×

NMB BANK
NIC ASIA

कोरोनाको त्रासबीच कसरी बित्दैछ विदेशमा रहेका नेपाली पत्रकारको लक-डाउन दैनिकी ?

चैत २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

फिल्मी सेलिब्रेटी,गायक,गायिका,नाँच्ने नर्तकीहरू र नेतालाई धेरै पत्रकारले प्रश्न सोधेका छन्– ‘यो लक-डाउनमा बोर फिल गर्नुभएको छ होला,परिवार बालबच्चासँगै हुनुहुन्छ होला,दैनिकी कसरी बिताउँदैहुनुहुन्छ?’तर प्रश्न सोध्ने  तिनै पत्रकारलाई भने केरोनाको लक-डाउनमा कसरी बचेर काम गरिरहनुभएको छ ?भनेर कसैले प्रश्न सोध्दैन ।

Sagarmatha Cement
Muktinath Bank

सकडमा क्यामेरा तेर्स्याएर सोसल डिस्टेन्सको चित्र जनताका नजरमा ल्याइदिने पत्रकारहरूलाई यतिखेर केही प्रश्न सोध्नैपर्छ । अस्पतालको गेटदेखि आईसीयूकक्षसम्म पुगेर समाचार खिच्ने,समाचार बनाउने पत्रकारहरूको अनुभूति जान्नैपर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मलाई लाग्छ,यो केरोनाको हल्लाखल्ला मच्चिएयता विश्वमा फ्रन्टलाइनमा सबैभन्दा धेरै कोही छन् भने,स्वास्थ्यकर्मी,प्रहरी र पत्रकार नै छन् ।


Advertisment
Nabil box
Kumari

केहीदिन पहिले मैले नेपालमा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे लेखेको थिएँ,विपत्तिको समयमा स्वास्थ्य सामग्री खरिदमा अनियमितताको बारे लेख्दा धेरै रचनात्मक प्रतिक्रिया पाएको थिएँ ।

Vianet communication
Laxmi Bank

अब आजको स्तम्भमा मलाई पत्रकारहरूको डकडाउन दैनिकी किन लेख्न मन लाग्यो भने नेपाल होस् वा विदेशमा पत्रकारले एक खालको भूमिका निभाइरहेका छन् ।

विदेशमा रहेका नेपाली समुदायसँग नजिक रहेर,दूतावासहरूसँग सहकार्य गरेर,सामाजिक संघ संस्थाहरूसँग सहकार्य गरेर पत्रकारहरूले कोरोनाको जोखिमबाट नेपालीलाई बचाउन सहकार्य गरिरहेका छन् । नेपालमा ३० लाखभन्दा बढी नागरिक विश्वका कुना काप्चामा छरिएर बसेको अवस्थामा पत्रकारहरूको भूमिका झन प्रभावकारी देखिन्छ।

विश्वभर महामारीको रूप लिइरहेको कोरोनाभाइरसको संक्रमण फैलन नदिन विश्वका कैयौं देशमा बन्दाबन्दी (लक-डाउन)को समय चलिरहेको छ । सोसल डिस्टेन्सका नाममा मानिसहरूको दैनिकी घरभित्र सीमित भएको छ। पत्रकारहरूले घरभित्र र बाहिरबाट जनातालाई सूचना पुर्‍याउने काम गरेका छन् । कोरोना भाइरसबाट जोगिनका लागि सूचना सबैभन्दा महत्त्वपूर्ण कुरा हो।

यसकारण आजको स्तम्भमा अरबको भूमि युएईदेखि अमेरिका र युरोपमा रहेका केही पत्रकारको कोरोना अनुभूति उतार्ने प्रयास गरेको छु । यो प्रवासमा क्रियाशील प्रतिनिधिमूलक पत्रकारहरूको धारणा हो,अनुभव हो ।

अनुराधा पौड्याल हक्की स्वभावकी पत्रकार हुन् । उनी फ्रान्समा बस्छिन् । उनले आफ्ना लेख तथा समाचारमार्फत फ्रान्समा कोरोना भाइरसको संक्रमण तथा परिस्थितिका बारेमा अपडेट गराइराखेकी हुन्छिन् । सामाजिक सञ्जाल फेसबूकबाट पनि उनका अपडेटहरू आइरहन्छन् । यो लेख तयार पार्दै गर्दा फ्रान्समा ८९ हजार ९ सय जनालाई कोरोनाको संक्रमण देखिएको छ भने कम्तिमा ७ हजार ५ सय ६० को निधन भइसकेको छ ।

