×

NMB BANK
NIC ASIA

महामारीविरुद्ध हातेमालो : चिनियाँ राजदूत

चैत २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको लडाइँमा नेपाल मात्र होइन, विश्वको साथमा चीन सँगै रहने बताएकी छन्।

Muktinath Bank

चीनको हुपई प्रान्तको वुहानबाट सुरु भएको कोरोना संक्रमणविरुद्ध ऊ सफलता हासिल गरिरहेको छ। ‘राष्ट्रपति सी चिनफिङको नेतृत्वमा महामारीलाई विस्तारै समाधान गर्दै सकारात्मक पाटोमा ल्याउने काम भइरहेको छ। ७६ हजार संक्रमित ठीक भइसकेका छन्’, चिनियाँ दूतावासले राजदूत होउसँगको संयुक्त अन्तर्वार्ता भन्दै पठाएको एक विज्ञप्तिमा लेखिएको छ, ‘अहिले यो महामारी विश्वभर फैलिएको छ। यसविरुद्धको लडाइँमा चीन सबैसँग हातेमालो गर्छ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनमा बाहिरबाट आएका कोरोना संक्रमित भेटिएकाले यसलाई आयातीत संक्रमण भनिएको छ। त्यसको संख्या ९ सयभन्दा बढी रहेको जानकारी उनले दिएकी छन्। चीन महामारीविरुद्ध लडिरहँदा नेपालले सहयोग उपलब्ध गराएर चीनलाई पीडामा साथ दिएको पनि विज्ञप्तिमा उल्लेख छ।


Advertisment
Nabil box
Kumari

उनले नेपालले गरेको सहयोगको प्रशंसा गर्दै नेपाललाई पनि चीनले सक्दो सहयोग गर्ने बताएकी छन्। ‘सम्बन्ध र सहयोग दोहोरो हुन्छ। हामी पनि यहाँको अहिलेको अवस्थामा सहयोग गरिरहेका छौं’, उनले भनेकी छन्, ‘हामीले नेपाल मात्र होइन, १ सय २० मुलुकमा कोरोनाविरुद्धको लडाइँमा सहयोग उपलब्ध गराइरहेका छौं।’

Vianet communication
Laxmi Bank

उनले विश्वको आगामी सुन्दर भविष्यका लागि सबै सहयोगी हुन आवश्यक रहेको उल्लेख गरेकी छन्। ‘चीनले कहिले पनि चीन पहिलो भन्ने नीति लिएको छैन र लिने पनि छैन’, उनले भनेकी छन्, ‘हामी सबैसँग हातेमालो गरेर अघि बढ्नेछौं। नेपालजस्तो छिमेकसँग झनै निकट रहेर सहकार्य गरिरहनेछौं। हामीले हाम्रो अनुभव र सुझाव मात्र होइन आवश्यक सामग्री पनि नेपाल सरकारलाई एक लट उपलब्ध गराइसकेका छौं।’

नेपालमा झैं लकडाउनको बाटो अपनाएर चीनले समस्या समाधान गरेको विज्ञप्तिमा उल्लेख छ। परीक्षणका लागि आवश्यक सामग्रीहरु सक्दो उपलब्ध गराउने उनले जनाएकी छन्। उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समितिसँग कूटनीतिक च्यानलमार्फत भेटघाट गरी आवश्यक सामग्री ल्याउने विषयमा छलफल गरिरहेको उनले उल्लेख गरेकी छन्। चीनले उत्पादन गरेको सामग्रीको गुणस्तरमा प्रश्न आएको विषयमा भने उनले मापदण्ड तोकेको कम्पनीबाट खरिद गर्दा राम्रो हुने बताएकी छन्। चीनले पनि त्यस्ता सामग्री गुणस्तर परीक्षण गरेर पठाउने उनको भनाइ छ।‘सामान कमसल रहेको वा त्यो प्रमाणित छैन भने भन्सारमा रोकिने गर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यो परीक्षण हुन्छ।’

सार्क राष्ट्रमा ७ हजारभन्दा बढी संक्रमण देखिएको उल्लेख गर्दै उनले सबै सार्क सदस्य चीनको छिमेक र छिमेक जस्तै निकट रहेकाले सहयोग रहने रहने जनाएकी छन्। सार्कले भिडियो कन्फरेन्स गरेर सहकार्यमा जोड दिँदा सार्कको पर्यवेक्षकको तवरबाट चीनले पनि साथ दिएको पनि उनले स्पष्ट पारेकी छन्।अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x