इटलीमा कोरोनाको उपचार गर्ने १०० भन्दा बढी स्वास्थ्यकर्मीको मृत्यु

इटलीमा कोरोनाभाइरस संक्रमण फैलिएपछि १०० भन्दा बढी स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् । आफ्ना सहकर्मीहरूको मृत्यु हुँदा चिकित्सकहरूलाई आघात पुगेको छ । 

आघातमा रहेका अस्पताल कर्मचारीहरूले ‘अब कसको पालो’ भनी चिन्ता व्यक्त गर्ने गरेका छन् । ८० चिकित्सक र २१ नर्सको मृत्यु भएको हो । 


Advertisement

संक्रमण फैलिएपछि दुई नर्सले आत्महत्या गरेका छन् । 

सर्वाधिक प्रभावित लोम्बार्डी क्षेत्रमा रहेको एक अस्पतालमा ३०० जना स्वास्थ्कर्मी संक्रमित भएका छन् । देशभरि १२ हजार अस्पताल कर्मचारीमा संक्रमण देखिएको छ । 


Advertisement

संक्रमण शुरू हुँदा सुरक्षा उपकरणको अभाव भएकाले यत्ति धेरै संक्रमण भएको बताइएको छ । 

स्पेदाली सिभिली अस्पतालमा सरुवा रोग इकाइका निर्देशक प्राध्यापक फ्रान्सेस्को कास्तेलीले भने, ‘हामीहरू अब कसको पालो हो भनी एकअर्कालाई सोध्छौं । हामीहरू सहकर्मी मात्र हैनौं, साथी पनि हौं त्यसैले स्वास्थ्यकर्मीहरूको मृत्यु हुँदा हामीलाई मनोवैज्ञानिक असर परिहाल्छ ।’

‘त्यसमाथि हामीलाई घर जाँदा संक्रमण पनि सँगै जाने हो कि भनी पीर लाग्छ ।’

उनले थपे, ‘कामको भार, थकान सबैलाई एकै ठाउँमा राख्दा त्यसले चर्को मनोवैज्ञानिक दबाब दिन्छ ।’
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्