मंसिर १७, २०८०
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
चैत २२, २०७६
बुटवलका सुरज तिवारीले एम्बुलेन्स चलाउने थालेको ११ वर्ष भयो तर अहिलेको जस्तो अप्ठ्यारो कहिल्यै पनि महसूस गरेका थिएनन् ।
घरमा ४ महिनाको छोरा, पत्नी र बुवाआमाले यस्तो परिस्थितिमा बिदा लिएर घरमा बस भन्छन् तर उनको मन मान्दैन । घर परिवारलाई सम्झाउँछन् अनि निस्किन्छन् बिरामीको सेवाका लागि ।
बुटवल उपमहानगरपालिका–६ घर भएका तिवारी भन्छन्, ‘देश अप्ठ्यारोमा परेको बेला मैले खुट्टा कमाउनु हुँदैन भनेर परिवारलाई भन्छु । म आफू सुरक्षित हुने सामग्री प्रयोग गरेर एम्बुलेन्स चलाएको छु भनेर घरबाट निस्किन्छु ।’
उनी थप्छन्, ‘म मरेर देश बाँच्छ भने म मर्न पनि तयार छु ।’ उनीसहित जिल्लाका एम्बुलेन्स चालकले व्यक्तिगत सुरक्षाका उपकरण (पीपीई) अभावकै बीचमा केही एम्बुलेन्स चालक सेवामा समर्पित छन् ।
बिरामीलाई अस्पताल पुर्याएर घर आएपछि लगाएका कपडा घरबाहिर फुकाल्छन् । नुहाएर सरसफाई भएपछि मात्र घरभित्र पस्छन् । यति गर्दा पनि उनको परिवारमा डर छन् । ‘अभावका बीच सेवामा खटिँदा पनि परिवारलाई सुरक्षाका सम्पूर्ण सामग्री प्रयोग गरेको छु भनेर परिवारलाई आश्वस्त पार्छु,’ उनले भने, ‘तर मैले कपडाको मास्क, पीपीई र ग्लास विना नै गाडी चलाउनुपरेको छ ।’
संयुक्त एम्बुलेन्स चालक संघका अध्यक्ष समेत रहेका तिवारीले दैनिक रुपमा घरघरमा पुगेर बिरामी उठाउनुपर्छ । कहिले भैरहवा पुग्छन्, कहिले परासी त कहिले पाल्पा, कहिले सेमलारसम्म ।
तर १२ दिन भयो उनको एम्बुलेन्स मर्मत हुन पाएको छैन । एम्बुलेन्समा समस्या देखिएको छ । मर्मतका लागि धेरै ठाउँमा बुझे तर कसैले पनि एम्बुलेन्स मर्मत गर्ने मानेनन् ।
‘किन यस्तो गर्नुभयो ?’ ग्यारेज सञ्चालकलाई तिवारी सोध्छन् । जवाफ आउँछ – केरोनाको डर ।
तिवारीले भने, ‘एम्बुलेन्समा कोरोना रोगको आशंका लागेका बिरामीहरू बोकेको हुने डरले ग्यारेजका मिस्त्रीहरू त्रसित भएर गाडी नै छुन मान्दैनन् ।’
बुुटवल मैनाबगरमा गाडी मर्मत गर्ने ग्यारेज छन् तर एम्बुलेन्स मर्मत गर्नुपर्ने अवस्था भयो भनेर धेरैलाई फोन गर्दा पनि कसैले एम्बुलेन्स छुनै मान्दैनन् । उनले चलाउने एम्बुलेन्समा घ्यार–घ्यार आवाज आउँछ । एम्बुलेन्सले बुटवल, भैरहवा, कपिलवस्तु, पाल्पासम्म बिरामी ओसारपसार त गर्ला तर काठमाडौं पुर्याउने सक्ने अवस्थामा छैन ।