केरोनाले आक्रान्त पारेको अस्पतालनजिकै अनुराधाको आँखा दिनहुँ पर्छ । बेड नपाएर पेरिसका कोराना संक्रमितलाई हेलिकप्टरले अरू शहरमा लगेको देखेर उनी थाकिसकेकी छिन् तर छिट्टै कोरोना नियन्त्रण हुने आशा भने मारेकी छैनन् । उनी भन्छिन्, ‘धेरैपटक बिरामी बोकेर उडेको हेलिकप्टरको आवाज सुन्छु । पहिला यस्तो थिएन । दैनिक मृतकहरूको संख्या बढेको देख्दा मन दुख्छ । कतिपयले आफन्तका शव हेर्न पाएनन् । शवहरू सिधै कफिनमा राखिन्छ । शवहरू कफिनमा राखेपछि फ्रान्समा कसैले पनि कफिन खोल्न पाउन्न ।’

यस्तो डरलाग्दो अवस्थामा पनि अनुराधाले फ्रान्स छाडेकी छैनन्। बरू त्यहाँको सूचना हरपल बाँडिरहेकी हुन्छ्न् । उनी भन्छिन्, 'हामीलाई यो बेला पत्रकारिताको महत्त्व झन थाहा भएको छ । तर यस्तो कठीन घडीमा समाचार संकलन गर्दा खतरा पनि उत्तिकै छ। हामीलाई नेपाली मिडियाहरूले उचित पारिश्रमिक दिनुपर्छ भन्ने लाग्छ ।'

समाचार सम्प्रेसणका अलवा अनुराधाले लक-डाउनको समय साथीहरू र आफन्तसँग कुरा गरेर बिताएकी छन् । खासगरी युरोपमा रहेका मिडियाका साथीहरूसँग उनको नियमित संवाद भइरहन्छ ।

डिल्लीराम अमाई युरोपेली मुलुक बेल्जियममा बस्छन्,उनले बेल्जियममा बसेर नेपाली लेखनलाई योगदान दिइरहेका छन् । बेल्जियममा अहिले कोरोना संक्रमितको संख्या १८ हजार नाघिसकेको छ । उनले यो कोरोनाको लक-डाउनभरि लेख लेखेर नेपाली समुदायलाई ठूलो योगदान गरेका छन् । कोरोनाबारे उनको अनुभव पनि रोचक छ । उनी भन्छन्– 'घर नजिकैबाट बिरामी निकालिँदा र ठूलो शहरमा समेत निर्जीव ओडारमा जस्तो सन्नाटा छाउँदा अलिक डर लाग्दै गएको छ । भन्न त साथी र आफन्तहरूलाई फोनबाट नडराइ बस्ने सल्लाह दिन्छु,तर जताततै मृत्युको सन्नाटाले मुटुको कतै न कतै दुखिरहन्छ ।’

युरोपमा क्रियाशील पत्रकारलाई उनको सुझाव छ– ‘युरोपका केही पत्रकार मित्रहरू सडकबाट समेत स्थलगत समाचार सम्प्रेषण गरिरहेका छन्,त्यो गलत छ किनकी आफ्नो सुरक्षा पहिलो हो ।’ लक-डाउनलाई पत्रकार अमाईले राम्रो सदुपयोग गेरका छन् । पढ्न नभ्याएका किताबहरू उनले यतिखेर पढ्दैछन् ।

पत्रकार केजिन राईको दैनीकी पनि उस्तै छ । उनी पनि बेल्जियममै बस्छन् । नेपाल पत्रकार महासंघ युरोप शाखाको अध्यक्ष हुन् उनी । नेपालका टेलिभिजनहरूमा युरोपमा केरोना ताण्डबका बारेमा पलपल जानाकरी गराइरहेका हुन्छन्,उनले । कोरोनाको डरका कारण घरभन्दा धेरै टाढा निस्किएका छैनन् तर घरमै बसेर युरोपभरिका पत्रकारहरूसँग छलफल गरिरहेका छन् ।

उनी भन्छन्– ‘अहिले काम गर्न गाह्रो छ । चारैतिर बन्द छ । युरोपमा रहेका राजदूतहरूसँग सहकार्य गरेर यहाँ रहेका नेपालीहरूको अवस्था बुझ्ने काम भइरेहको छ। पत्रकार केबल पत्रकार मात्र नभई,देशको सचेत नागरिक पनि भएकाले संसारभरिका नेपाली कसरी सुरक्षित गर्ने भन्नेमा चिन्ता छ ।’

