×

NMB BANK
NIC ASIA

विपत्मा उपयोगी बन्दै सामुदायिक विद्यालय

चैत २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विगत केही वर्षयता सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएका अवस्थामा सबैतिर उठ्ने प्रश्न हो, सामुदायिक विद्यालयमा भौतिक पूर्वाधारमा यत्रो लगानी किन ? 

Muktinath Bank

कतिपय सामुदायिक विद्यालयले शैक्षिक गुणस्तरीयता अभिवृद्धिसँगै भौतिक पूर्वाधार निर्माणको औचित्य पुष्टि नगरेका पनि होइनन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमणसँगै यसबाट जोगिनका लागि क्वारेन्टाइनको खोजी भइरहेको अवस्थामा यतिखेर सामुदायिक विद्यालयको भवन बहुउपयोगी बन्दै गएका छन् । सामुदायिक विद्यालयका भवन यसअघि पनि विभिन्न प्राकृतिक विपत्तिजस्तै भूकम्प, बाढी पहिरोलगायतमा उपयोग हुँदै आएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वव्यापी फैलिएको कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि प्रत्येक स्थानीय तहले विभिन्न सरकारी एवं गैरसरकारीसहित सामुदायिक विद्यालयका भवनमा यतिखेर क्वारेन्टाइन स्थापना गरिएको छ । विशेषतः विभिन्न विदेशी मुलुकबाट हालै आएका सर्वसाधारणलाई लक्षित गरी क्वारेन्टाइन निर्माण गरिएको छ । कास्की जिल्लाका पाँच स्थानीय तहअन्तर्गत पोखरा महानगरपालिकाबाहेक रुपा, मादी, माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिका कतिपय सामुदायिक विद्यालयमा क्वारेन्टाइन सञ्चालन गरिएको छ । 


Advertisment
Nabil box
Kumari

कास्कीको अन्नपूर्ण गाउँपालिकाले पालिका क्षेत्रभित्रका कूल सात स्थानमा क्वारेन्टाइन स्थापना गरिएकामा माछापुच्छे« माध्यमिक विद्यालय ढिकुरपोखरीसहित प्रगतिशील मावि सल्यान, सङ्गम मावि लुम्ले, वीरेठाँटी मावि दाङसिङ र मेश्रमबराह मावि, घान्द्रुकमा क्वारेन्टाइन राखिएको हो । गाउँपालिकाले हालै विदेशबाट आएका ३४ लाई क्वारेन्टाइनमा राखिएकामा उनीहरूले १४ दिन अवधि भुक्तान गरिसकेको बताउँदै उनले समयावधि भुक्तान गर्न बाँकी दुई जना पनि समय भुक्तान गरी आजै घर फर्कन लागेको जानकारी दिए।

Vianet communication
Laxmi Bank

कोरोनाको सङ्क्रमण रोकथाम गर्न पालिकाभित्रै १९ गते बुधबारदेखि प्रवेश निषेध गरेको कास्कीकै रुपा गाउँपालिकाले रामकोट माविमा क्वारेन्टाइन स्थापना गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । गाउँपालिकाले देउरालीस्थित सामुदायिक वन उपभोक्ता समूहको भवनमा बनाएको क्वारेन्टाइनमा राखिएका २४ मध्ये अधिकांशले न्यूनतम १४ दिन भुक्तानी गरिसकेका छन् भने आठ जना उक्त समय भुक्तानी गर्न बाँकी रहेको छ ।

वडा नं १, ३, ५, ६ र ७ मा होम क्वारेन्टाइनमा १४ जना रहेको र उनीहरूको नियमित स्वास्थ्यकर्मीबाट स्वास्थ्य परीक्षण हुँदै आएको उनले जानकारी दिए । रामकोट माविमा १७ श्ययाको क्वारेन्टाइन तयार गरिएको बताउँदै उनले विपत् घडीमा सामुदायिक विद्यालय उपयोगी बन्दै आएको बताए । कास्कीकै मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले गाउँपालिकाभित्र ५२ सामुदायिक विद्यालय रहेको जानकारी दिँदै आवश्यकता आधारमा त्यहाँ क्वारेन्टाइनको व्यवस्था गरिने जानकारी दिए । उनका अनुसार गाउँपालिकाको केन्द्र याङ्जाकोटस्थित सीताराम माविमा १० श्यया क्षमताको क्वारेन्टाइन राखिएको छ । 

“प्राकृतिक विपत्तिमा सामुदायिक विद्यालयका भवनले सर्वसाधारणलाई ठूलै राहत पुर्‍याउँदै आएका छन्, विश्वव्यापी महामारीको यो अवस्थामा यी विद्यालयका भवनको भरपुर उपयोग गरिन्छ”, उनले भने। अहिलेसम्म पालिकामा वडा नंं ११ मा दुईजना विदेशबाट आएको पाइएको छ । उनीहरुलाई घरमै निगरानीमा राखिएको उनले जानकारी दिए ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङका अनुसार गाउँपालिकामा कूल ४३ वटा सामुदायिक विद्यालय रहेका छन् । यहाँको लाहाचोकस्थित बहुउद्देश्यीय सामुदायिक भवनमा क्वारेन्टाइन निर्माण गरिएको उनले जानकारी दिए । कतिपय विद्यालयमा विद्युत्, पानी, शौचालय र बाथरुमलगायतका भौतिक पूर्वाधारको समस्या रहेका कारण क्वारेन्टाइन राख्न भने समस्या भएको उनको भनाइ छ ।

“भूकम्प, बाढीपहिरोलगायतका विपत्तिमा सामुदायिक विद्यालयमा आश्रयस्थल बने पनि पर्याप्त भौतिक पूर्वाधार नभएका कारण अहिले क्वारेन्टाइन राख्नका लागि सकेसम्म अरु विकल्प खोजेका छौँ”, उनले भने। उहाँका अनुसार हालै विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा नै राख्न प्रोत्साहित गरिएको छ । गाउँपालिकाभित्र ५५ स्वास्थ्यकर्मी रहे पनि पिपीइ, थर्मोमिटर गन लगायतका सामग्री अभाव हुँदा समस्या भएको छ । 

नेपाल सरकारले कोरोना सङ्क्रमणलाई भित्रन नदिने उद्देश्यका साथ चैत ४ गतेभित्र विद्यालयका वार्षिक परीक्षा सक्न निर्देशन दिएसँगै विद्यालयले परीक्षा सकेको र एसइई परीक्षा पनि स्थगन भएका कारण विद्यमान विपद्को अवस्थामा विद्यालय उपयोगी बनेका हुन् । हरि बाँस्तोला,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x