×

NMB BANK
NIC ASIA

अमेरिकाविरुद्ध युद्ध लड्न भेनेजुएला तयार, देशभरि तोप तैनाथ

चैत २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकाले लागूऔषध आतंकवादी घोषणा गरेपछि अमेरिकाको आक्रमण हुन सक्ने भन्दै मदुरोले जवाफी कारवाहीका लागि देशभरि तोप तैनाथ गरेको छ । देशवासीको रक्षाका लागि आफूले तोप तैनाथीको आदेश दिएको मदुरो बताउँछन् । 

Muktinath Bank

लागूऔषध पदार्थको तस्करी गरेको आरोप लगाउँदै अमेरिकाले मदुरोलाई समात्नेलाई डेढ करोड डलर दिने घोषणा गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि मदुरोले एक ट्वीट गर्दै लेखे, ‘म कोलम्बिया र अमेरिकाको समर्थन पाएका शक्तिको निन्दा गर्छु । उनीहरू हिंसात्मक कारवाही चलाएर हाम्रो देशलाई अस्थिर बनाउन चाहन्छन् ।’


Advertisment
Nabil box
Kumari

अघिल्लो साता मदुरोले संसारभरिका नेतालाई सम्बोधन गर्दै आफूलाई सहायता गर्न अनुरोध गरेका थिए । अमेरिकाले आफूलाई समातेर कारवाही गर्ने हो कि भनी उनी डराइरहेका छन् । 

Vianet communication
Laxmi Bank

अमेरिकाले आफूमाथि लागूऔषध तस्करीको झूटो आरोप लगाएको र उससँग यसको कुनै प्रमाण नरहेको मदुरोको भनाइ छ । 

यसअघि अमेरिकाका राष्ट्रपति ट्रम्पले भेनेजुएला नजिक समुद्रमा अमेरिकी जलसेनाका युद्धपोतहरू तैनाथ गरिएको घोषणा बुधवार गरेका छन् । सन् १९८९ मा पानामामा आक्रमण गरेयता उक्त क्षेत्रमा गरिएको यो सबभन्दा ठूलो अमेरिकी सैन्य कारवाही हो ।  

अमेरिकाका परराष्ट्रमन्त्री माइक मम्पिओले बिहीवार मदुरोविरुद्ध पुरस्कार घोषणा गरेका हुन् । 

अमेरिका भेनेजुएलामा विपक्षी नेता खुवान गुआइडोलाई सत्तामा ल्याउन कोशिश गरिरहेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x