मर्मत हुन नसक्दा एम्बुलेन्सहरूले टाढाका बिरामी लैजान पाएका छैनन् । तिवारीले २०६६ सालदेखि एम्बुलेन्स चलाउन शुरू गरेका हुन् । शुरूमा रोटरी क्लब अफ बुटवलको एम्बुलेन्स चलाएका उनले अहिले बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दाको एम्बुलेन्स चलाउँदै आएका छन् । ३० वर्षीय तिवारी निःस्वार्थ भावका साथ सेवामा खटिएको बताउँछन् । ‘अप्ठ्यारो पर्यो पहाड जानुपर्यो’ भनेर एम्बुलेन्सको दुरुपयोग गर्न खोज्ने धेरैले उनलाई दैनिक फोन गर्छन् तर उनले बिरामीबाहेक अन्य कसैलाई बोक्दैनन् ।
ती फोन गर्नेलाई उनले जवाफ दिन्छन्, ‘एम्बुलेन्स अप्ठ्यारोलाई बोक्ने होइन । बिरामी बोक्ने हो । उनीहरूको जीवनरक्षा गर्ने हो । मान्छे बोक्न होइन ।’ आफू नेतृत्वमा रहेकाले उनले अन्य चालकलाई पनि एम्बुलेन्सको दुरुपयोग नगर्न सचेत गराएका छन् ।
५ नम्बर प्रदेश सरकारले प्रदेशका सबै (१२) वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई एम्बुलेन्स चालकलाई पीपीई उपलब्ध गराउन आग्रह गर्ने निर्णय गरेको छ तर हालसम्म कुनै पनि जिल्लाका एम्बुलेन्स चालकलाई पीपीई पाउन सकेका छैनन् ।
रुपन्देहीमा अहिले ८० भन्दा बढी एम्बुलेन्स सञ्चालनमा रहेपनि अहिले कमै मात्र एम्बुलेन्स चलेका छन् । मंगलवार नेपालगञ्जको बिरामी बोकेको एम्बुलेन्स बुटवलमा आउँदा बिग्रिएपछि उनले १ जना एम्बुलेन्स चालकलाई बिरामी लैजाने वातावरण मिलाइदिए ।
एम्बुलेन्स सर्वसाधारणदेखि हरेक क्षेत्रका मानिसलाई आवश्यक पर्ने अत्यावश्यक साधन हो । पछिल्लो समय बिरामी बोक्ने एम्बुलेन्समा केही विकृतिहरू आएको पनि सुनिन्छ । बिरामी बोक्ने साधनमाथि कसैले पनि खेलवाड गर्न नहुने उनले बताए ।
‘एम्बुलेन्स चालकहरूले अहिले बिरामी बोक्दा आफैं खानाको जोहो गर्नुपर्ने अवस्था छ । लकडाउनले बजार बन्द छ । होटलहरू बन्द छन् । बिहान घरमै खाएर निस्कने हो । कतिखेर के खाने हो ठेगाउन हुँदैन,’ उनले भने । केही घरधनीले एम्बुलेन्स चालक र हस्पिटलमा काम गर्ने डा. नर्सहरूलाई घरमा नआउन आग्रह गरेको अवस्था पनि छ ।
एम्बुलेन्स चालकलाई तत्काल पीपीई सेफ्टी उपकरण र भाडामा बस्ने चालकलाई सहज वातावरण मिलाउनुपर्ने माग छ । टोलटोलमा नयाँ मानिसहरू आउजाउ रोक्ने नाममा बाटाहरू बन्द गरिएका छन् । ती बाटाहरू तत्काल खोल्नुपर्ने उनको माग छ ।
रूपन्देहीमा ८४, गुल्मीमा ४२, पाल्पामा २२, अर्घाखाँचीमा १७, पश्चिम नवलपरासीमा २२, बाँकेमा ४५, बर्दियामा २५, दाङमा ८०, कपिलवस्तुमा २६, प्युठानमा २३ र रोल्पामा १२ वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् । पूर्वी रुकुममा एम्बुलेन्स छैनन् ।
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...