मंसिर ४, २०८०
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
बढ्दो संक्रमणसँगै सर्वसाधारण कोरोना भाइरस (कोभिड–१९)बाट त्रस्त छन्। तर, वरिष्ठ चिकित्सक एवं विज्ञहरू भन्छन्, ‘यो भाइरसको संक्रमण हुँदैमा ज्यान जाँदैन। आत्तिनुभन्दा सावधानी अपनाउनुपर्छ। संक्रमित व्यक्तिले पनि उच्च मनोबल राख्नुपर्छ।’
नेपालमा संक्रमितको संख्या ९ पुगेको छ। तीमध्ये १ जनाले स्वास्थ्यलाभ गरेका छन्। बाँकीको अवस्था सामान्य र सुधारोन्मुख छ। बाहिरबाट आएका संक्रमित व्यक्तिबाट कोरोना सरेको पछिल्लो घटनासँगै मुलुक संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ। यो अवस्थालाई ध्यान दिएर विज्ञले खेलाँची नगर्न सुझाएका छन्।
‘श्वास फेर्न गाह्रो भएको छैन वा शिथिल अनुभव भएको छैन भने आश्वस्त हुन सकिने परिस्थिति हो’, अन्नपूर्ण मिडिया नेटवर्कद्वारा आइतबार आयोजित भिडियो अन्तत्र्रिmयामा वरिष्ठ फिजिसियन प्रा. डा. अर्जुन कार्कीले भने, ‘रुघाखोकी मात्र लागेको छ र दैनिक जीवनमा अप्ठेरो महसुस भएको छैन भने आत्तिनुपर्दैन।’
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपतिसमेत रहेका प्रा. डा. कार्कीले संक्रमित व्यक्तिको सम्पर्क रहेको अवस्थामा भने उच्च सतर्कता र सजगता अपनाई जँचाउन जान सल्लाह दिए। विश्वव्यापी महामारीको रूप लिएको कोभिड–१९ बाट संक्रमितमध्ये करिब साढे ५ प्रतिशतको ज्यान गएको छ। प्रतिरोधात्मक क्षमता कम भएका, ज्येष्ठ नागरिक र अन्य रोगले थला परेका व्यक्तिले भने उच्च सावधानी अपनाउनुपर्ने चिकित्सकको सुझाव छ। ‘संक्रमण हुनेबित्तिकै मरिहालिने होइन। अधिकांश व्यक्ति त अस्पतालमै जानुपर्दैन’, उनले भने, ‘अस्पतालमै बसेर उपचार गर्नुपर्नेमध्ये पनि अधिकांशलाई चिकित्सकीय प्रयत्नले बचाउन सकिन्छ।’
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का डिन प्रा. डा. जगदीश अग्रवालले लकडाउनलाई प्रभावकारी रूपमा लागू गर्नुपर्ने र परीक्षणको दायरा बढाउनुपर्ने बताए। ‘विदेशबाट आएका नेपाली सबैलाई परीक्षण गर्नुपर्छ’, उनले भने, ‘परीक्षणको दायरा पनि विस्तार गर्नुपर्छ।’
संक्रमितहरू भेटिएका कैलाली, कञ्चनपुर, बागलुङका साथै तराईका क्वारेन्टाइनमा बसेका व्यक्तिको पनि परीक्षण गर्नुपर्ने उनको भनाइ थियो। ‘खुला सीमा छ। सीमावर्ती क्षेत्रका क्वारेन्टाइनमा सयौं नेपाली बसेका छन्’, उनले भने, ‘तिनलाई पनि परीक्षणको दायरामा ल्याउनुपर्छ।’
कोरोना संक्रमणले विचलित हुनुपर्ने अवस्था नरहेको नेपाल हेल्थ रिसर्च काउन्सिल, इथिकल रिभ्यु बोर्डका अध्यक्ष प्रा. डा. प्रकाश घिमिरेले बताए। त्रिवि माइक्रोलोजी विभागका पूर्वप्रमुख घिमिरेले भने, ‘संक्रमित व्यक्तिको खोकी, हाच्छ्युँबाट वा एउटै भान्सामा सँगै बस्दा विभिन्न तरिकाबाट भाइरस बाहिर निस्किएर सर्न सक्छ। दूरी कायम राखेर बस्नु र मास्क लगाउनुपर्छ। सचेत रहे आत्तिनुपर्दैन।’
