×

NMB BANK
NIC ASIA

सेनालाई अघि सार्ने डिजाइन !

चैत २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चीनबाट अत्यधिक महँगो मूल्यमा मेडिकल सामग्री खरिद ‘डिल’ नागरिक दबाबमा रद्द भएपछि सरकारले त्यो कामको जिम्मा सेनालाई दिएको छ। सरकारको यो कदमबारे अहिले भिन्नभिन्न कोणबाट बहस भइरहेका छन्।

Muktinath Bank

सेनाको प्राथमिक दायित्व भनेको राष्ट्रिय सुरक्षा हो। आपत्विपत्मा नागरिक र सरकारलाई सघाउनु उसको कर्तव्य हो। प्रकृति तथा पर्यावरण संरक्षण, महत्वपूर्ण विकास परियोजना, खेलकुद र अन्य सामाजिक क्षेत्रमा सेनाको योगदान महत्वपूर्ण छ। सेना पछिल्लो समय आफ्नो मूलभूत दायित्वभन्दा व्यापार, परियोजना र ठेक्कापट्टातिर बढी अलमलिएको आम आरोप छ। यो केही हदसम्म सत्य पनि हो। यही पृष्ठभूमिमा सरकारले मेडिकल सामग्री खरिदको जिम्मा दिएपछि उसको भूमिका र चरित्रबारे नागरिकस्तरबाटै प्रश्न उठेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेना सरकारकै अंग हो। संकटका बेला उसको साथ लिनु र उसले पनि सरकारलाई सक्दो सहयोग गर्नु स्वाभाविक हो। सरकारले अह्राएको काम गर्नु सेनाको कर्तव्य पनि हो। तर, यति खेर जुन कामको डिल गर्न सेनालाई जिम्मा दिइएको छ, यसको पृष्ठभूमि र यसका पछाडि लुकेको नियतबारे सेना सुसूचित र सचेत हुनुपर्छ। मेडिकल सामग्री खरिदमा घोटालाको योजना खुलासा भएपछि सबैतिरबाट छानबिनको माग भइरहेको छ। संकटको मौका छोप्दै राजनीतिक तहको इसारामा रचिएको कमिसनको डिजाइन असफल भएपछि पानीमाथिको ओभानो बन्‍ने प्रयासस्वरूप यो 'डिल'को जिम्मा सेनालाई दिइएको छ।


Advertisment
Nabil box
Kumari

पहिलो प्रश्न, यो काम सरकारअन्तर्गतका नागरिक निकाय (स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभागलगायत)ले किन गर्न सक्दैनन् ? सेनाले त्यही काम गर्न सक्ने अनि सरकारी निकायले नसक्ने भन्ने प्रश्न हुँदैन। जब कि स्वास्थ्य सेवा विभागले यो काम गर्न सक्दिनँ भनेर हात उठाएको अवस्था होइन। औषधि आपूर्ति र व्यवस्थापनको जिम्मा लिएको त्यो निकायमा अनुभवप्राप्त विज्ञ जनशक्ति छ। संकटका बेला त्यो जनशक्तिलाई उपयोग गर्नुको सट्टा किन उपेक्षा गरिँदै छ ? आफूमातहतका निकायको क्षमता र विश्वसनीयतामाथि सरकारलाई किन शंका लाग्यो ? नागरिकस्तरबाट यस्ता थुप्रै प्रश्न सोधिएका छन्।

Vianet communication
Laxmi Bank

नागरिक निकायको मनोबल गिराएर तथा सार्वजनिक प्रशासनलाई होच्याएर सेनालाई अनावश्यक रूपमा उक्साउने जुन प्रयास भएको छ त्यसको नकारात्मक प्रभाव र प्रतिक्रिया राजनीतिक नेतृत्वले पछिसम्म सामना गर्नुपर्नेछ।

