×

NMB BANK
NIC ASIA

हिजो दिनभर : नेकपाभित्र भुसको आगो बन्दै स्वास्थ्य सामग्री खरिद प्रकरण, स्वास्थ्य सामग्री खरिदमा सेनाले मध्यस्तकर्ताको प्रयोग नगर्ने

चैत २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपाभित्र भुसको आगो बन्दै स्वास्थ्य सामग्री खरिद प्रकरण, सचिवालय बोलाउन अध्यक्षमाथि दबाब

विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड १९) रोकथाम र नियन्त्रणका लागि खरिद गरिएको किटमा भ्रष्टाचार भएको भन्दै यतिबेला सरकारको आलोचना भइरहेको छ । ओम्नी ग्रुपसँग वास्तविक मूल्यभन्दा अत्यन्तै महंगोमा मेडिकल किट ल्याउन सम्झौता गरेर करोडौंको भ्रष्टाचार गरेको हुनसक्ने भन्दै आलोचना खेपेपछि स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले केही दिनअघि सम्झौता रद्द गरेको बताइसकेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

ओम्नी ग्रुप र स्वास्थ्य सेवा विभागबीच गत साता १ अर्ब २४ करोड ६८ लाख ४८ हजारको सामग्री खरिद गर्ने सम्झौता भएको थियो । यसमध्ये आइतवार पहिलो लटमा २८ करोड ७३ लाख १७ हजारको १० किसिमका सामग्री ल्याइसकेको छ । ओम्नीमार्फत सरकारले प्रचलित मूल्यभन्दा निकै गुणा महंगोमा सामान ल्याएपछि मेडिकल किट खरिदमा भ्रष्टाचार प्रकरण सतहमा आएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै कतिपय नेताहरूले विपत्तिका बेलामा भएको यो भ्रष्टाचारको छानबिन हुनुपर्ने बताइरहेका छन् । शीर्ष नेताहरूले नै पार्टीसँग समन्वय नगरी काम गरेको आरोप लगाइरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कतिपय नेताहरूलेसमेत राष्ट्रिय विपत्तिका बेलामा सर्वदलीय समन्वयका आधारमा सरकारले काम नगरेको आरोप लगाएका छन् ।


Advertisment
Nabil box
Kumari

उसो त यो महाविपत्तिका बेलामा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागबीच पनि स्वार्थको द्वन्द्व देखिएको कतिपयको टिप्पणी छ । स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा पाएको विभागलाई विभिन्न बिचौलियाको प्रभावमा पार्ने काम स्वयं सरकारका मन्त्रीहरूले गरिरहेको नाम उल्लेख नगर्ने शर्तमा विभागका एक कर्मचारीले बताए ।

Vianet communication
Laxmi Bank

‘केही मन्त्रीहरूको स्वार्थका कारण खरिद प्रक्रिया स्वस्थ हुन नसकेको साँचो हो,’ ती कर्मचारीले लोकान्तरसँग भने, ‘यस्तो बेलामा समन्वय हुनुपर्नेमा फाइदा मात्र हेर्ने काम भयो । सामग्री खरिदमा प्रधानमन्त्रीनिकटकै व्यक्तिहरूको हालीमुहाली रहेको बाहिरिएपछि सम्झौता रद्द गरेर हामीले गल्ती सुधार्नुको विकल्प थिएन ।’

ओम्नीसँगको सम्झौता रद्द भएपछि स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा सेनालाई दिने मन्त्रिपरिषद्को निर्णय पनि विवादमुक्त हुन सकेन । केही दिनअघि सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सरकारी सञ्चारमाध्यम गोरखापत्रसँग आफूहरू सामग्री आयात गर्ने तयारीमा लागेको बताएका थिए । तर त्यो प्रक्रियाबाट अहिले सेना पछि हटेको विश्वस्त स्रोतले लोकान्तरसँग दाबी गरेको छ ।

