×

NMB BANK
NIC ASIA

कांग्रेसले दियो नवलपरासी जिल्लाका सबै स्थानीय तहलाई राहत

चैत २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेस पश्चिम नवलपरासीले जिल्लाका सबै स्थानीय तहलाई खाद्यान्न राहत उपलब्ध गराएको छ । कार्यवाहक जिल्ला अध्यक्ष अर्जुन कुमार पोखरेल नेतृत्वमा जिल्ला नेता एवं संविधानसभा सदस्यद्वय विक्रम खनाल र  देवकरण जयसवाल, तरुण दल जिल्ला अध्यक्ष सुकबहादुर गुरुङलगायतको राहत वितरण टोलीले आइतवार जिल्लाका सात स्थानीय तहका प्रमुखहरु भेटेर खाद्यान्न उपलब्ध गराएको हो ।

Sagarmatha Cement
Muktinath Bank

जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका छन् । उपलब्ध गराइएको राहतमा १ सय ७५ क्विन्टल चामल छ । जसको बजार मूल्य प्रतिक्विन्टल ५ हजारका दरले कुल ८ लाख ७५ हजार रहेको छ । हरेक स्थानीय तहलाई २५ क्विन्टल चामलका दरले राहत उपलब्ध गराइएको कार्यवहाक अध्यक्ष पोखरेलले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपलब्ध गराइएको चामल सावा मनसुली हो । कांग्रेस नेता एंव कार्यकताहरुले रातह वितरणका लागि रकम उपलब्ध गराएका थिए ।


Advertisment
Nabil box
Kumari

‘विपद्को समयमा पक्ष/प्रतिपक्ष कोही हुनुहुँदैन । यस्तो समयमा सरकारले चालेका कदमलाई सहयोग गर्नु सबैको कर्तव्य हो । कोरोना संक्रमणसँगै भएको लकडाउनले दैनिक मजदुरी गरेर खाने वर्ग प्रभावित हुने भएकाले उनीहरुको सहयोगका लागि राहत उपलब्ध गराइएको हो,’ कार्यवहाक अध्यक्ष पोखरेलले भने । एकद्वार प्रणालीमार्फत प्रभावित वर्गमा पुर्‍याउनका लागि स्थानीय तहलाई राहत उपलब्ध गराइएको उनले बताए ।

Vianet communication
Laxmi Bank

राहत सामाग्री बुझ्दै रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले राजनीतिक दलसहित विभिन्न संघसंस्था र सहयोगीदाताहरुले उपलब्ध गराइएको राहत वडास्तरमा गठन भएका राहत समितिमार्फत अति विपन्न वर्गमा वितरण गरिने बताए ।

यसैबीच नेपाल तरुण दल पश्चिम नवलपरासीले विदेशबाट गाउँ आएका सर्वसाधारणका बारेमा जानकारी गराउन वडा स्तरका तरुण कार्यकर्तालाई निर्देशन दिएको छ । जिल्ला अध्यक्ष सुकबहादुर गुरुङका अनुसार विदेशबाट गाउँ/टोलमा आएका सर्वसाधारणहरुमाथि निगरानी राख्न र आएको जानकारी पाए घरमै वा स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बस्न जानका लागि सुझाव दिन निगरानीमा खटाइएको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x