सजाय निर्धारण कार्यान्वयन समितिमा नयाँ नियुक्ति

सरकारले फौजदारी कसुर तथा सजाय निर्धारण कार्यान्वयनसम्बन्धी सजाय निर्धारण समितिमा विज्ञहरुलाई नियुक्त गरेको छ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले समितिमा विज्ञका रुपमा रवीन्द्र भट्टराई र कुन्सान लामालाई नियुक्त गर्ने निर्णय गरेको हो।


Advertisement

त्यस्तै अपराध पीडित संरक्षण ऐनको व्यवस्था भएअनुसार, पीडित संरक्षण समितिमा विज्ञका रुपमा डा शंकरकुमार श्रेष्ठलाई नियुक्ति गरेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्