कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि सुरक्षा खलल पुर्‍याए कारबाही

सरकारले कोरोना भाइरस रोकथामका लागि खटिने चिकित्सक, स्वास्थ्यकर्मीलाई सुरक्षा उपलब्ध गराउने भएको छ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि सुरक्षा खलल पु¥याउने व्यक्तिलाई कारबाही गर्ने निर्णय गरेको हो। 


Advertisement

‘सुरक्षामा खलल पु¥याउनसक्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिनेछ। सबै तहका सरकारले स्वास्थ्यकर्मीलाई सुरक्षा उपलब्ध गराउने निर्णय भएको छ,’ बैठकपछि सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भने।
यसैगरी, स्वास्थ्य उपकरण यथाशक्य छिटो उपलब्ध गराइने भएको छ, भने प्रोटोकलका आधारमा प्रयोग गरिनेछ। 

 सरकारले यसअघि बीमा तथा प्रोत्साहन भत्ताको व्यवस्था गर्ने निर्णय गरिसकेको छ।  


Advertisement


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्