्केकाहरू बस्ती–बस्तीमा चैते बाली थन्क्याउन सक्रिय भएका छन् । घर फर्केकाको साथ पाएपछि यसपालि किसानले सजिलै चैते बाली थन्क्याउन पाएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

गहुँ, आलस (तेलबाली), बदाम, रहरिया सिमी, केराउ, रहर र मुसुरोसहितका दलहन बाली थन्क्याउने बेला जनशक्ति नपुगेर हैरान हुने गरेका यहाँका किसानलाई  यसपालि परिवारका सबै सदस्य घर आएपछि राहत भएको हो । काम गर्ने कृषि श्रमिक नपाएर सधैँ बाली थन्क्याउन धौधौ पर्ने आपूmहरू लाई  अहिले कोरोना आपद्कै बीचमा बाहिर गएका सबै परिवारजन घर फिरेपछि थन्क्याउने काममा राहत भएको यहाँका किसानको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“दुःखले बाली लगाइन्थ्यो, थन्क्याउने बेला श्रमिक नपाएर हैरान हुनुपथ्र्यो” जिल्लाको बर्दिवास नगरपालिका–९ पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहाले भन्नुभयो, “यसपालि भने कोरोना छल्न घर फिरेका परिवारजनको साथले चाँडै बाली थन्क्याइयो ।” छोराबुहारी र छोरी कोरोना सन्त्रास छल्न घर फर्केका हुँदा बाली थन्क्याउन सहयोग पाएको कुशवाहाको भनाइ छ । उनीहरू मा महामारीका बेला पारिवारिक सम्मिलनको आनन्द पनि छ । श्रमिक नपाएर चैते बाली थन्क्याउन सधैँ धौधौ पर्ने गरे पनि यसपालि भने चाँडै बाली थन्क्याइएको भङ्गाहा नगरपालिका–४ का किसान चन्देश्वर राय दनुवारले बताए।


Advertisment
Nabil box
Kumari

“जताततै यो के भन्छन्, कोरोनाको हल्ला छ, कहीँकतै निस्कन भएन, घरका परिवारजन सबै जम्मा भएका छन्” दनुवारले प्रफुल्लित हुँदै भने, “खेतबारी जाँदा पनि सबै, घरमा खानपिन गर्दा पनि सबै परिवारसँगै ।” सिङ्गो परिवार घरमा जम्मा भएपछि विपत्ति छल्ने साहस, घर नछाड्ने अठोट र काममा पनि ऊर्जा थपिएको दनुवारको थप भनाइ छ ।

Vianet communication
Laxmi Bank

जिल्लाका सबैजसो बस्तीमा बाहिर कामविशेषले रहेका परिवारजन घर भित्रिएपछि कोरोना सन्त्रासका बीच पनि सुुख र सन्तोस छाएको देखिन्छ । “सरकारले भनेको माने त डर छैन रे नि ! आफ्नो घर, खेतबारी आउन जान अप्ठ्यारो छैन, अर्काको घर नजाने र सावधानीसँग बस्नु त हो नि !” घरमा भेला भएका छोरा–बुहारी, नातिनातिना र भाइभतिजालाई भङ्गाहा–४ कै गृहिणी ६० वर्षीया दीपमाया श्रेष्ठ भन्नुहुन्छ, “घरमा सबै छुट्टाछुट्टै बसौँ, खेतमा काम गर्न सबै जाऊँ, यति गर्न त डर रै’न छ नि !”
 
सन्त्रासबीच सबै परिवार एकसाथ भएपछि यहाँका किसान आपूmहरू लाई यो माहामारीले नछुनेमा ढुक्क देखिन्छन् । “हामी कतै डुल्न गएका छैनौँ, घरमा चाहिने सामान फोन गरेपछि पसलेले ल्याइदिने गरेको छ”, बर्दिवास–७ मनहरिपुरकी मुना खत्री भन्नुहुन्छ, “सबैले यति गरिदिए त कोरोना फोरोनाको के डर ?” आपत्का बेला मुरी, चिउरा र सातुसहितका तयारी खानेकुराको जोहो गरेर यो लकडाउन सजिलै पार लगाउन सकिने खत्रीको थप भनाइ छ ।
 
परिवारका सबै परिवारजन एकसाथ भएपछि चाडपर्व र खेतीपातीको काम पनि रमाइलो भएको छ । यद्यपि जिल्लाका सुदूरदक्षिणी भेगका भारतीय सीमावर्ती भेगमा भने बजार र चोकमा अझै भीड जम्ने गरेको नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डल बताउँछन् । “अनावश्यक घुम्ने, चोकबजार निस्कने दक्षिणी क्षेत्रमा बढी देखिएका छन्”, मण्डलले भन्नुभयो, “सीमापारिको बिहारमा सङ्क्रमित बढ्दै गएको परिवेशमा यो डरमर्दो भएको छ ।” सीमानाकामा कडाइसँगै घुमफिरमा कडा प्रतिबन्धको थप व्यवस्था गरिन आवश्यक भएको मण्डलको थप सुझाव छ । गोपालप्रसाद बराल,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x