लकडाउनमा निस्केकी यी नायिका दुर्घटनामा परिन्

साउथ अभिनेत्री शर्मिला मान्डरे बेंगलोरमा सडक दुर्घटनामा परेकी छन्। आधा रातमा सडकमा निस्केकी शर्मिलाको साथमा कारमा उनका साथी लोकेश वसन्त पनि थिए। दुर्घटनामा दुवै गम्भीर घाइते भएका छन्। दुर्घटनापछि उनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

पुलिसले ड्राइभरसँग सोधपुछ गर्दा उसले झुटो बयान दिएका थिए। उनले कसैको पनि नाम लिएका थिएनन्। झुटो बयान दिएका कारण आफू पनि फस्ने देखिएपछि उनी त्यहाँबाट भागेका थिए।


Advertisement

छानबिनको क्रममा पुलिसले एक निजी अस्पतालमा उनीहरू भर्ना भएको पत्ता लगाएको थियो। दुर्घटनापछि अस्पताल भर्ना भएको जानकारी पाएपछि प्रहरी अस्पताल पुगेको थियो। त्यहाँ दुवैको उपचार भइरहेको थियो। अस्पताल प्रशासनबाट पनि पुलिसलाई स्पष्ट रिपोर्ट दिइएको छैन। उनीहरूसँग लकडाउनको समयमा बाहिर निस्कने पास पनि थिएन। ट्राफिक पुलिसका अनुसार यो घटना बिहान ३ बजे भएको हुन सक्छ। अन्नपूर्ण पोस्टमा खबर छ ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्