‘लकडाउन’मा बिरामीलाई घरमै औषधि

प्रतिकात्मक तस्वीर

‘लकडाउन’मा अन्य रोगका बिरामीलाई अस्पताल तथा स्वास्थ्य संस्थामा औषधि खरिद गर्न जान समस्या हुने भन्दै लियो क्लब अफ महाकाली क्लासिकले घरघरमा निःशुल्क औषधि पुर्‍याउने भएको छ ।

सो क्लबका प्रथम उपाध्यक्ष सुनिल थापाले मानसिक रोगी, मधुमेह, उच्च रक्तचाप लगायत नियमित औषधि सेवन गर्नेले औषधि माग गरे बमोजिम घरमै पुर्‍याउँदै आएको बताए ।


Advertisement

‘अशक्त र औषधि किन्न बजारसम्म पुग्न नसक्नेलाई यो व्यवस्था मिलाएका हौं,’ थापाले भने, ‘हामीले सामाजिक सञ्जालमा सम्पर्क नम्बर सार्वजनिक गरेका छौं ।’

क्लबले महेन्द्रनगरको महाकाली अस्पताललाई ५ थान पीपीई र स्यानिटाइजर उपलब्ध गराएको छ । बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा सहयोग पुगोस् भनेर क्लबले उक्त स्वास्थ्य सामग्री उपलब्ध गराएको जनाइएको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्