तत्काल सचिवालय बैठक बोलाएर भ्रष्टाचार प्रकरण छानबिन गर्न माग

सरकारले गरेका पछिल्ला निर्णयहरू एकपछि अर्को विवादित बनेपछि सत्तारूढ दल नेकपाका शीर्ष नेताहरूले तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन् । वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सार्वजनिक सञ्चार माध्यममार्फत तत्काल सचिवालय बैठक बोलाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेको बताएका छन् ।

वरिष्ठ नेता खनालले लोकान्तरसँग भने, ‘सरकारले गरेका विवादित कामहरू बारे समीक्षा हुनुपर्छ भनेर हामीले भन्दै आइरहेका छौं । अहिले बैठक नबसेको अवस्था छ । के भइरहेको छ, कसो भइरहेको छ भनेर पार्टीकै नेताहरूलाई थाहा नभएको अवस्था छ । बैठक राखेर यसको विषयमा छलफल हुनुपर्छ र भ्रष्टाचार भएको हो भने पार्टी गम्भीर बन्नुपर्छ भनेर हामीले भन्दै आइरहेका छौं ।’

नेकपाका अधिकांश सचिवालय सदस्यहरू सरकारले एकलौटी ढंगबाट विवादास्पद निर्णय गरिरहेको मन पराएका छैनन् । वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, र गृहमन्त्री रहेका रामबहादुर थापा ‘बादल’ सरकारका पछिल्ला निर्णयहरू प्रति त्यति खुसी छैनन् ।

खरिपाटी क्वारेन्टाइनमा बस्ने ९४ मा कोभिड १९को संक्रमण देखिएन

स्वास्थ्य मन्त्रालयले भक्तपुरको खरीपाटी क्वारेन्टाइनमा रहेका ९४ जना नेपाली नागरिकको कोभिड १९ परीक्षण नेगेटिभ आएको बताएको छ ।

आइतवार नियमित प्रेस ब्रिफिङ गर्दै मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सबैको परीक्षण भएको र कुनैमा पनि संक्रमण नदेखिएको बताएका हुन् ।

‘खरीपाटीमा ९४ जना व्यक्तिहरूको पनि टेस्ट गरिएको छ, सबैको टेस्ट नेगेटिभ आएको छ,’ डाक्टर देवकोटाले भने ।

सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि पनि विदेशबाट आएका नेपालीहरूलाई खरीपाटी क्वारेन्टाइनमा राखिएको थियो ।

कोरोनाविरुद्ध ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन हुने, बीमाको व्यवस्था

सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको आइतबारको बैठकले स्थानीयस्तरमा पहुँच हुने स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तथा समितिका सदस्यसचिव नारायणप्रसाद बिडारीका अनुसार खटिने स्वयंसेविकाले अतिरिक्त भत्ता  पाउनेछन्। साथै उनीहरुको बीमाको व्यवस्था हुनेछ।

काठमाडौँ महानगरबाट १० हजार ५ सयलाई राहत: २२ हजार बढीको विवरण संकलन, २७ शैयाको क्वारेन्टाइन

काठमाडौँ महानगरपालिकाले महानगरभित्र बसोबास गर्दै आएका असाहय,अतिविपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिको पहिचान गरी उनीहरुलाई राहत उपलब्ध गराउने कामलाई तीव्रता दिएको छ।

केही दिन अघि मात्रै कोरोना भाइरस (कोभिड–१९) सम्वन्धि राहतवितरण मापदण्ड–२०७६ पारित गरेको महानगरले राहत वितरण र लागत संकलन कार्यलाई तीव्रता दिएको हो। शनिबारसम्म काठमाडौँ महानगरपालिकाले ३२ वटै वडाबाट १० हजार ५ सय २३ जनालाई राहत वितरण गरेको छ।

