×

NMB BANK
NIC ASIA

कोरोना भित्रिने त्रासमा कैलालीसँग सीमा जोडिएको सुर्खेतको चौकुनेमा ‘हाइ अर्लट’, झोलुंगे पुल बन्द !

चैत २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुदूरपश्चिम प्रदेशको कैलालीमा कोरोनाका संक्रमित बिरामी भेटिएपछि चौकुने गाउँपालिका सुर्खेतले हाइअर्लट घोषणा गरेको छ ।

Muktinath Bank

कैलालीसँग सिमाना जोडिएको पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले अछाम, डोटी, कैलाली जिल्लासँग जोडिएका सबै झोलुंगेपुल, फेरीहरू सञ्चालन हुन नदीने निर्णय गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले छिमेकी पञ्चपुरी नगरपालिकासँग जोडिएको भेरी झोलुंगे पुलमासमेत आवागमन गर्न पूर्ण रुपमा रोक लगाइएको बताए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार कर्णाली नदीमाथिका कैलाली जोडने कुमाल्ला सोल्टा, झाला मलेखा, सोभानचौर ताम्चा, गोला पाखा झोलुंगे पुल सञ्चालनमा रोक लगाइएको छ ।

Vianet communication
Laxmi Bank

कोलीभरा, मालुमेला, टटालीलगायतका अछाम जोड्ने झोलुंगे पुलमा पनि आवागमनमा पूर्ण रोक लगाइएको छ भने डोटी जोडने पुक्रे बलाता, तालागाउँ काटई झोलुंगे पुल पनि पूर्ण रुपमा बन्द गरिएको अध्यक्ष शाहीले लोकान्तरलाई बताए ।

‘नदीमाथिको फेरी, डुंगा बन्द गराउने, नदीमा पौडी खेली वा अन्य तरिकाबाट गाउँपालिका प्रवेश गर्न नदिने, वडास्तरमा पुल बन्द गराउने, आवतजावत निषेध गराउने कार्यमा सहयोग गर्न सम्बन्धित वडा अध्यक्षहरुले सवंयसेवक टीम परिचालन गर्नेछन्,’ अध्यक्ष शाहीले भने, ‘यस कार्यका लागि स्वंयसेवककोरुपमा प्रतिवडा कम्तीमा १० जना खटाउन सकिने गरी आवश्यक निर्देशन दिएका छौं ।’

कैलालीसँग सिमाना जोडिएका कारण चौकुनेमा कोरोना संक्रमित सहजै प्रवेश गर्न सक्ने भएकाले त्यसलाई निषेध गर्न गाउँपालिकाले यो कदम चालेको उनको भनाइ थियो । यसका अलावा कोही कसैको सम्पर्कमा नआउन, पाहुना लाग्न नजान र पाहुनालाई आमन्त्रित नगर्न चोकुनेवासीलाई आग्रह गरिएको अध्यक्ष शाहीले लोकान्तरलाई बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x