×

NMB BANK
NIC ASIA

कोरोनाविरुद्धको लडाइँमा यी ५ देश उदाहरणीय

चैत २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरसका कारण संसारै अहिले असहाय देखिएको छ । यसले ५३ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको छ । मर्नेमध्ये अधिकांश विकसित देशका मानिस छन् । 

Sagarmatha Cement
Muktinath Bank

कोरोना संक्रमण रोक्नका लागि विभिन्न देशले फरक फरक किसिमका उपाय अपनाइरहेका छन् । तर संक्रमण रोक्न निकै गम्भीरता देखाएका पाँच देशको मात्र हामी यहाँ चर्चा गर्र्दैछौं । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीन
कोरोनाभाइरस महाव्याधिको संक्रमण चीनको वुहान शहरबाट शुरू भएको हो । चीनले सार्स महामारीविरुद्ध लडेको अनुभव हासिल गरिसकेको थियो र त्यही अनुभव उसलाइ कोरोना संक्रमणमा लड्दा पनि काम लाग्यो । चीनले कोरोना फैलिने प्रतीक्षा नगरिकन संक्रमित मानिसको पहिचान गर्न थाल्यो र स्वास्थ्य परीक्षण बढायो । 


Advertisment
Nabil box
Kumari

चीनले मार्चको अन्तिमसम्ममा तीन लाख २० हजारभन्दा बढी टेस्ट गर्‍यो । कोरोनाको टेस्ट प्रक्रियाको शुरूआत गर्ने पहिलो देश चीन नै हो र त्यसको विस्तृत जानकारी वुहानमा लकडाउन लगाउनुभन्दा अघि नै विश्व स्वास्थ्य संगठनको वेबसाइटमा पोस्ट गरियो । कोरोना जाँचको किट पनि चीनले तीव्र गतिमा बनायो । 

Vianet communication
Laxmi Bank

जर्मनी
जर्मनीले पनि कोरोनाभाइरस वैश्विक समस्या बन्दैछ भन्ने कुरा बुझेर त्यसविरुद्ध लड्न शुरू गरिहाल्यो । धेरैजसो देशले कोरोना चीनको आन्तरिक समस्या हो भनी हात बाँधेर बस्दा जनवरीको आरम्भतिरै बर्लिनका वैज्ञानिक ओल्फर्ट ल्यान्ड्टले यो भाइरस सार्ससँग मिल्ने र यसका लागि परीक्षण किट आवश्यक रहेको अनुभव गरे । ओल्फर्ट र उनको टोलीले सार्सको अध्ययनका आधारमा किट बनाए । विश्व स्वास्थ्य संगठनको वेबसाइटमा यस प्रक्रियाको जानकारी जनवरी १७ मै प्रकाशित भयो । फेब्रुअरीको अन्त्यसम्म ४० लाख किट तयार पारियो । जर्मनीले दिनमा १२ हजार मानिसको स्वास्थ्य परीक्षण गरायो ।

दक्षिण कोरिया
कोरोना रोक्न दक्षिण कोरियाले निकै आक्रामक कदम चाल्दै ठूलो संख्यामा मानिसहरूको स्वास्थ्य परीक्षण गर्‍यो । कार पार्किङ र शपिङ मलहरूमा पनि स्वास्थ्य परीक्षण गर्न थालियो । दक्षिण कोरियालाई यो भाइरस वुहानमा मात्र सीमित हुने छैन भन्ने थाहा थियो । त्यसपछि उसले कुनै शुल्क नलिइकन हरेक दिन १५ हजार मानिसको स्वास्थ्य परीक्षण गर्न थाल्यो । अनेकौं स्थानमा परीक्षण बूथ बनाइयो । यही सक्रियताका कारण दक्षिण कोरियाले कोरोनाभाइरस नियन्त्रणमा लियो । 

आइसल्यान्ड
आइसल्यान्ड जनसंख्याको हिसाबले सानो र धनी देश हो । उसले कोरोना परीक्षणमा कुनै कसर बाँकी राखेन । जुन अनुपातमा त्यहाँ परीक्षण गरियो, त्यति अन्त कतै पनि गरिएन । आइसल्यान्डका महामारी विशेषज्ञ थोरोल्फर गुआनसनले बजफीडलाई बताएअनुसार, त्यहाँको जनसंख्याका कारण स्वास्थ्य परीक्षणको पर्याप्त क्षमता विकास गर्न सकियो । व्यापक मात्रामा टेस्ट गर्दा मात्र यस महामारीलाई नियन्त्रण गर्न सकिन्छ । 

सिंगापुर
डिसेम्बर ३१ मा संसारले कोरोनाभाइरसको बारेमा थाहा पाएपछि सिंगापुर चुप लागेर बसेन । आफ्नो देशमा कोरोना आउला र भनी हात बाँधेर बस्ने अन्य मुलुकको विपरीत सिंगापुरले व्यापक मात्रामा मानिसहरूको स्वास्थ्य परीक्षण गर्‍यो र संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबैलाई खोज्यो । 

कोरोना पोजिटिभ पाइएका सबैलाई उसले अस्पतालमा राख्यो । संक्रमितका परिवारका सदस्यलाई घरैमा क्वारेन्टाइनमा बस्न भनियो र दिनको पाँचचोटि एसएमएस गरेर स्वास्थ्यको जानकारी लिइयो । 

सामाजिक दूरी कडाइका साथ पालन गर्न लगाइयो । मानिसहरूलाई सचेत बनाउनका लागि प्रभावशाली सन्देशहरू प्रवाह गरियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x