×

NMB BANK
NIC ASIA

गण्डकीकाे सम्पूर्ण ध्यान बागलुङतिर, प्रदेशमा हालसम्म ७५ नमुना परीक्षण

चैत २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बागलुङ जिल्लामा पनि काेराेना परीक्षणकाे र्‍यापिड डाइग्नोस्टिक टेष्ट हुने भएपछि गण्डकी प्रदेशकाे ध्यान त्यतातिर खिचिएकाे छ। संघीय मन्त्रिपरिषद्काे शनिबारकाे बैठकले बागलुङ सहित सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा साे टेष्ट गर्ने निर्णय गरेकाे थियाे ।

Muktinath Bank

बागलुङमा हालसम्म २ महिलामा काेराेना संक्रमण देखिएकाे हाे। उनीहरू दुबैकाे धाैलागिरी अस्पतालमा उपचार भइरहेकाे छ। सरकारकाे निर्णयसँगै गण्डकीकाे पनि सम्पूर्ण ध्यान त्यतातिर लगाउनुपर्ने अवस्था आएको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य निर्देशक डा विनाेदविन्दु शर्माले बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले लाेकान्तरसँगकाे कुराकानीमा भने, 'प्रदेशका अन्य जिल्लामा सामान्य हुँदा बागलुङ उच्च जाेखिममा रहेकाे र सरकारकाे निर्देशन बमाेजिम टेष्टका लागि यहाँबाट आवश्यक सहयोग हुनेछ। उनका अनुसार बागलुङमा आवश्यक सामान पठाइने छ। साथै जनशक्ति पनि पठाइने छ।'


Advertisment
Nabil box
Kumari

जिल्लाकाे र्‍यापिड रेस्पाेन्स टिमलाई तयारी अवस्थामा राखिएको छ। बागलुङमा जिल्ला स्वास्थ्य प्रमुख सुरज गुराउकाे नेतृत्वमा साे टिम गठित छ। बागलुङमा कोराना संक्रमितको वासस्थान वरपर रहेका तथा चैत महिनामा सम्पर्कमा आएका व्यक्तिहरुको परीक्षण र्‍यापिड डाइग्नोस्टिक टेष्टमा गरिने छ।

Vianet communication
Laxmi Bank

टेष्ट गर्दा पोजेटिभ आएकाहरुको पीसीआर विधिबाट यकिन गर्ने र यसको नतिजाका आधारमा अन्य क्वारेन्टाइनमा रहेका व्यक्ति र संक्रमणको शंका लागेकाहरुको परीक्षण गरिने तयारी छ। यसैबीच, काेराेना संक्रमण राेकथाम तथा व्यवस्थापनका लागि गठित प्रदेशस्तरकाे स्वास्थ्य निर्देशनालयकाे समितिले आइतबार विभिन्न विषयगत समितिसँग छलफल गरेकाे जनाइएकाे छ।

सरकारकाे निर्णय बमाेजिम राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को बैठकले ३ जिल्लामा टेष्ट टोली पठाउन लागिएको बुझिएको छ।

गण्डकीका ११ जिल्लामध्ये हालसम्म ७५ जनाकाे नमुना टेस्ट भएकाे छ। जसमा २ जनाकाे नतिजा पाेजेटिभ र ७३ जनाकाे नेगेटिभ छ। यहाँ कुल ९३ जनाकाे स्वाव नमुना लिइएकामा १८ जनाकाे नतिजा आउन बाँकी रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत जनाएकाे छ।

केही दिनदेखि पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काेराेना परीक्षण सुरू भएकाेमा यहाँ ४६ जनामध्ये २८ जनाको नेगेटिभ र अन्य १८ काे नमुना आउन बाँकी छ। गण्डकीमा कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, गाेरखा, पर्वत, म्याग्दी, बागलुङ, मनाङ, मुस्ताङ र नवलपुर जिल्ला पर्दछन्।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x