संकटको मौका छोप्दै राजनीतिक तहको इसारामा रचिएको कमिसनको डिजाइन असफल भएपछि पानीमाथिको ओभानो बन्‍ने प्रयासस्वरूप यो 'डिल'को जिम्मा सेनालाई दिइएको छ।
नागरिक निकाय र प्रशासनले गर्न सक्ने काम पनि जबरजस्ती सेनालाई जिम्मा लगाउने प्रवृत्तिले निम्त्याउन सक्ने प्रभाव र परिणामलाई तीनवटा पक्षमा विश्लेषण गर्न सकिन्छ। पहिलो– नागरिक सरकार तथा नागरिक प्रशासन कमजोर हुँदै गएको गलत सन्देश जान सक्छ। यस्तो प्रयासले नागरिक निकायको मनोबल गिराउने खतरा पनि हुन्छ। दोस्रो– सेनाको महत्वाकांक्षा बढाउन यस्ता घटनाक्रमले पनि मद्दत गर्छ। त्यसै पनि सेनामाथि व्यापारिक मनोवृत्ति बढेको अनि प्रोजेक्ट र ठेक्कापट्टामा अल्झिएको आरोप लाग्दै आएको छ। तेस्रो– यस्तो प्रकरणले सेनाको स्वतन्त्र व्यावसायिक छविमा धक्का लाग्न सक्छ। सेनाप्रतिको जुन आमआस्था र भरोसा छ त्यसमा ठेस लाग्नेछ।

मेडिकल सामग्री खरिद प्रकरणमा सार्वजनिक भएका घटनाक्रमलाई विश्लेषण गर्ने हो भने विवादित भइसकेको यो डिलको जिम्मा सेनालाई लगाउनु पछाडिको नियत राम्रो देखिँदैन। कमिसनको डरलाग्दो चक्करमा सेनालाई पनि फसाउने खेल यो कदमसँग जोडिएको छ। कमिसनको बाटो सहज बनाउने, नागरिक निगरानीबाट उन्मुक्ति खोज्‍ने र अख्तियारबाट जोगिने नियतका साथ आर्थिक डिलमा सेनालाई अघि सार्ने जुन डिजाइन भएको छ त्यसको मतियार सेना बन्‍नु हुँदैन। यसमा सैनिक नेतृत्व कति सचेत छ,त्यसको सुक्ष्म निगरानी यतिबेला नागरिकस्तरबाट भइरहेको छ।

नागरिक दबाब र आलोचनाबाट बच्‍न सेनालाई अघि सार्ने यो गलत प्रवृत्तिले नागरिक शासनमा बिस्तारै खिया लाग्‍न सक्छ। अन्ततः लोकतन्त्र धरापमा पर्ने जोखिम छ। राष्ट्रिय सुरक्षा कमजोर हुने मात्र होइन, हाम्रो अखण्डतामा आँच आउने खतरा हुन्छ। नागरिक निकाय र नागरिक प्रशासनले गर्न सक्ने गैरसैन्य कामको जिम्मा पनि सेनालाई सुम्पिँदै जाने प्रवृत्तिले भोलि नागरिक शासनको औचित्यमाथि नै प्रश्न उठ्न सक्छ। अनि, मुलुकमा सैन्य मनोविज्ञान हावी हुन सक्छ।

व्यावसायिक चरित्र नगुमाएको, राजनीतिमा नमुछिएको र चेन अफ कमान्डका हिसाबले ‘इनट्याक्ट’ रहेको एउटै मात्र राज्यको निकाय सेनालाई विवादमा तान्‍ने र उचाल्ने प्रयास बेलाबखत हुँदै आएको छ। संक्रमणका बेला पनि धेरै कसरत भए। त्यसमा सेनाले आफूलाई सतर्क राख्दै आएको छ।

२०६३ को राजनीतिक परिवर्तनपछि सेनाले आफूलाई सक्दो रूपान्तरण गर्ने कोसिस गरेको छ। सेनाको थप व्यवसायीकरण तथा आन्तरिक सुधारका केही पक्ष बाँकी छन्। यसमा सेनाको स्वअग्रसरताभन्दा राजनीतिक नेतृत्वको सुझबुझ र भूमिका अझ महत्वपूर्ण हुन्छ। सेनालाई अझ व्यावसायिक बनाएर थप प्रभावकारी नागरिक नियन्त्रणमा राख्‍नेतिर भन्दा पछिल्लो समय दलहरू पनि सेनालाई खुसी पार्ने प्रतिस्पर्धामा सामेल भएको देखिन्छ। सत्तामा छँदा सेनाले मागेको स्रोधसाधन र अख्तियार निर्बाध रूपमा उपलब्ध गराएका छन् दलहरूले।

