मंसिर ५, २०८०
कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...
सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न संकट भएको छ। कोरोना भाइरसको महामारी फैलिएपछि साढे दुई महिनादेखि चीनले किमाथांका नाका बन्द गरेको छ। नाका बन्दपछि दुर्गम उत्तरी क्षेत्र गाउँपालिकामा खाद्यान्न संकट भएको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए।
कोरोना भाइरस संक्रमण फैलन सक्ने भन्दै चीनले किमाथांका नाका प्रवेश गर्ने चीनका देन्दाङ र चाँगा बजार प्रवेश गर्न नाका बन्द गरेपछि भोटखोलाको १ र २ नम्बर वडामा खाद्य संकट सिर्जना भएको गाउँपालिका अध्यक्ष भोटेले बताए। किमाथांका सदरमुकाम खाँदबारीबाट चार दिनको पैदल दूरीमा पर्छ । भौगोलिक रुपमा निकै विकट भोटखोलामा सञ्चार र यातायात साधनको पहुँच पुगेको छैन। कोरोना भाइरस संक्रमण फैलिन नदिन चीनले गत माघ ५ गतेदेखि किमाथांका नाका बन्द गरेको थियो।
चीनको सिमानामा पर्ने वडा नम्बर १ र २ का रिदाक, थुदाम, छुमसुरलगायत स्थानमा खाद्यान्न संकटको अवस्था सिर्जना भएको अध्यक्ष भोटेले बताए। वडा नम्बर १ र २ का २१४ घरपरिवारलाई खाद्यान्न संकट देखिएको अध्यक्ष भोटेको भनाइ छ। खाद्यान्न संकट टार्न गाउँपालिकाले सदरमुकाम खाँदबारीबाट ढुवानी गरिरहेको अध्यक्ष भोटेले बताए।
गाउँपालिका अध्यक्ष भोटेले भने, ‘हामीले ढुवानी गरेको राहत सामग्री केही दिनभित्र वितरण गर्छौँ ।’ उनका अनुसार खाद्यान्न संकट टार्न प्रतिघर दुई बोरा चामल, पाँच किलोग्राम नुन र चार लिटर तेल प्रदान गरिने छ । किमाथांका लगिने खाद्यान्न सदरमुकाम खाँदबारीकै दरमा खरीद गर्न सकिने अध्यक्ष भोटेले जानकाी दिए।
भोटखोलाको किमाथांका उच्च हिमाली क्षेत्र भएका कारण त्यहाँ कोदो, मकै र आलुबाहेक खाद्यान्न उत्पादन हुँदैन । उत्पादन भएका खाद्य वस्तुले दुईचार महिना मात्र पुग्छ । उत्तरी क्षेत्र भोटखोलाका नागरिक चीनको चाँगा,देन्दाङ बजारमा आश्रित छन् ।–भविन कार्की रासस
कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...
नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ । ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...
नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।
काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...
स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...