×

NMB BANK
NIC ASIA

लकडाउनका समयमा के गर्ने ? टोलबासीको सक्रियतामा लिन सकिन्छ यस्ता फाइदा

चैत २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

लकडाउनको कारण आआफ्नो घरमा बसेको अवस्थामा विभिन्न टोलसुधार समितिहरू वा टोलटोलमा बसोबास गर्नेे व्यक्तिहरूको ससाना समूहहरूले कोरोना भाइरसको कारणबाट सिर्जित फुर्सदको समयलाई महत्वपूर्ण कार्यहरूमा सदुपयोग गर्न सकिन्छ ।

Muktinath Bank

यसको लागि सर्वप्रथम टोलबासीहरूले भाइबर, ह्वाट्स एप, मेसेन्जर वा अन्य कुनै ग्रुप बनाएर वा भएका यस्ता सामाजिक ग्रुपहरू प्रयोग गरेर एक आपसमा जानकारी तथा सहयोग लिन दिन सकिन्छ । यस्ता समूहहरू बनाउँदा विभिन्न टोलसुधार समाजहरू वा व्यक्तिहरूको सक्रियतामा यथासक्य सबैलाई समेट्ने गरी बनाउनु पर्दछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लिन सकिने फाइदाहरू:


Advertisment
Nabil box
Kumari

टोलहरूमा सामानहरू घरघरमा पुऱ्याउने व्यवस्था मिलाउने

Vianet communication
Laxmi Bank

अनलाइन वा टेलिफोन वा अन्य विद्युतीय संचार माध्यमहरू वा एप्लिकेसनको सहयोगबाट अत्यावश्यक सामानहरू घरघरमा पुऱ्याउने व्यवस्था गरेमा भिडभाड कम हुने र सरुवा रोगबाट बच्न सकिने हुँदा दुबै पक्ष लाभान्वित हुन्छन् । पसलेहरूको लागि पनि यो परिस्थितिबाट सिर्जित अवसर हो । यस विशेष परिस्थिति पश्चात पनि सधैको लागि कायमै गर्न सकिन्छ । टोलबासीहरूले भाइबर, ह्वाट्स एप, मेसेन्जर वा अन्य कुनै ग्रुप बनाएर आआफूले उपलब्ध गराउन सक्ने वस्तु वा सेवाको बारेमा जानकारी गराउन सक्छन् ।

सामानहरू घर घरमा पुऱ्याउँदा मास्क, पन्जा समेत लगाई भाइरस सर्न नसक्ने गरी तोकिएको मापदण्ड पूरा गरी भरपर्दो व्यवस्था गर्ने । आफूसँग उपलब्ध बस्तु वा सेवाको जानकारी तस्विर र मूल्य सहित सम्बन्धित टोलको ग्रुप मार्फत शेयर गर्ने र आवश्यक परेको बखत घरघरमा पुऱ्याउने । यथासक्य विद्युतीय सेवा मार्फत भुक्तानीको व्यवस्था गर्ने जसले गर्दा कोरोना लगायत अन्य रोगहरू नसर्ने र बैंकहरू बन्द भएको अवस्थामा समेत सहज हुने । यसबाट व्यवसायीहरूलाई आआफ्नो व्यवसाय दीर्घकालीन रुपमा प्रवद्र्धन गर्ने अवसर समेत मिल्ने ।