सरकारले पछिल्लो समय फास्ट ट्र्याकलगायत थुप्रै प्रोजेक्ट सेनालाई जिम्मा लगाएको छ। सेना विकासका प्रोजेक्ट, कल्याणकारी कोषको कारोबार, व्यवसायतिर अल्झिएको आरोप पनि छ। यसले गर्दा अप्रेसनल रेडिनेस एवं आधारभूत ल्याकतमा खिया लाग्दै गएको चिन्ता पनि व्यक्त भएको छ। यो अवस्था सिर्जना गर्न राजनीतिक नेतृत्व पनि जिम्मेवार देखिन्छ।

नागरिक निकायबाट प्रभावकारी नियमन, नियन्त्रण तथा निगरानी भइदिए सेना आफ्नै घेरामा रमाउँछ। सेनालाई विकास प्रोजेक्ट जिम्मा लगाएर कमिसन सुरक्षित गर्ने र नागरिक जवाफदेहिताबाट उन्मुक्ति खोज्‍ने गलत राजनीतिक मनोवृत्तिका कारण पनि आर्थिक मामिलामा सेनाको सक्रियता बढेको हो।

राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी हुने सैनिकको भत्ता कटौती गरेर स्थापना गरिएको सैनिक कल्याणकारी कोष मुलुककै सबैभन्दा ठूलो आकारको ‘फन्ड’ बनेको छ। झन्डै चालीस अर्बको यो कोषका कारण पनि सेनाको लगानी र व्यापारिक मोह बढेको देखिन्छ। अधिकांश बैंक तथा वित्तीय संस्थाले सेनाको पैसा चलाएका छन्। यो कोषको प्रभावकारी नियमन भएन भने कुनै बेला यसले मुलुककै अर्थतन्‍त्रमा चलखेल गर्न सक्ने खतरा पनि छ।

पेट्रोल पम्पबाट सुरु भएको सेनाको व्यावसायिक सहभागिता मेडिकल कलेज, स्कुल कलेज, जलविद्युत् आयोजना, विमान सेवादेखि सडकको ठेक्कापट्टा र घरजग्गा कारोबारसम्म फैलिएको छ। सेनाले सैनिक परिवारका लागि सञ्चालित कल्याणकारी कार्यलाई दिगो बनाउन सीपमूलक तथा उत्पादनमूलक योजना सञ्चालन गर्नु, कृषि तथा पशुपालनलगायत सामाजिक क्षेत्रमा लगानी बढाउनु नराम्रो होइन। तर, सेना आफैं उद्योगी, व्यापारी, लगानीकर्ता र ठेकेदार बन्‍नु गलत हो। यो छुट नागरिक शासनमा हुँदैन। पछिल्ला दिनमा सेनाले सामना गर्दै आएको मुख्य प्रश्न यो पनि हो।

सेनाको व्यापारिक मोहबारे नागरिकस्तरबाट पहिलेदेखि प्रश्‍न उठ्दै आएको छ। पछिल्लो समय जंगीअड्डामा हुने उच्चस्तरीय बैठक सामरिक विषयभन्दा ठेक्कापट्टा अनि व्यापारिक मामिलामा बढी अल्झिने गरेको आरोप पनि लागेको छ। राष्ट्रिय सुरक्षाको जिम्मेवारी बोकेको सेनाको नेतृत्व तहमा रहेका जर्नेलहरू कमिसनको चक्कर र आर्थिक चलखेलमा बढी सक्रिय भएको आरोप लाग्‍नु राम्रो संकेत होइन। यसले सेनाको फौजी चरित्र र चेन अफ कमान्डमै नकारात्मक असर परेको अनुभव गरिँदै छ। यस्ता घटनाक्रमको निरन्तरताले  कसैले नसोचेको दुर्घटना निम्त्याउन पनि सक्छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x