सच्ची मैनाली अमेरिकामा बसेर पत्रकारिता गर्दैछिन् । कोरोनाको सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा नै हो । यस्तो अवस्थामा पनि सच्ची हरपल जनतालाई सूचना दिने काममा लागिपरेकी हुन्छिन्।

‘मेरो दिन पनि अरूको जस्तै घरमै बितेको छ । अत्यावश्यक कामबाहेक घरबाट निस्केको छैन । मास्क,स्यानिटाइजर केहि नभएका कारण ५ दिनदेखि त छोराको औषधि लिन पनि गएको थिइनँ कतैबाट पाएँ हिजो,’उनले भनिन् ।

तर सच्चीले संकटका बेलामा पनि सूचना सम्प्रेषण गर्न भने भुलेकी छैनन् । अमेरिकामा रहेका विभिन्न व्यक्तिहरूसँग कुराकानी गर्छिन् । 'सच्चीको साथमा'कार्यक्रममार्फत केरोनाकै विषयमा सूचनामूलक र सचेतनामूलक कार्यक्रमहरू गरिरहेकी छन् ।

अमेरिकामा अहिले कोरोना संक्रमणको दर उच्च छ । विश्वमै धेरै छ । त्यहाँ कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार नाघेको छ र यो बढ्ने क्रम जारी छ । कम्तिमा ८ हजार ४ सय मानिसले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

शिव भण्डारी युकेमा बसेर सक्रिय पत्रकारिता गरेका छन् । उनी लन्डन नेपाल न्यूजका सम्पादक पनि हुन् । उनकाअनुसार 'कोभिड १९'को संकटले सिंगै बेलायतलाई प्रभावित र सुनसान बनाएको छ ।

सवारी साधनले भरिने राजमार्गका चिल्ला सडक पनि सुनसान बनेका छन् । स्वास्थ्यकर्मीहरू आफ्नो ज्यान जोखिममा पार्दै भ्याइनभ्याई उपचारमा संलग्न भैरहेका छन् । शहर बजारहरू सुनसान बनेका छन्,मानिसको घुईंचो लाग्ने मुख्य आकर्षक पर्यटकीय स्थलहरू लन्डन,आई टावर ब्रिज,ट्राफलगर स्क्वायर,वेस्ट मिनिस्टर,अक्सफोर्ड स्ट्रिट आदि ठाउँमा शून्यता छाएको छ । पव,बार,रेस्टुरेन्ट र क्लबहरू बन्द छन्। रेल र दुईतले बसका डब्वा खाली छन् ।

यस्तो अवस्थामा पनि उनले सूचना संप्रेषण गरिरहेकै हुन्छन् । उनी भन्छन्, ‘संचारकर्मीको रूपमा नेपाली समुदायलाई सुसूचित गर्ने,कोरोनाबाट परेको असरबारे जानकारी लिने र दिने काम गरिरहेको छु । विज्ञहरूलाई जोडेर आफ्नो मिडियामार्फत लाइभ अपडेट पनि गरिरहेको छु । कोरोना महामारीका बारेमा बेलायतस्थित नेपाली समुदायलाई जानकारीमूलक सामग्री प्रकाशन र प्रशारण गर्ने अभियान घरैबाट अनलाइनमा समाचारहरू अपडेट गरेर बसिरहेको छु ।’

मेघराज सापकोटा युएईमा बस्छन् । युएईमा बसेर पनि उनले सक्रिय पत्रकारिता गरिरहेका छन् । वैदेशिक रोजगारीमा रहेका प्रवासी नेपालीहरूको दु:खसुख र सफलताको कथा विभिन्न मिडियाबाट आमनेपालीमाझ पुर्‍याउने काम गरिरहेका छन् । विश्वभरी फैलिएको कोरोना महामारीका कारण युएईमा हालसम्म १ हजार ५ सय संक्रमित भेटिएका छन् भने १० जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ८ जना नेपाली छन् । ६१ जना निको भएका छन् ।

नेपाली दूतावास अबुधाबीका अनुसार युएईमा २ लाख ७५ हजार नेपाली कार्यरत रहेका छन् । कोरोना भाइरसको महामारीसँगै नेपालीहरूमा त्रास उत्पन्न भएको छ । नेपालीहरू सेक्युरिटी सर्भिस,क्लिनिङ,सेल्स र हस्पिटालिटीमा बढी कार्यरत रहेका कारण पनि उनीहरूमा जोखिम बढी नै हुने भयो । उनी भन्छन्, ‘हरेक दिन यस्तै कारणले समस्यामा परेका नेपाली दाजुभाइ दिदीबहिनीहरू सम्पर्कमा आउनुहुन्छ । कोही मानसिक तनाव भएर नेपाल फर्कन चाहने हुनुहन्छ भने कोही भिजिट भिसाको अवधि सकिएर र कोही भिसा क्यान्सिल गरी नेपाल फर्कन नपाएकाहरू हुनुहुन्छ ।’