स्वयम् सेवकको भूमिका

हरेक टोलमा विभिन्न पेशा, व्यवसाय, रोजगार गरेका विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरू हुन्छन्, जस्तै स्वास्थ्य, कृषि, कानून, इन्जिनियरिङ्ग, शिक्षा, सुरक्षा, अन्य विशेष वा व्यवसायिक शिक्षा हासील गरेका व्यक्तिहरू । आफ्नो विज्ञता वा ज्ञानलाई एक आपसमा साटासाट गरी सहयोगको आदानप्रदान गर्न सकिन्छ । कोकससँग के ज्ञान सीप छ र स्वयम् सेवा गर्न तत्पर व्यक्तिहरूको जानकारी सामाजिक ग्रुप सृजना गरेर वा भएको ग्रुप प्रयोग गरेर गर्न सकिन्छ, जस्तै कसैले स्वास्थ्य समस्या सम्बन्धमा जानकारी दिन सक्छन, कसैले करेसाबारी बनाउने, कसैले जैबीक मल बनाउने, कसैले योगा सिकाउने, कसैले कप्युटर सिकाउने, कसैले कानूनी तथा इन्जिनियरिङ्ग सम्बन्धी परामर्श दिने, कसैले नाचगान र बजान सिकाउने, सरकारी वा अर्ध सरकारी सेवामा कार्यरत कर्मचारीहरूले तततत् क्षेत्रको बारेमा तालिम,जानकारी वा सेवा प्रदान गर्न सक्छन् । हरेक व्यक्तिसँग बेग्लै र विशिष्ट ज्ञानहरू रहेका हुन्छन् नै ।

यस्तो जानकारी दिलाउँदा सर्वप्रथम आफूले प्रदान गर्न सक्ने ज्ञान, शीप वा तालीमको जानकारी सम्बन्धित टोलको सामाजिक ग्रुपमा पोष्ट गर्ने । सिक्न चाहने इच्छुक व्यक्तिहरूको समूह बनाई निश्चित मिति र समय तोकी ग्रुप भिडियो, फेसबुक लाइभ आदि मार्फत तालीम वा कार्यक्रम संचालन गर्ने ।

एक आपसमा परिचय र भाइचारको सम्बन्ध स्थापना

यस कठिन परिस्थितिमा सबै एक आपसमा मिलेर पारस्परिक सहयोगको आदानप्रदान गर्नु महत्वपूर्ण हुन्छ । यो एउटा समाजमा बसोबास गर्ने व्यक्तिहरू बीचमा विद्युतीय माध्यमबाट परिचय गर्ने र भाइचाराको सम्बन्ध स्थापना गर्ने अवसर पनि हो । यो फुर्सदको समयलाई सदुपयोग गर्दै सामाजिक ग्रुप मार्फत परिचय गरी सहयोगको आदानप्रदानले आत्म सन्तुष्टि हुनुको साथै सधैभरीको लागि असल सम्बन्ध स्थापित हुन सक्छ ।

मनोरन्जन तथा शारिरीक अभ्यास

हरेक दिन निश्चित समयमा आआफ्नो छतछत वा कौशिमा जम्मा भएर बत्तीहरू बालेर उज्यालो गराई नाचगान, शारीरिक व्यायम वा संयुक्त रुपमा योगा आदि गर्न सकिन्छ । फेसबुक लाइभ वा ग्रुप भिडियो वा कलबाट पनि एक साथ गर्न सकिन्छ । जसले गर्दा रातदिन भित्रै बसी रहने र दिक्क लाग्ने अवस्था दूर हुन सक्छ । ग्रुपका सदस्य जो कसैले यसको प्रस्ताव वा पहल गरी अरुले अनुसरण गर्न सकिन्छ ।

सरसफाइ तथा वातावरण संरक्षण

सबैले आआफ्नो घर अगाडिको सडक चोक बढारेर सफा सुग्घर राख्ने । बगैचा कौशिमा बोटबिरुवा रोप्ने । आफ्नो घरमा बढी भएका वा आफूले उपलब्ध गराउन सक्ने फलफुल तरकारी आदिका बोटबिरुवाहरूग्रुपमा शेयर गरी सशुल्क वा निशुल्क उपलब्ध गराउने । नर्सरीहरूले बोटबिरुवाहरूको मूल्य तथा तस्विर सहित पोष्ट गरी घरघरमा पुऱ्याइदिन सक्ने व्यवस्था गर्ने ।