‘शनिवारसम्म ३२ वटै वडाले उपलब्ध गराएको तथ्याङ्क अनुसार २२ हजार ६ सय ४२ जनाको विवरण संकलन गर्ने काम सम्पन्न भएको छ,’ प्रशासन विभाग प्रमुख नमराज ढकालले भने, ‘अभिभावक नभएका, आफ्नो आयश्रोत नभएका अरुको सहयोग एवं सहारामा बस्ने, आन्दामीको कुनै स्थायी स्रोत नभएका, दैनिकी गुजार गर्न धौ–धौ भएका र सम्वन्धित वडाले अतिविपन्न भनी प्रमाणित गरेका व्यक्ति वा परिवारलाई हामीले राहत दिने मापदण्ड बनाएका छौँ ।’ 

संगठित संस्थामा काम गर्ने बाहेक काठमाडौँ महानगरमा  विगतदेखि दैनिक रुपमा ज्यालामजदुरी गर्दै आएका, भरियालगायत पनि मापदण्ड भित्र रहेको उनले जानकारी दिए। त्यसैगरी महानगरपालिकाले हालै विदेश भ्रमण गरी महानगरपालिकामा बस्दै आएका व्यक्तिहरुको विवरण संकलनलाई पनि तिव्र रुपमा अघि बढाएको उहाँले जानकारी दिए।

काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ४३ औँ नगर कार्यपालिका बैठकले विवरण संकलनका लागि एकै प्रकारको फारम ३२ वटै वडालाई  वितरण गरेको थियो। त्यसैका आधारमा विवरण संकलनको कामलाई तिव्रता दिएको उनले बताए। वडाहरुले क्वारेन्टाइनका निर्माणको कामलाई पनि तीव्रता दिएका छन्।

वडा नम्बर–४ का अध्यक्ष मोहन विष्टले बागमती कलेज सुकेधारालाई २७ शैयाको क्वारेन्टाइन बनाएको जनकारी दिए। उक्त वडाले करीब २ हजारलाई राहत वितरण गर्ने योजना बनाएको छ। अध्यक्ष विष्टका अनुसार एकै दिन ५ सय ३७ जनाले राहत प्राप्त गरेका छन्। उक्त वडाल ६ स्थानबाट राहत वितरण गर्दै आएको छ। वडा १० ले पनि एक हजार बढीलाई राहत वितरण गरेका जानकारी दिएको छ। वडा १८ ले १२ सय भन्दा बढीलाई वितरण गरेको जानकारी दिएको छ । वडा २७ ले पनि समस्यामा परेका करीब ७ सयलाई खाना खुवाउने काम गरेको छ।

त्यसैगरी वडा ५ ले ९ सय बढी र वडा ११ ले ६ सय बढीलाई राहत वितरण गरेको छ। वडा १४ ले पनि ७ सय बढीलाई राहत वितरण गरेको छ।  यता वडा ३१ ओम बाडेश्वर मन्दिरबाट आसपासका का १ सय १५ परिवारलाई, त्यसैगरी इन्द्रधनुष स्कूल र भ्याली भ्यू स्कुलबाट १ सय १९ परिवारलाई राहत दिएको छ।  आलोकनगरमा ३० परिवार र देउराली क्लवबाट ५० परिवारलाई पनि राहत दिइएको वडा सचिव सुरेश साहुले जानकारी दिए।

वडा नम्बर १३ मा पनि एकै दिन २ सय ५० बढीले राहत लिएका थिए। काठमाडौँ महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलको वडा १५ ले पनि ६ सयलाई राहत वितरण गरेको छ। प्रवक्ता डंगोले करीब १३ सयको बिवरण संकलन गरेको जानकारी दिए।

 मेयर शाक्य मतदाता रहेको वडा २१ ले पनि आइतबारबाट राहत वितरणको कामलाई तिव्रता दिएको छ। राहत वितरणको पहिलो दिन १ सय १० जनालाई वडा कार्यालयबाटै वितरण गरेको वडाध्यक्ष उदयचुडामणि बज्राजार्यले जानकारी दिए। वडा २१ को राहत वितरणको सुरुवात मेयर शाक्यले नै गरेका थिए।  सो वडाले शनिबारसम्म २ सय १० जनाको विवरण संकलन गरेको छ । त्यसैगरी वडा १६ ले पनि शनिबारसम्म ३ हजार २ सयको विवरण संकलन गरेको छ भने ४ सय ८६ लाई राहत वितरण गरेको छ।   

