×

NMB BANK
NIC ASIA

जानीराखौं– शरीर स्वस्थ राख्न छुटाउनै हुँदैन यी फलफूल

चैत २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

शरीरलाई स्वस्थ एवम् तन्दुरुस्त राख्नका निम्ति खानपानमा विशेष ध्यान दिनुपर्छ। खानपानमा ध्यान नदिँदा धेरै नै हानी पर्दछ । हामीले दैनिक जीवनमा  केकस्ता खानेकुरा सेवन गर्छौं, त्यसमा नै हाम्राे स्वास्ठ्य निर्भर हुन्छ ।

Sagarmatha Cement
Muktinath Bank

यहाँ स्वस्थ जीवनयापनका लागि आवश्यक पर्ने केही फलफूलबारे चर्चा गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ब्रोकाउली
यसमा बीटा क्यारोटीन र आइसोथियोसायनेट नामक पोषक तत्व पाइन्छ । यसकारण ब्रोकाउलीले क्यान्सर रोकथाममा सहयोग गर्दछ । यस्तै यसले एन्टीएजींगको प्रक्रियामा समेत सहयोग गर्दछ । त्यसकारण खानामा ब्रोकाउलीको प्रयोग गर्नु निकै नै लाभदायक हुन्छ ।  


Advertisment
Nabil box
Kumari

कागती

Vianet communication
Laxmi Bank

भिटामिन सी युक्त फलफूलले शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउने काम गर्छ । विभिन्न एलर्जीबाट बचाउनका लागि पनि भिटामिन सी युक्त फलफूल आवश्यक पर्छ । भिटामिन सी पाइने फलफूलहरुमा सुन्तला, निबुवा, कागती लगायत पर्दछन् । यीनीहरुमा कायोफ्लेवोनाइड र लाइमोनीन समेत पाइन्छ । एन्टीअक्सीडेन्ट्सको उपस्थितीका कारण यी फलफूलहरुले क्यान्सर उत्पन्न गर्ने तत्वसँग लड्ने क्षमता समेत प्रदान गर्छ ।

अनार

एनीमिया अर्थात शरीरमा रगतको कमी कमी हुँदा रगतमा हेमोग्लोबिनको मात्रा बढाउन अनार महत्वपूर्ण हुन्छ । यसको सेवनले  छाला समेत स्वस्थ रहन्छ । यसमा पाइने सुक्ष्म पोषक तत्वले शरीरको भित्री अंग समेत बलियो बनाउन सहयोग गर्छ । 

गेडागुडी
बुढ्यौलीपनलाई हटाउनका निम्ति अंकुराएको गेडागुडी खानु लाभदायक हुन्छ । यसको सेवनले रोग प्रतिरोधक क्षमतामा वृद्धि हुन्छ । त्यस्तै, धेरै रोगहरुबाट बचाउन यसले सहयोग गर्छ । अंकुराउँदै गरेको गेडागुडीको सेवनले छाला समेत बलियो तथा कसिलो बनाउँछ । 

ग्रीन टी

ग्रीन टीमा एन्टी अक्सीडेन्ट्स तत्व हुन्छ । यसले स्वास्थ्यलाई स्वस्थ रहन मद्दत गर्छ । यसले शरीरको तौल घटाउने, कपाल झर्नबाट रोक्ने जस्ता काम गर्छ । यसको सेवनबाट रगतमा चिनीको मात्रा कम गर्न मदत गर्छ । यसको सेवनबाट कोलेस्ट्रोलको समेत सन्तुलन गर्दछ । यसले रक्त चापलाई समेत नियन्त्रणमा राख्न मद्दत गर्छ । 

जौ
जौमा पर्याप्त मात्रामा फाइबर पाइन्छ । यसकारण मानिसमा कब्जियतको समस्या हटाउनका लागि यो अत्यन्तै लाभदायक हुन्छ । साथै यसले पाचन प्रणाली समेत सक्रिय बनाउँछ । यसमा बीटाग्लूकेन्स हुने हुनाले कोलेस्ट्रोलको मात्रा घटाउनका लागि पनि यो महत्वपूर्ण हुन्छ ।

लसुन
लसुनको सेवनले शरीरमा रोग प्रतिरोधक क्षमता बढ्छ । यस कारण यसले शरीरलाई धेरै रोग लाग्नबाट बचाउँछ । यसको सेवनबाट उच्च रक्तचापको नियन्त्रण गर्न समेत सहयोग मिल्छ । साथै एन्टीएजिंग प्रक्रियामा समेत यो महत्वपूर्ण हुन्छ । 

ओखर तथा बदाम

यसको सेवनले स्थास्थ्य तन्दुरुस्त हुनुका साथै सुन्दरतामा पनि वृद्धि गर्छ । यसमा हुने भिटामिन ई टोकोफेरलको रुपमा पाइन्छ, जुन मुटुका लागि अत्यन्तै लाभकर हुन्छ । यस्तै, बदामको सेवनले पनि मस्तिस्कको क्षमता बढाउन मद्दत गर्छ । आँखाको प्रकाश बढाउनका लागि पनि यो निकै लाभकर हुन्छ । बदाममा भिटामिन बी, भिटामिन ई, पाइन्छ  ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x