×

NMB BANK
NIC ASIA

कोरोनाविरुद्ध प्रदेशमा पर्याप्त तयारी

चैत २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण नियन्त्रणका लागि दृढ इच्छाशक्तिका साथ प्रदेश सरकार अगाडि बढेको बताउँदै अहिलेसम्म आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।

Muktinath Bank

गोरखापत्रसँगको कुराकानीमा उनले लकडाउनको पालना गरी घरभित्रै रहेर सावधानी अपनाउनु हामी सबैको कर्तव्य हो र यसको सबैले पालना गर्नुपर्छ भने। उनले थपे, 'यस सङ्कटको घडीमा सबैको सहयोग र साथ आवश्यक छ, यहाँका नागरिक र सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्छ । तीन तहकै सरकारबीच समन्वय हुनुपर्छ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना भाइरस महामारीका रूपमा फैलिन नदिन प्रदेश सरकार सचेत भएर स्वास्थ्यसँग जोडिएका विभिन्न क्षेत्रका कामलाई गति दिएको उनको भनाइ छ । प्रदेशको आठवटै जिल्लाका विभिन्न १२२ स्थानमा दुई हजार ४३४ शøयाको क्वारेन्टाइन तयारी अवस्थामा रहेको जानकारी दिँदै उनले स्थानीय तह, नेपाली सेना र सशस्त्र प्रहरीसँगको समन्वय र सहकार्यमा न्यूनतम मापदण्ड पुर्‍याएर क्वारेन्टाइन तयार पारिएको बताए ।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री राउतले सात सयभन्दा बढी व्यक्ति क्वारेन्टाइनमा र आठ सयभन्दा बढी होम क्वारेन्टाइनमा बसिरहेको जानकारी पनि दिनुभयो । उनले ७३ शøयाको आइसोलेसन तयारी अवस्थामा रहेको र अन्य तयार पार्ने काम भइरहेको बताउँदै प्रदेशका १३६ वटै पालिकालाई कम्तीमा २० शøया भएको क्वारेन्टाइन निर्माणका लागि आग्रह गरिएको र सोहीअनुरूप पालिकाहरूले काम गरिरहेको उल्लेख गर्नुभयो । कोरोना भाइरस परीक्षण गर्ने रियल टाइम पीसीआर मेसिन पनि प्रदेश राजधानी जनकपुरधाममा जडान भइसकेको र शुक्रबारबाट नमुना परीक्षणको काम पनि सुरु भएकाले यहाँका बिरामीलाई अब उपचारमा सहज हुने उनले जानकारी दिए।

Vianet communication
Laxmi Bank

मुख्यमन्त्री राउतले ५० वटा भेन्टिलेटर र दुईवटा कोेरोना परीक्षण गर्ने मेसिन पीसीआर थप्न कोरोना महामारी नियन्त्रणका लागि गठित निर्देशक समितिलाई निर्देशन दिई सकिएको बताए ।

यस महामारीविरुद्धको प्रादेशिक तयारीलाई थप प्रभावकारी बनाउन आवश्यक प्रोफेसनल प्रोटेक्टिभ इक्युपमेन्ट, एन ९५ मास्क, थर्मल गनजस्ता स्वास्थ्य सामग्रीको व्यवस्थापनमा प्रदेश सरकारले जोड दिएको छ । लकडाउनको अवधिभर प्रदेशका गरिब तथा दैनिक ज्यालादारीका काम गर्ने मजदुरहरूको खानाको व्यवस्थापनका लागि १३६ वटै पालिकालाई प्रदेश सरकारले रकम उपलब्ध गराइसकेको उनले बताए ।

स्थानीय तहले विपन्न र मजदुरको तथ्याङ्क सङ्कलन गरी सर्वपक्षीय समिति गठन गरेर वडास्तरबाटै एकद्वार प्रणालीमार्फत खाद्यान्नका लागि राहत उपलब्ध गराउने काम अगाडि बढाउने बताउँदै उनले कोरोनाको उपचारमा खटिने चिकित्सकहरूका लागि विभिन्न खालका प्रोत्साहन भत्तासमेत दिने निर्णय भएको स्पष्ट गरे।

उपचार गर्न आनाकानी गर्ने निजी अस्पताल वा लकडाउनको बेला कालोबजारी गर्ने व्यापारीलाई प्रदेश सरकारले छुट नदिने बताए ।

लकडाउनको समयमा जनतालाई आवश्यक खाद्यान्नको सहज आपूर्तिका लागि आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको र प्रजिअहरूले लकडाउनको समय अवधिमै केही समय निकालेर सामाजिक दूरी कायम गरी बजार खोल्न लगाउनेजस्ता काम गरिरहेको मुख्यमन्त्री राउतको भनाइ छ ।  गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x