व्यक्तित्व विकास, मर्मत संभार र अन्य व्यवस्थापन

स्टोर सफा गर्ने, लामो समयसम्म स्टोरमा वा दराजमा थन्किएका भाडाकुडा, कपडा म्यासिनरी आदि सामानहरू मिलाउने, घरमा बढी भएका वा काममा नआउने सामानहरू बिक्री गर्न वा निशुल्क उपलब्ध गराउनग्रुपमा सूचना गर्ने । रंगरोगन गर्ने । युटुभ भिडियोहरू हेरेर जानकारी हासिल गरी घरमा प्रयोग नभएका वा उपयोग नभएका सामानहरू बैकल्पिक प्रयोगमा ल्याउने र अन्य मर्मत सम्हार गर्ने । आफ्नो भविष्यको योजना र व्यवसायको खाका तयार गर्ने, भाषा सिक्ने, आर्ट गर्न सिक्ने, नातेदार इष्टमित्रहरूलाई फोन सम्पर्क गरी सम्बन्धलाई प्रगाढ बनाउने, विश्व प्रशिद्ध सिनेमा हेर्ने, नाचगान तथा बजान सिक्ने, अघिदेखि लेख्ने सोंच गरेको कार्यलाई पूरा गर्ने, आफ्नो कार्यक्षेत्रको कार्यलाई कसरी बढी व्यवस्थित गर्ने भन्ने सम्बन्धमा कार्य योजना बनाउने आदि । आफूले गर्ने र अरुलाई गर्न ग्रुपमा पोष्ट प्रोत्साहन गर्ने ।

अध्ययन अध्यापन सम्बन्धी कार्य

 शिक्षकहरूले आआफ्ना विद्यार्थीहरूलाई भिडियो वा फोनबाट नियमित सम्पर्क गरी सल्लाह दिने, गृहकार्य दिने, आफूले पढाउनु पर्ने विषयको नियमित यी माध्यमहरूबाट अध्यापन गराउने । विद्यार्थीहरूले राखेका जिज्ञासाहरूको जवाफ दिने आदि कार्य गरी उनीहरूलाई सक्रिय राख्ने । यसको लागि कुनै औपचारिक निर्णय पर्खनु आवश्यक छैन । हरेक शिक्षकले स्वेच्छिक रुपमा तुरुन्त गर्न सक्छन् । आफूले गरेको जानकारीग्रुपमा शेयर गरेमा अरुलाई पनि उत्पेरित गर्न सक्छन् ।

कोरोना नियन्त्रण सम्बन्धमा अनुगमन र निगरानी

नवआगन्तुक वा जथाभावी घुलमिल हुने वा सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने व्यक्तिले तोकिएको मार्गदर्शन पालना गरे नगरेको निगरानी गरौं । त्यसो नगरेको पाइएमा सम्बन्धित निकायमा तुरुन्त खबर गरौं । सबै व्यक्ति र समाज सचेत नभई सरकारले मात्र प्रभावकारी कार्य गर्न कठिन हुन्छ । कोरोना नियन्त्रणमा सरकारले जारी गरेको आदेशलाई पूर्ण पालना गराउने र टोल तथा बस्तीहरूमा भाइरस फैलनबाट रोक्नको लागि कसैले आदेशको उल्लंघन गरेको पाइएमा तुरुन्त उजुरी गर्ने । खाद्य वा औषधी पसलहरूमा भिडभाड नगरी तोकिएको दूरीको पालना गरी एक एक गरेर मात्र सामान खरिद बिक्री गर्ने व्यवस्था गर्ने । तोकिएको मापदण्ड पुरा नगरी वा भिडभाड गराइ, पन्जा, मास्क नलगाई बेचबिखन गर्ने पसलेहरू भएमा यसो नगर्न सुझाब दिने र यसको अटेर गरेमा उजुरी गर्ने र त्यस्तो पसलहरूबाट खरिद नगर्ने । चोकचोकमा अनावश्यक रुपमा भिडभाड गरेको देखिएमा सम्बन्धित निकायमा खबर गर्ने । समाजको कोही व्यक्ति यस भाइरसबाट संक्रमित भएमा के कसरी व्यवस्थापन र एक आपसमा सहयोग गर्ने सम्बन्धमा आन्तरिक योजना तयार गर्ने । 

डोरनाथ अर्यालको यो विचार उनको फेसबूकबाट लिइएको हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x