×

NMB BANK
NIC ASIA

ट्रमा सेन्टरमा घाइते घटे बिरामी , सम्भावित सङ्क्रमितको उपचारमा तत्पर

चैत २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

‘लकडाउन’ का अवधिमा अत्यावश्यक बाहेकका सवारी साधन नचल्दा सडक दुर्घटनाका घाइतेको सङ्ख्या घटेपछि कोरोना भारइसको सम्भावित सङ्क्रमितको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर तयारी अवस्थामा रहेको छ । 

Muktinath Bank

कसो अस्पतालमा अहिले सामान्य अवस्थाभन्दा सबै घाइतेको सङ्ख्या कम भएकामा सडक दुर्घटनाका घाइते विरामी स्वभाविकरुपमा कम भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यही चैत ११ गतेदेखि आइतबारसम्म अस्पतालको आकस्मिक कक्षमा ३२४ जना उपचारका लागि आएकामा सडक दुर्घटनाका ९४ आएका थिए । तीमध्ये ४९ जना बिरामी लडेर घाइते भएको र सात जना कुटपिटका कारण घाइते भएको पाइएको छ । यसअघि सडक दुर्घटनामा काठमाडौँ उपत्यकाका घाइते मात्रै आउने भएपनि अहिले देशभरका आउने गरेको अस्पतालका निर्देशक डा सञ्तोष पौडेलले बताए । अहिले अन्य अस्पतालले घाइतेको समेत उपचार गर्न नमान्ने हुँदा अधिकांश बिरामी यहीँ आउन थालेका हुन् ।


Advertisment
Nabil box
Kumari

यस अवधिमा बालिबालिका आफ्नै घरभित्रै लडेर घाइते भएका घटना भने बढेका छन् । अहिले अस्पतालको आकस्मिक कक्षमा आएकामध्ये आफ्नै घरभित्र लडेर घाइते भएका तीनचार जना बालबालिका उपचाररत रहेको निर्देशक डा पौडेलले बताए । 

Vianet communication
Laxmi Bank

हाल मुलुकका विभिन्न जिल्लामा भएका दुर्घटनापछि घाइतेको हेलिकप्टरबाट उद्धार गरिएर वा एम्बुलेन्समार्फत काठमाडौँ आइरहेका छन् । उनले भने, 'काठमाडौँ उपत्यका बाहिरबाट आउने बिरामी यो समयमा पनि आइरहेका छन् ।'

अस्पतालले नियमित रुपमा सेवा दिइरहे पनि यहाँ आउने विरामीको सङ्ख्या कम छ र अस्पतालले पनि सकेसम्म चाँडो उपचार गरेर विरामीलाई छिटो घर फर्काउने गरेको छ । देश अहिले कोभिड–१९ को जोखिमको दोस्रो चरणमा प्रवेश गरिसकेकाले अन्य विरामीलाई चाँडो पठाएर सम्भावित सङ्क्रमणमा पर्नेका लागि तयारी गरिरहेको उनले बताए । उनले भने, 'आकस्मिक र तुरुन्त उपचार चाहिनेलाई उपचार गरेर सक्दो चाँडो घर फर्काइरहेका छौँ ।'

अस्पतालमा आउने दुर्घटनाका घाइतेमध्ये झण्डै २९ प्रतिशत घाइते सडक दुर्घटनाका हुने गरेको विगत तीन वर्षको तथ्याङ्कले देखाएको मेडिकल रेकर्ड अधिकृत सिद्धार्थ ढुङ्गानाले बताए । केही दिन पहिले दोलखामा भएको बलेरो दुर्घटना हुँदा घाइते भएका छ जना यहाँ आएका बाहेक पछिल्ला दिनमा यस्ता घटनामा कमी आएको उनले बताए । दुई पाङ्ग्रे सवारीसाधन दुर्घटना हुँदा  आउने घाइतेको सङ्ख्या यो अवधिमा न्यून छ । 

काठमाडौँ उपत्यका बाहिरका दुर्घटनाका थोरै जटिल घाइते मात्रै यस अस्पतालमा आउने गरेका थिए । ‘लकडाउन’ यता भने उपत्यका बाहिरका विरामी बढेका छन् । यसले केही सङ्ख्या थपेपनि समग्रमा दुर्घटना घटिरहेको अस्पतालले जनाएको छ । 

अस्पतालमा गत वर्ष १८ हजार २६३ घाइते उपचारका लागि आएका थिए । तीमध्ये झण्डै पाँच हजार सवारी दुर्घटनाका घाइते थिए । अस्पतालको तीन वर्षको तथ्याङ्क हेर्दा सडक दुर्घटनाका घाइते २९ प्रतिशत र लडेर, कृषि काम गर्दा, कुटपिटलगायतका कारणले घाइते ६१ प्रतिशत रहेको पाइन्छ ।

सवारीसाधन गुड्न कम हुँदा काठमाडौँ उपत्कालगायतका शहरी क्षेत्रमा प्रदूषण हुनाका साथै सडक दुर्घटना ह्वात्तै घटेको हो । नेपालमा औसतमा दैनिक सात जनाले सडक दुर्घटनामा ज्यान गुमाउने गरेको भएपनि यो दुई सातामा यो सङ्ख्या व्यापक घटेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x