युएईमा झण्डै ३० जना पत्रकार छन् । अन्य पत्रकारजस्तै उनी पनि विभिन्न तरिकाले नेपालीहरूलाई सुसूचित गराइरहेका छन् । दूतावाससँग समन्वय गरेर समाधानमा भूमिका खेलेका छन् । धेरै कम्पनीहरूले बेतलबी र केहीले तलबी बिदा दिएका छन् । उनको कम्पनीले पनि हप्ताको ३ दिन मात्र अफिसमा काम दिएको छ । बाँकी दिन घरबाटै काम गर्नु पर्ने व्यवस्था गरेको छ ।'

दीपक धिताल जर्मनीमा बसेर पत्रकारिता गरिरहेका छन्,उनले प्रत्येक दिन डीसी नेपालमा फेसबूक लाइभमार्फत युरोपमा नेपालीको अवस्थाबारे जानकारी गराइरहेका हुन्छन् । कोरोना संक्रमणको दृष्टिले जर्मनी पनि उच्च जोखिममा छ । हालसम्म ९६ हजारभन्दा बढीलाई संक्रमण भैसकेको छ ।

दीपक भन्छन्– ‘केरोना संक्रमणको दर फैलन नदिने भन्दै जर्मनीले चालेको कदममा साथ दिन म पनि १९ मार्चदेखि खासै बाहिर निस्केको छैन । एकदमै जानै पर्ने,नगई नहुने काममा बाहेक घरबाट निस्केको छैन । यो अवधिमा हप्तामा एकपटक मात्र खाद्यान्न,तरकारी किन्न निस्कन्छु । अफिस र पढाइको काम अहिले अनलाइनबाट भएको छ । केही समाचार हेर्ने,सुन्ने र अनलाइन पत्रिका हेर्ने कार्य ह्वात्तै बढेर गएको छ ।’

तर पनि उनी पत्रकारितामा रमाउन भूलेका छैनन् । उनी भन्छन्– ‘समाचार लेख्ने र मिडियाका साथीहरूसँग निरन्तर सम्पर्कमा रहिरहन पाएको छु । विशेषत समाचारमूलक कार्यमा नै बढी समय बिताएको छु । यसका अलवा पढ्न मन लागेर पनि पढ्न नसकिरहेको ओसोका पुस्तक र कुमार नगरकोटीको अक्षरगञ्ज पुस्तक यो कोरोना समयमा पढेर सक्याउने योजना छ ।’

गणेश पाण्डे पेर्चुगल बस्छन् । यहाँ बसेर पनि उनले पत्रकारिता गरिरहेका छन् । एनआरएनएलाई गाली गर्नुका अलवा पोर्चुगलमा कामदारहरूले खेप्नु परेको पीडा सार्वजनिक गर्न उनी माहिर छन् । पोर्चुगलमा उनलाई धेरैले डन पत्रकार भन्ने गर्छन् ।

गणेश पाण्डे लक-डाउनपछि होम क्वारेन्टाइनमा बसेको आज ठ्याक्कै २० दिन भयो । उनी भन्छन्– ‘घरभित्रै मान्छे थुनिएको पीडा कस्तो हुँदोरहेछ,बल्ल बुझ्दैछु । मान्छेले प्रकृतिमाथि गरेको चरम दमन र जन्तुहरूलाई चिडियाखानामा थुनेर राखेको पीडा कस्तो हुँदोरहेछ,बल्ल आभास भएको छ ।’

उनले क्वारेन्टाइनमा अधिकांश समय देश विदेशका समाचारहरू हेरेर र पढेर अपडेट लिएर,समाचार लेखेर समाजलाई सूचना दिएर र किताब पढेर बिताएका छन्।

पोर्चुगलमा पनि धेरै नेपाली भएका कारण कोरोना अपडेटमा कतै नेपाली त परेनन् भनेर उनी चनाखो हुन्छन् । पोर्चुगलमा हालसम्म १० हजारभन्दा बढीलाई कोरोनाको संक्रमण देखिएको छ ।

अनि मेरो हालखबर के छ त ?त्यो अर्को स्तम्भमा लेख्नेछु ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

माघ ७, २०७९

जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

असोज ८, २०७९

समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x