कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
विकट उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ क्युङ गाउँमा सरकारले कोभिड –१९ को महामारीबाट बचाउन गरेको लकडाउनपछि ज्याला गरेर परिवार पाल्ने सबैका घरमा खानेकुरा सकिएको छ ।
एकसठ्ठी घर रहेको क्यूङ सबै तामाङ समुदायको बसोबास क्षेत्र हो । अधिकांश भारतमा रोजगारीका लागि जाने र परिवार पाल्ने गरेका तामाङ समुदायको गाउँ यस वर्ष भारत जानुअघि नै लकडाउन भएको र केहीअति गरीब परिवारले ज्याला गर्ने अवसरसमेत नपाएकाले खानेकुरा नभएको गाउँका चोक्ता तामाङले टेलिफोनबाट जानाकारी दिए।
कामका लागि बाहिर जाने र गाउँमा उधारो सामान लिएर परिवार पाल्दै आएका गाउँबासी काममा नगएको र लकडाउन भएको भन्दै व्यापारीले समेत चामललगायत खाद्य सामग्री नदिएपछि सबैको घरमा खानेकुरा नभएको अम्बर तामाङको भनाइ छ । गाउँमै ज्याला गरेर खानुपर्ने परिवारको त चार दिनअघिदेखि नै खानेकुरा सकिएको छ । बाह्र दिनसम्म काम नपाएको तथा गाउँमा एकापसमा ज्याला नहुने र पर्म मात्र हुने भएकाले ज्याला गर्नसमेत समस्या आएको छ ।
चार दिनअघिदेखि खानेकुरा सकिएकाहरुमा तङ्दोल तामाङ, कान्छा तामाङ, बलराम भनिने चोक्ता तामाङ, अम्बर तामाङ र टेकबहादुर तामाङको परिवार छन्। उनीहरुलाई तत्काल सहयोग उपलब्ध गराउनुपर्ने अवस्था आएको वडाध्यक्ष टेकबहादुर तामाङले यही चैत १९ गते गाउँपालिका कार्यालयमा लिखित जानाकारीसमेत गराइसकिएको बताए ।
गाउँबासीसँंग खानेकुरा छैन । गाउँमा उत्पादन हुने जग्गा छैन । धादिङबेंसीबाट डुनडुरेसम्म कच्ची सडकमा गएपछि ६ घण्टा हिँडेर मात्र पुग्न सकिने विकट गाउँ भएकाले भनेकै समयमा कोही मानिससमेत जान सक्दैन । त्यसैले सो गाउँलाई सहयोग अत्यावश्यक रहेको वडाध्यक्ष तामाङको भनाइ छ ।
गाउँपालिकाले कोरोना भाइरसको महामारी रोक्नका लागि प्रभावकारी योजना नबनाएको र गाउँपालिका अध्यक्ष गाउँ घुमे पनि केही सहयोग नपाएको सो क्षेत्रका नागरिकको गुनासो छ ।
चैत १९ गते इन्सेक प्रतिनिधि र पत्रकारले गाउँपालिका अनुुगमन गर्दा प्रतिकार्ययोजना नै नबनेको तथा गाउँपालिकाले एउटा क्वारेन्टाइन बनाएको भए पनि गाउँमा अलपत्र परेका मजदूरले सहयोग नपाएको गुनासो गरेको पाइएको थियो । गाउँ पुगेको टोलीलाई गाउँपालिका उपाध्यक्ष योमाया तामाङले लकडाउन उल्लंघन गरेर किन आएको भन्ने प्रश्न गरेका थिए । यता वडाध्यक्ष तामाङले भने कुनै पनि तरिकाले क्यूङ गाउँमा सहयोग गरिने वचन दिए।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...