स्वास्थ्य उपकरण उपलब्ध गराउन राजपाको माग

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउन राष्ट्रिय जनता पार्टी (राजपा) ले माग गरेको छ । 

वीर अस्पतालसँगै स्थापना भएको अस्पतालमा हालसम्म भेन्टिलेटर, सिटीस्क्यान, कोरोनासम्बन्धी टेस्टका लागि मशिन नहुनु दुर्भाग्य भन्दै पार्टीले सरकारको ध्यानाकर्षण समेत गराएको छ । 


Advertisement

कोरोना भाइरसको विश्वमा महामारीको अवस्था रहेका बेला तराई मधेशको स्वास्थ्य सुरक्षाका लागि अझै विशेष ध्यान दिनुपर्ने समयमा प्रदेश सरकारले समेत नारायणी उपक्षेत्रीय अस्पताललाई विभेद गरेको महसूस भएको राष्ट्रिय जनता पार्टी नेपालका सहमहासचिव नेजामुद्दीन समानीले सोमवार एक विज्ञप्ति जारी गरी जनाएको छ ।

प्रदेश सरकारले ८ वटै जिल्लामा रहेका अस्पतालसँग समान व्यवहार गर्न अनुरोध गर्दै उनले प्रदेशमा रहेका ८ वटै जिल्लामा ५० श्ययाको सुविधासम्पन्न अस्पताल बनाउन समेत माग गरेका छन् ।


Advertisement

कमेन्ट गर्नुहोस्