ट्रेनमा मास्क लगाउन नमान्ने र अरू यात्रुलाई थुक्ने महिलालाई लगाइयो हत्कडी (भिडियो)

थाइल्यान्डमा ज्वरोले ग्रस्त ५३ वर्षीया एक महिलाले मास्क लगाउन नमानेको अनि अन्य यात्रुलाई थुकेको पाइएपछि ट्रेनको हत्कडी लगाएर निकालिएको छ । 

मुक्दा जुएङथानासोमबून उत्तरपूर्वी थाइल्यान्डबाट र्कोन काएन प्रान्त जानका लागि ट्रेन चढेकी थिइन् । 


Advertisement

उनी बिरामी जस्ती देखिएकाले उनलाई मास्क लगाउन भनिएको थियो । त्यसो भन्दा उनी रिसाइन् । 

त्यसपछि उनी डब्बामा हिँड्दै अरू यात्रुहरूलाई थुक्न थालिन् । त्यसपछि उनीहरू ट्रेनबाट भागे । 


Advertisement

घटना शुक्रवार भएको हो । 

यात्रुहरूले उनको खबर दिएपछि सुरक्षा वस्त्र लगाएर आएका स्वास्थ्यकर्मीहरूले उनलाई नियन्त्रणमा लिन खोजे तर उनले तिनीहरूलाई पनि थुकिन् । 

उनीहरूले उनको एक नाडीमा हत्कडी लगाए तर उनी फुत्केर झ्याको डण्डी समात्न पुगिन् । 

उनले डण्डी समातेकै अवस्थामा स्वास्थ्यकर्मीहरूले दुवै हातमा हत्कडी लगाउँछन् । 

उनलाई हत्कडी लगाएपछि एक स्वास्थ्यकर्मीले घिन मान्दै टाउको हल्लाउँछन् । 

मुक्दा आफ्नो सीटबाट उठ्न खोज्छिन् तर एक स्वास्थ्यकर्मीले उनको काँधमा आफ्नो हात बेर्छन् । 

उनीहरू उनलाई तान्न खोज्छन् तर उनी ट्रेनको झ्याल समातिरहन्छिन् । 

पछि उनलाई डब्बाबाट निकालेर अस्पताल लगिएको थियो । 

उनी कोरोनाभाइरस पोजिटिभ हुन् कि हैनन् भन्ने कुरा अधिकारीले खोलेका छैनन् । 

मार्च महिनामा ल्याइएको एक कानूनबमोजिम ट्रेनमा मास्क नलगाइकन छिर्नु अवैध छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्