×

NMB BANK
NIC ASIA

गाउँपालिका अध्यक्षका ड्राइभरसहितको टोलीले स्वास्थ्यकर्मीलाई धम्क्यायो, गाउँ छाड्न उर्दी

चैत २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

दैलेखको नौमुले गाउँपालिकाको नौमुलेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका डा. विप्लव सुवेदीलगायतका स्वास्थ्यकर्मीमाथि शुक्रवार अभद्र व्यवहार भएको स्वास्थ्यकर्मीले आरोप लगाएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

१५ शैयाको अस्पतालको रूपमा स्तरोन्नती भइरहेको उक्त स्वास्थ्य केन्द्रमा गाउँपालिकाका सवारी चालक कुलविर खत्रीसहित स्थानीय गणेश थापा तारामी र दिनेश चन्दले मदिरा सेवन गरेर शुक्रवार बिहान साढे एघार बजे बिरामीको हातै समातेर उपचार गर्नुपर्ने र त्यस्तो नगरेको खण्डमा गाउँपालिका नै छोडनुपर्ने धम्कीसहित अभद्र व्यवहार गरेको स्वास्थ्यकर्मीहरुले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कोरोना त्रासका कारण अत्यावश्यक बाहेकका ओपीडी सेवा बन्द गर्न गाउँपालिकाले नै हामीलाई निर्देशन दिइसकेको छ । गाउँमा भारतबाट आएका नागरिकहरुको संख्या पनि उल्लेख्य रहेको हुँदा हामीले दुरी कायम गरेर टाढैबाट औषधी दिने गरेका थियौं,’ डा. सुवेदीले भने, ‘सकेसम्म फोन गरेर मात्रै आउनुस भनेर हामीले नम्बर पनि दिएका छौं । कोरोनाका कारण हामी अहिले कसैलाई छोएर उपचार गर्न सक्ने अवस्थामा छैनौं भनेर भन्दा तीन जनाले हामीमाथि हातपातको् प्रयास गर्नुको साथै अभद्र व्यवहार गरे । गाउँपालिका छोडन धम्की दिए । नछोडेको खण्डमा जे पनि गर्न सकिने धम्की हामीले पायौं ।’


Advertisment
Nabil box
Kumari

धनगढीमा कोरोना देखिएका युवा नेपालगञ्ज भएर आएका र आफू पनि त्यहि बाटो भएर यहाँ आएका कारण कोरोना भएपनि अरुलाई नसरोस र अरुबाट आफूलाई नसरोस भनेर दुरी मेन्टेन गरेको डा. सुवेदीको भनाइ छ ।

Vianet communication
Laxmi Bank

‘हामीले जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत प्रहरी प्रशासनसँग कुराकानी गरेका थियौं । कुरा बुझ्न एकचोटी सहायक इन्सपेक्टर आएका थिए । अहिले गए । हाम्रो बारेमा केहि पनि छलफल नै भएन,’ उनले भने, ‘यस्तो त्रासको अवस्थामा गाउँपालिकामा कसरी बस्ने चिन्ता लागेको छ ।’

उनका अनुसार गाउँपालिकाका अध्यक्षको रोहवरमा मिलाउन खोजेपनि कतैबाट प्रयास नभएका कारण लिखित निवेदन इलाका प्रहरी कार्यालय नौमुलेमा दर्ता गर्न पठाइएको छ । प्रहरी कार्यालयमा यो समाचार तयार पार्ने बेलामा सहायक निरिक्षक अनुपस्थित भएका कारण उजुरी दर्ता नभएको तर सई आउने बित्तिकै दर्ता हुने उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय दैलखका प्रहरी नायव उपरिक्षक हरिबहादुर वलीले हालसम्म लिखित उजुरी नपरेका कारण केही गर्न नसकिएको बताए । यद्यपी प्रहरी केन्द्रमा पुगिसकेको उनको भनाइ छ । उजुरी परेको खण्डमा कानून अनुसार कारवाही अघि बढाउने उनले बताए ।

यता, गाउँपालिका अध्यक्ष भदे बुढा मगरको मोबाइल भने अफ छ । उपाध्यक्ष अमृता सिंह उपचारका लागि काठमाडौंमा भएको र आफूलाई यसबारेमा कसैले जानकारी नदिएको बताइन् । ‘म केही समय पहिले नै उपचारको लागि काठमाडौं आएकी थिएँ । उपचारपश्चात गाउँ फर्कने खोजेपनि लकडाउनका कारण म जान सकिन,’ उनले भनिन्, ‘तपाईले खबर गर्नुभएका कारण मैले थाहा पाएँ । के भएको रहेछ म बुझ्छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x