कात्तिक २१, २०८०
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
कोरोनाभाइरसले गला र फोक्सो मात्र नभई दिमागलाई पनि असर पार्ने गरेको देखिएको छ । संसारभरिका न्युरोलोजिस्टले यसलाई पुष्टि गरिरहेका छन् ।
उनीहरूका अनुसार, कुनै कुनै रोगीहरूलाई मस्तिष्कसम्बन्धी रोग लागेको छ । त्यस्ता रोगीको दिमाग सुन्निने, दिमागमा रगत जम्ने र बोल्ने क्षमता गुम्ने लक्षण देखिएका छन् ।
त्यसो त कोरोनाको मुख्य लक्षण ज्वरो, खोकी र सास फेर्न समस्या आउनु हो । तर केही रोगीमा चाहिँ ब्रेन डिस्फंक्सनको समस्या देखिएको छ । त्यसले गर्दा रोगीहरू सुँघ्न र स्वाद चिन्न पनि सकिरहेका छैनन् । अनि मुटुरोग पनि यसले बल्झाइरहेको छ ।
मार्च महिनाको शुरूतिर ७४ वर्षीय एक रोगीलाई खोकी र ज्वरो आएपछि आकस्मिक कक्ष लगियो । उनको एक्सरे गर्दा निमोनिया भएको कुरा आयो र उपचारपछि घर पठाइयो ।
घर आएको भोलिपल्ट रोगीलाई फेरि चर्को ज्वरो आयो । अनि उसका परिवारका सदस्यले फेरि अस्पताल लगे । अचानक रोगीलाई सास फेर्नै समस्या भयो । स्वास्थ्य बिग्रिएर रोगीले डाक्टरलाई आफ्नो नाम समेत बताउन सकेनन् । उनले बोल्ने क्षमता गुमाए ।
ती रोगीलाई फोक्सोको समस्या थियो र पार्किन्सन्सको पनि । पछि उनले हातगोडा चलाउन पनि सकेनन् र मिर्गी लागेको देखियो । उनको स्वास्थ्य परीक्षण गर्दा कोरोना पाइयो ।
इटली तथा अन्य देशका चिकित्सकले कोरोना संक्रमितलाई मस्तिष्क रोग पनि लागेको पाए । इटलीमा त्यस्ता रोगीका लागि फरक न्युरो कोभिड इकाइ शुरू गरिएको छ ।
पिट्सबर्ग विश्वविद्यालयका न्युरोलोजिस्ट डा शेरी चोउका अनुसार, मस्तिष्क रोगका लक्षणको जानकारी लिने प्रयास बढाइएको छ । फोक्सोमा समस्या हुँदा भेन्टिलेटरमा राखिने भए पनि दिमागमा समस्या हुँदा राख्ने भेन्टिलेटर नभएको उनले बताए ।
उता चिनियाँ शोधकर्ताहरूले हालै प्रकाशित गरेको एक अध्ययन निष्कर्षमा कोरोनाभाइरस श्वासनलीमा मात्र सीमित नरही स्नायु प्रणालीसम्म पनि पुगिसकेको उल्लेख छ । फेब्रुअरी महिनामा चीनमा कोरोना संक्रमितमा मानसिक रोगको लक्षण पनि भेटिएको अध्ययनमा लेखिएको छ ।
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...