वडा २६ मा पनि राहत माग गर्दै विवरण बुझाउनेको संख्या १ हजार ५ सय २० पुगेको वडाध्यक्ष ख्याम तिवारीले जानकारी दिए। काठमाडौं बाहिर चल्ने लामो दुरीका गाडी यही वडामा भएको बसपार्कबाट छुट्ने भएकोले महानगरकै धेरै आवागमन हुने यस वडामा असंगठित क्षेत्रका श्रमिकको संख्या पनि उत्तिकै रहेको उनको भनाइ छ।  उनले राहत वितरणको पहिलो दिनमै २ सय ९७ जनालाई राहत दिइयो बताए। हालसम्म ५ सय ६० ले राहत पाएका छन्।

सेनाले भन्यो-स्वास्थ्य सामग्री खरिदमा मध्यस्तकर्ताको प्रयोग हुँदैन, डब्लुएचओको मापदण्ड पूरा गर्छौँ

सरकारले कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाईृ दिएसँगै प्रक्रिया अगाडि बढेको छ।

 मन्त्रिपरिषद्को चैत १६ गतेको बैठकले कोरोना रोकथामका लागि आवश्यक पर्ने औषधि, उपकरण र अन्य सामग्री स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर सेनामार्फत जीटूजी प्रक्रियाबाट खरिद गर्ने निर्णय गरेको थियो।  जंगी अड्डाले आइतबार विज्ञप्ति जारी गरेर ‘सेनाले आवश्यक प्रक्रिया द्रुत गतिमा अगाडि बढाएको’ उल्लेख गरेको छ। 

 सेनाले डब्लुएचओको मान्यता प्राप्त सामग्री मात्र खरिद गर्ने, मध्यस्तकर्ताको प्रयोग नगर्ने, गुणस्तरमा सम्झौता नगरिने दाबी गरेको छ।  

घर फर्किए दुई हजार भन्दा बढी विदेशी नागरिक, बाँकी विदेशीको संख्या छैन अझै यकिन

कोभिड —१९ को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी रहेपछि नेपालमा रोकिएका दुई हजार ३७० विदेशी नागरिक स्वदेश फर्किएका छन् ।

पदयात्रालगायत विभिन्न सिलसिलामा यहाँ रहेका विदेशीलाई नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा काठमाडौँसम्म ल्याउन सहजीकरण गरेको थियो । यसरी स्वदेश फर्किएकामा जर्मनीका ९०७, फ्रान्सका ६०८, अमेरिकाका ३०२, अष्ट्रेलियाका २५६, डच नागरिक १२२, रेक रिपब्लिकनका १०२ र मलेसियाका ६६ जना रहेका छन् ।

काठमाडौँमा जम्मा भएका विदेशीलाई उनीहरुकै मुलुकले जहाज चार्टर्ड गरी लगेका हुन् । अहिले एक हजार ३७८ विदेशी नागरिक बोर्डको सम्पर्कमा आएका छन् । अन्य विदेशी कहाँ कति सङ्ख्यामा छन् भन्ने कुनैपनि निकायसँग विवरण नभएको बोर्डले जनाएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मीले आजसम्म दुई हजार ३७० विदेशी नागरिकको उद्धार गरी उनीहरुको मुलुक फर्काइएको बताए । उनले देशका विभिन्न पर्यटकीय गन्तब्यमा रोकिएका एक हजार ७२१ जनालाई बोर्डले उद्धार गरी स्वदेश फर्कन सहजिकरण गरेको जानकारी दिए ।