उनका अनुसार कोरोनाले सबै उमेर समूहका व्यक्तिलाई संक्रमण गरे पनि प्रतिरोधात्मक क्षमता न्यून भएका र दीर्घ रोगीलाई मात्र जोखिम हुन्छ। ‘कोरोना भाइरस संक्रमणपछि ८० प्रतिशत व्यक्ति अस्पताल जानुपर्दैन’, उनले भने, ‘अस्पताल पुग्नुपर्ने अवस्थाका २० प्रतिशत हुन्छन्। तीमध्ये पनि ५ देखि ७ प्रतिशत मात्र गम्भीर भई आईसीयूमा भर्ना हुन जरुरी देखिन्छ।’
वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायले कोरोना संक्रमण आफू वा परिवारलाई हुन्छ कि भन्ने फोबिया सर्वत्र रहेको उल्लेख गरे। ‘कोरोना भाइरसले चिन्ता र डर बढाएको छ’, उनले भने, ‘स्वास्थ्यको ख्याल गर्नुपपर्छ। तर, चिन्ता लिएर बस्नुहुँदैन। डर र चिन्ताबाट माथि उठेर स्वास्थ्य सुरक्षा एवं सावधानी अपनाउनु नै कोरोनालाई जित्नु हो।’
उनले संक्रमणको तनाव न्यूनीकरण गर्न सकारात्मक सोच जरुरी भएको बताए। ‘मलाई संक्रमण हुँदैन, स्वस्थ छु, रोग प्रतिरोधात्मक शक्ति राम्रो छ, संक्रमण भइहाले पनि निको हुन्छु भन्ने सोच राख्नु नै सकारात्मक सोच हो’, उनले भने। उनको सल्लाह छ– ‘एक्लोपनाले चिन्ता बढाउँछ। छलफलमा सहभागी हुने, पुस्तक पढ्ने, युट्युब हेर्ने गर्नुपर्छ। मन पर्ने काममा व्यस्त रहन सकिन्छ। ध्यान, योग पनि लाभदायक हुन्छन्।’
ग्रान्डी इन्टरनेसनल अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले संक्रमण विस्तार भइरहेका बेला सरकारी वा अन्य निकायलाई दोष दिनुभन्दा पनि समन्वय र सहकार्य गर्नुपर्ने बताए। ‘एकअर्कालाई दोष दिनेभन्दा पनि भावी पुस्ताका लागि गृहकार्य गर्ने बेला पनि हो यो’, उनले भने, ‘नकारात्मक धारणा नराखौं। समन्वय गरौं। तत्कालीन र दीर्घकालीन कार्ययोजना बनाएर अघि बढौं।’
उनले नेपाली पुस्ताले व्यहोर्नु नपरेको चुनौती अहिले देखापरेको बताए। ‘अमेरिकालगायत विकसित मुलुकलाई पनि अत्यावश्यक वस्तुको आपूर्ति र व्यवस्थापनमा समस्या भइरहेको छ भने नेपालमा चुनौती देखिनु स्वाभाविक हो’, उनले भने। निजी स्वास्थ्य संस्था पनि सरकारअन्तर्गत परिचालन हुने उल्लेख गर्दै उनले स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नुपर्ने आवश्यकता औंल्याए। उनले यो विपत्तिलाई अवसरका रूपमा लिएर भविष्यका लागि दर्बिलो बन्न सक्नुपर्ने धारणा राखे।
अर्कातिर दिग्भ्रमित पार्ने अनधिकृत सूचना सामग्रीका कारण सर्वसाधारण त्रस्त छन्। ‘सामाजिक सञ्जालले कोरोनाबाट थप त्रास फिँजाइरहेका छन्’, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले भने, ‘प्रहरीले त्यस्ता व्यक्तिका फेसबुक अकाउन्ट र युट्युबरहरूको खोजी गरिरहेको छ। केहीलाई कानुनी दायरामा ल्याइसकेको पनि छ।’
डीआईजी पोखरेलका अनुसार उपत्यकामा ३ हजार ५ सय ३० महिला र १५ हजार ८ सय १६ पुरुषलाई लकडाउन उल्लंघन गरेको आरोपमा केही समय नियन्त्रणमा लिएर सम्झाई–बुझाई छाडिएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...