×

NMB BANK
NIC ASIA

सङ्घसंस्थाले बाँड्ने राहत नलिन गाउँपालिकाको आग्रह

चैत २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

मकवानपुरको विकट क्षेत्र कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानले विभिन्न सङ्घसंस्थाले वितरण गर्ने राहतलाई अस्वीकार गर्न स्थानीयवासीलाई अनुरोध गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सामाजिक सञ्जालमार्फत अध्यक्ष मोक्तानले लकडाउनको अवधिमा खाना नपाई कोही मर्न नदिने सरकारले योजना बनाइसकेकाले ढुक्क हुन अपिल गरेका छन्। “कसको घरमा चुलो बल्न बन्द हुनलाग्यो छातीमा हात राखेर नढाँटीकन स्थानीय सरकारलाई खबर दिई सहयोग गर्नुहोला हामी स्थानीय सरकारका प्रतिनिधि त्यहाँ पुग्छौ”, उनले भएका छन् । अध्यक्ष मोक्तानले गाउँघरमा थुप्रै रैथाने चिजबिजहरु खाएर समेत बाँच्न सकिने भन्दै पोका बाँडेर  आफूलाई भगवान् बनाउन खोज्नेको राहत अस्वीकार गर्न अनुरोध गरेका छन् ।
 
मोक्तानले “गाउँमा खोले, सिस्नु, गिठ्ठा, भ्याकुर, कर्कलो, निउरो, टाकीको साग, कोइरालाको फूल, सिफ्लिगान, केराको बुङ्गो, वनतरुल, पिडालु, सिमलतरुल, पुतलीतरुल, चुइया र यस्तै अन्य नानाथरि प्रकृतिले उपलब्ध गराएको मौसमी चिजबिज खाएर बाँचिरहेका हामी नेपालीलाई वनमान्छे देख्ने र दयाको पात्र सम्झने आफूले आफूलाई भगवान् देखाउन सेतो चामलको बोरा बाँड्न आउनेहरुमाथि नै मनोदशारुपी कोभिड–१९ को भयानाक आक्रमण देखियो । मानवीयताको हिसाबले सहयोग गर्ने यतिखेर नै हो, हामी–हामीबीचमै सहयोग आदनप्रदान गर्न सकिन्छ, जे छ बाँडेर खाना सकिन्छ । यो सङ्कटको बेलामा वल्लोपल्लो घरबाट एैचोपैचो चलाउँ, जिउँदाको जन्ती मर्दाको मलामी तपाईं हामी नै हौँ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य परीक्षणपछि घर फिर्ता


Advertisment
Nabil box
Kumari

लकडाउन उल्लङ्घन गरी क्वारेन्टाइन पुर्‍याइएका २४ जना शनिबार घर पठाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, लिसङ्खुपाखर गाउँपालिका अध्यक्ष कमल नेपाल, सुरक्षा समितिले ग्रामीण महिला सिर्जनशीलमा रहेको क्षेत्रीय क्वारेन्टाइनबाट स्वास्थ्य जाँच गरी घर पठाइएको हो । उल्लङ्घनकर्तालाई सम्बन्धित वडाका अध्यक्षले नियमित स्वास्थ्य जाँच तथा सेल्फक्वारेन्टाइनमा बस्ने शर्तसहित जिम्मेवारी दिई पठाइएको जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए। 

Vianet communication
Laxmi Bank

राजधानीका विभिन्न ठाउँमा पेशा व्यवसाय गरी बसेको प्रमाण जुटाई कोरोनासँग मिल्दो कुनै लक्षण नभेटिएको चिकित्सकको सिफारिसका आधारमा आ–आफ्नो घर पठाइएको तामाङले जानकारी दिए। उनीहरुलाई चैत्र २० गते लकडाउनको नियम मिचेर काठमाडौँबाट बाह्रबिसे जाँदै गर्दा तीन बलेरो पिकअपबाट नियन्त्रणमा लिई प्रहरीले क्वारेन्टाइन पुर्‍याएको थियो । २४ मध्ये एक जना चौतारा साँगाचोक गढी नगरपालिका, एक त्रिपुरा सुन्दरी गाउँपालिका र अधिकांश बाह्रबिसे नगरपालिकाका छन् ।

इन्द्रावतीले बनायो ५० लाखको कोष
 
कोरोना भाइरस सङ्क्रमण फैलन नदिनका लागि इन्द्रावती गाउँपालिकाले  रु ५० लाखको कोरोना रोकथाम कोष बनाएको छ । कोरोना रोकथाम कोष नामाकरण गरी गाउँपालिकाले सङ्क्रमण फैलन नदिन रोकथाममा जुटेको हो ।
 
नेपालमा कोरोना सङ्क्रमण देखिनुअगावै गाउँपालिकाले आफ्नो क्षेत्रमा प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै प्रवेश दिन थालेको थियो । कोष खडा गर्न यो रकम पर्याप्त नभएकाले सङ्घीय, प्रदेश र विभिन्न स्रोत जुटाएर कोषको शुरुआत गरिएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए।
     
गाउँपालिका राष्ट्रिय महासङ्घका महासचिवसमेत रहेका इन्द्रावती गाउँपालिकाका  अध्यक्ष वंशलालले  विभिन्न स्वास्थ्य सामग्री खरिद गर्नेदेखि सङ्क्रमण फैलन नदिनका लागि पूर्वतयारीका लागि कोषको रकम खर्च गरिने जानकारी दिए। इन्द्रावतीले गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा पिपीइ, स्यनिटाइजर, मास्कलगायत सामग्री वितरण गरिसकेको छ ।
 
स्थानीयवासीको सहयोगमा अति विपन्नलाई राहत

इन्द्रावती गाउँपालिका–२ का स्थानीयवासीले वडाभरिका अतिविपन्न परिवारलाई खाद्य सामग्री सहयोग गरेका छन् । समाजसेवी मोहन गिरीको अगुवाइमा इन्द्रावती साना किसान कृषि सहकारी संस्थाको सहयोगमा अतिविपन्न ७५ परिवारलाई सहयोग गरिएको हो । आज सहयोग वितरणको शुभारम्भ गर्दै सहकारीका अध्यक्ष रामशरण गिरीले दैनिक गुजारा चलाउन समस्या भएका परिवारलाई सहयोग गरिएको बताए।

मोहन गिरीले रु ५० हजार सहयोग गर्नुभएको छ भने हीराबहादुर गिरी तथा रामेछापका बलराम खड्कालगायतले सहयोग उपलब्ध गराएका छन्  । अहिले ७५ परिवारलाई सहयोग गरे पनि आवश्यक परे अन्य परिवारलाई पनि सहयोग गर्न सकिने मोहन गिरीले जानकारी दिएकाा छन् । दैनिक ज्याला गरी छाक टार्न पर्ने परिवारका सदस्यले काम गर्न नपाउँदा समस्या भएको हुँदा ती परिवारलाई खाद्य सामग्री सहयोग गरिएको हो । चामल १५ केजी, दाल तेल, नुन, साबुन, चिनी चियापत्ती प्रदान गरिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x