माघ ३, २०८०
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
भारतीय प्रहरीको आँखा छलेर नेपाल छिरेका नेपाली भन्छन्, ‘भोको पेट, उखरमाउलो गर्मी, फोहोर र भारतीय प्रहरीको छिछि र दुर्दुर सम्झिँदा पनि शरीरभरि काँडा उम्रिन्छ।’
हाल झापा गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका सुर्खेत घर भएका जगत् विष्टले भने, ‘भारतमा फैलिँदै गएको कोरोनाका कारण यता नेपालबाट परिवारको जसरी भए पनि नेपाल आऊ भन्ने आग्रह र भारतीय प्रहरीको दादागिरी सहँदै लुकेर नेपालको मकैबारीमा छि र्यौँ।’
नेपालको घना मकैबारीमा खुट्टा टेकेपछि उनी लामो सास फेरेर थचक्कै बसे। ‘आफ्नो देशको माटोको मह त्व बल्ल चिनियो,’ उनले भने। भारतले लामो समय लकडाउन गरेपछि मेडिकल सर्टिफिकेट बनाएर बिहीबार साँझ १४ नेपाली भारतीय प्रहरीको आँखा छल्दै सीमाबाट नेपालतर्पmको मकै बारीमा छिरेका थिए।
नेपाल आउन हिँडेका उनीहरू पाँच दिन भारतीय क्वारेन्टाइनमा बस्दा उसको सरकारले भुइँमा ओछ्याउने तन्नासमेत नदिएको गुनासो गर्छन््। ‘हामीलाई राखेको क्वारेन्टाइनमा पाँच दिनमा तीन छाक मात्र खाना दिन्थे,’ विष्टले भने, ‘खाना पनि नेपालीलाई भनेपछि हेपेर थालै हु र्याउँथे।’
चार वर्षदेखि भारतको बिहारमा चौकीदारी गरेका जगत्ले पहिलोपटक भारतीयको हेपाइ सहेको बताए। यत्तिका वर्ष भारत बसेर रोजगारी गर्दा नेपालीलाई माया नै गरेको उनलाई महसुस हुन्थ्यो। तर, कुकुर खेदाएभैंm आपूmहरूलाई भारत सरकारले खेदेको उनले बताए।
१०, १२ जना नेपाली सँगसँगै कोठा भाडा लिएर बस्ने गरेका थिए। त्यो देखेर स्थानीयले त्यहाँको सरकारलाई कुरा लगाइदिएपछि आपूmहरू हिँड्न बाध्य भएको सुर्खेत नै घर भएका अर्का पूर्ण बरुवालले बताए। टोल-टोलमा बसेका नेपालीको टोलीलाई निकालेर क्वारेन्टाइनमा लगेर राखिएको उनले उल्लेख गरे।
उनका अनुसार क्वारेन्टाइन स्थलमा अझै पनि सयौँ नेपालीले भारतीयको भेदभाव सहेर भोकै बसेका छन्। बरुवालले भने, ‘उता रोकिएका साथीहरूलाई पनि नेपाल सरकारले नेपाल ल्याउने काम गरोस्।’
कोरोनाका कारण नेपाल-भारत दुवै देशमा भएको लकडाउनले गर्दा भारतमै रोकिएका १४ नेपालीहरू बिहीबार साँझ भारतको जम्बो भन्ने स्थानबाट भागेर नेपालको झापा गाउँपालिका-१ को सालमारा कुवाडी भन्ने ठाउँमा प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार स्थानीयले मकैबारी हुँदै निस्किँदै गरेको देखेर प्रहरीलाई खबर गरेका थिए। लुकीचोरी नेपाल छिरेका नेपालीलाई सुरक्षित स्थानमा राख्ने काम भएको उनले बताए। श्रेष्ठले भने, ‘नेपाल आइपुग्दा उनीहरूको अवस्था एकदमै नाजुक थियो। खुट्टा सुनिएका, ओठ सुकेका, भोकले खरिएको अवस्थामा प्रहरीले उनीहरूलाई भेटाएको थियो।’
श्रेष्ठका अनुसार अझै ठूलो संख्यामा नेपाली यता आउने क्रममा छन्।
यसरी नेपाल आएकालाई जिल्लाका सम्बन्धित स्थानीय तह र जिल्ला बाहिरकालाई पनि केही दिन जिल्लामै बनाइएका क्वारेन्टाइनमा राखेर खाना, स्वास्थ्य र बास उपलब्ध गराइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
यता, लकडाउनको समयमा नेपालबाट भारततिर जान लागेका ७२ जना भारतीय श्रमिकलाई भने स्थानीय निकायको सहयोगमा सुरक्षित स्थानमा राखिएको छ। यीमध्ये ३९ जना बाहुनडाँगीको मेची जनसाधारण मावि र १८ जना भद्रपुर नगरपालिकाको किच्चकबधमा रहेको क्वारेन्टाइनमा राखिएको छ। कैलालीबाट आएका १५ जना भारतीयलाई कनकाई नगरपालिका स्थित दुर्गापुरमा राखिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए।
उनले भने, ‘सीमानाकामा अलपत्र परेकाहरूलाई सम्बन्धित देशले व्यवस्थापन गर्ने, दुवै तिरका देशको सरकारको निर्णयअनुसार ती भारतीय श्रमिकलाई जिल्लाका विभिन्न नगरपालिकाले राम्रो व्यवस्थापन गरेर राखेका छन्। तर, भारतीय सीमा क्षेत्रका क्वारेन्टाइनमा रोकिएका नेपालीलाई गरेको विभेदको विषयमा भारतीय प्रहरीसमक्ष बुझ्ने कोसिस गरेका छौँ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...