विभिन्न मुलुकका नेपालस्थित दूतावासले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई फिर्ता लगेका छन् । नेपालमा कति सङ्ख्यामा पर्यटक रोकिएका छन् भन्ने अझै यकिन विवरण आइनसकेको बोर्डले जनाएको छ । अध्यागमन विभागको मार्च २१ सम्मको तथ्याङ्क हेर्दा दुई हजार ५०० विदेशी नागरिक नेपाल आएका छन् । यीमध्ये एक हजार २०० स्वदेश फर्केको रेकर्ड छ ।

अन्य विदेशी नागरिकको अवस्थाबारे अध्ययन भइरहेको छ । नेपालमा कूटनीतिक मिसनका झण्डै पाँच हजार विदेशी नागरिक रहेको बोर्डको अनुमान छ । अन्य विदेशी नागरिक कहाँ कुन अवस्थामा छन् अहिले नै भन्न नसकिने सरोकारवाला निकाय बताउछन् ।

नेपालमा करिब १० हजार विदेशी नागरिकले प्रवेशाज्ञा (भीषा) थपेर बसेको बताइन्छ । कोभिड–१९ को जोखिम हुन नदिन सरकारले चैत ११ देखि २५ गतेसम्म देशभर लकडाउन गरेको अवधिमा विभिन्न परिस्थितिमा यहाँ रोकिएका विदेशी नागरिकको उद्धार गरी उनीहरुको मुलुक फर्काइएको हो ।

सरकारले गत चैत ९ गतेदेखि वैशाख ३ गतेसम्म मुलुकमा भित्रने सबै अन्तरराष्ट्रिय वायु सेवा कम्पनीको उडान बन्द गरेको छ । आन्तरिक उडान पनि बन्द गरिएको छ । यो अवस्थामा नेपालका विभिन्न पर्यटकीय गन्तब्यमा रोकिएका विदेशी पर्यटकलाई हवाई जहाजबाट उद्धार गरी काठमाडौँ ल्याइएको थियो । कतिपय विदेशीलाई सडकमार्ग भएर पनि ल्याइयो ।

पोखरा, चितवन, लुक्ला, मुस्ताङको जोमसोमलगायत गन्तब्यबाट पर्यटकलाई उद्धार गरिएको थियो । नेपालको आन्तरिक उडानमा रहेका वायु सेवा कम्पनीका जहाज मार्फत विदेशीको उद्धार गरिएको थियो । अन्तरराष्ट्रियतर्फ पनि निगमको वाइड बडी जहाजले अष्ट्रेलियाली र न्यूजील्याण्डका नागरिकलाई चार्टर्ड उडानमार्फत गन्तब्यमा लगेको थियो भने सबैभन्दा बढी कतार एयरवेजले विदेशी नागरिक बोकेको छ ।

उक्त कम्पनीको जहाजले युरोपेली मुलुक फ्रान्स, जर्मनीलगायत मुलुकका मात्र नभई तीन सयभन्दा बढी अमेरिकी नागरिकलाई पनि उनीहरुको देश पु¥याएको छ । पछिल्लो पटक हिजो चार देशले चार्टर्ड उडान गरी आफ्ना नागरिक लगे । लकडाउनको आज १३औँ दिनको अवधिमा दिनहुजसो अन्तरराष्ट्रिय चार्टड उडान भइरहेका छन् आज पनि अमेरिकाले अफ्ना ३०५ जना नागरिकलाई कतार एयरवेजको जहाज चार्टर्ड गरी स्वदेश लैजादैैछ ।

नेपालमा रोकिएकामध्ये कतिपय विदेशीको प्रवेशाज्ञा अवधि सकिएको छ । त्यस्ता विदेशीसँग लकडाउनका कारण उनीहरुलाई घर फर्किन केही दिन ढिला भए कुनैपनि शुल्क नलिने सरकारले निर्णय गरेको थियो । तर पछिल्ला केही दिनको उडानमा घर फर्कने विदेशी नागरिकलाई अध्यागमनले ४५ अमेरिकीडलर जरिवाना लिएकोमा सम्बन्धित मुलुकका नागरिकले गुनासो गरेका छन् ।

