कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पश्चिम नवलपरासीका भारतसँग सीमाना जोडिएका सीमा क्षेत्रमा सशस्त्र प्रहरीले अस्थायी पोस्ट स्थापना गरेर निगरानी बढाएको छ ।
कोरोनाको संक्रमण फैलिन नदिन १५ दिनअघि सीमा नाकाहरू बन्द गरिएका थिए तर लुकीछिपी खेत र स–साना बाटो हुँदै नेपालतर्फ आवतजावत बढ्न थालेपछि सबै सीमा नाकामा निगरानी बढाएको सशस्त्र प्रहरी बल नम्बर २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक भरत खनियाँले बताए ।
सीमा क्षेत्र जिल्लाको पाल्हीनन्दन गाउँपालिका– ५ को चिमनटोलादेखि सुस्ता गाउँपालिका–५ को सकरदिनसम्म २८ किलोमिटर दूरीको छ । ५–६ सय मिटरमा १/१ वटा अस्थायी पोस्ट निर्माण गरिएको छ ।
जिल्लाको सीमा दूरीसम्म ४५ वटा पोस्ट छन् । कसैले पनि आँखा छलेर नेपाल प्रवेश गर्न नसकून् भनेर पोस्टसँगै १/२ सय मिटरको दूरीमा प्रत्येक १ जना सशस्त्र प्रहरी खटाइएको छ ।
‘सीमाको हरेक स्टेपमा सशस्त्र प्रहरी जवान छन् । कसैले आँखा छल्नै सक्दैनन् । अहिले लुकेर आउनेहरूको आवतजावत पनि पूर्ण रोकिएको छ,’ सशस्त्र प्रहरी उपरीक्षक खनियाँले भने । दिनमा भन्दा रातको समयमा सशस्त्र प्रहरीको संख्या बढाएर गस्ती गरिएको उनले बताए । जिल्लामा रहेका सबै सशस्त्रको फोर्स अहिले सीमामा केन्द्रित गरिएको छ ।
जिल्ला भारतको बिहार र उत्तरप्रदेशसँग जोडिएको छ । उत्तर प्रदेशको महाराजगञ्जमा कोरोनाका संक्रमण भेटिएपछि सशस्त्रले सीमा नै शिल गरेर गस्ती बढाएको हो । सशस्त्रको गस्ती बढेपछि सीमा क्षेत्रमा भारतले पनि सीमा सुरक्षा बल (एसएसबी) का प्रहरीलाई परिचालन गरेको छ ।
सीमा क्षेत्रमा दुवै देशका प्रहरीले समन्वय गरेर आवतजावतमा कडाइ गरेका छन् ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...