हिजो मात्रै चेकरिपब्लिकनको नेपालस्थित वाणिज्यदूतले अतिरिक्त शुल्का लिएकोमा पर्यटन बोर्डसँग गुनासो गर्नुभएको बुझिएको छ । अध्यागमन विभागले भने लामो समयसम्म रहेका विदेशी नागरिकलाई प्रवेशाज्ञा दस्तुर मात्रै लिएको तर पेनाल्टी शूल्क नलिएको स्पष्ट पारेको छ । पर्यटकका प्रवेशाज्ञा सकिएमा एक दिन भए पनि १५ दिन भएपनि न्यूनतम ४५ डलर तिर्नुपर्ने प्राबधान रहेको विभागले उल्लेख गरेको छ । नेपालमा पर्यटकको हकमा बढीमा तीन महिनासम्मको भिषा अवधि हुन्छ । विदेशी नागरिकलाई ९० दिन, ६० दिन र ३० दिनको प्रवेशाज्ञा अवधि दिइन्छ ।

के गर्दैछ अध्यागमन विभाग

मुलतः प्रवेशाज्ञा प्रक्रिया, विदेशी नागरिकको आवत जावतको सूचना व्यवस्थापनमा सक्रिय हुने अध्यागमन विभाग यतिखेर मुलुक लकडाउनका कारण तुलनात्मकरुपमा कामको बोझ कम छ, तर पनि विभागको व्यस्तता उत्तिकै छ । विदेशी नागरिकलाई उनीहरुको मुलुक फर्कनका लागि सहजिकरण गर्नेदेखि विदेशबाट आएका नेपालीमा कोभिड संक्रमण फेलापरेका व्यक्तिसँगै आएका अन्यको खोजीकार्यमा विभागले सक्रिय भूमिका निर्बाह गरिरहेको छ । विभागले स्वास्थ्यकर्मी तथा नेपाल प्रहरीको सहकार्यमा उनीहरुको खोजी गरिरहेको हो ।

विभागका महानिर्देशक रमेशकुमार केसीले नेपालमा रहेका विदेशीलाई उनीहरुको मुलुक फर्कनका लागि उद्धार उडानको सहजिकरणलगायत काम गरिरहेको राससलाई जानकारी दिए । महानिर्देशक केसीले भने, ‘अध्यागमन विभागले पर्यटकको सूचना व्यवस्थापनका साथै स्वदेश पर्कन चाहने विदेशीको उद्धार उडानका लागि सहजिकरण गरिरहेको छ । विदेशबाट फर्केर कोभिड संक्रमण फेला परेकोका नेपालीसँगै जहाजमा आएका अन्यको खोजी कार्यमा विभागले सक्रियता जनाएको छ ।’

अध्यागमनलाई पनि नेपालमा के कति सङ्ख्यामा विदेशी नागरिक रहेका छन् भन्ने यकिन विवरण छैन । अहिले पनि १० देखि १२ हजारको सङ्ख्यामा विदेशी नेपालमा रहेको विभागको अनुमान छ ।

प्रचण्ड, माधव नेपालदेखि बाबुरामसम्मलाई देउवाको फोन, गरे यस्तो अपिल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधामनन्त्री शेरबहादुर देउवाले कोरोना भाइसरका कारण उत्पन्न संकटबारे पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श गरेका छन् ।

पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनखान खनाल, डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसँग देउवाले टेलिफोन संवाद गरेका हुन् ।

‘पूर्व प्रधानमन्त्री मित्रहरू लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई तथा अध्यक्ष खिलराज रेग्मिसँग आज टेलिफोनमा संवाद गरें,’ देउवाले समाजिक सञ्जाल ट्वीटरमा आइतवार लेखेका छन्, ‘आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एक्यबद्ध भएर गम्भीर ढंगले कार्य गरौं,अपील गरेको छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x