नेपाल–भारत सीमा नाकामा थप कडाइ

प्रतिकात्मक तस्वीर

कोरोना भाइरस (कोभिड –१९ )को जोखिम हुन नदिन प्रदेश २ प्रहरी कार्यालयले नेपाल भारत सीमानाकामा  थप कडाइ गरेको छ ।

यसका लागि आठ जिल्लाका  १०६ सीमानाकामा ५ हजार ७३० प्रहरी परिचालन गरिएको  कार्यालयले जनाएको छ । 


Advertisement

सीमानाकाबाट  नेपाल प्रवेशलाई पूर्ण रोक लगाइएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।

लकडाउनका समयमा नाकाबाट लुकिछिपि स्वदेश फर्किनेक्रम नरोकिएपछि प्रहरीले सीमामा थप कडाइ गरेको हो । 


Advertisement

भारतबाट स्वदेश फर्किनेको  प्रहरीले स्थानीय तहको सहयोगमा खोजी कार्य जारी राखेको छ । 

प्रहरीले नाकाबाट लुकिछिपि नेपाल प्रवेश गर्ने ४६ जना भारतीयलाई पक्राउ गरी क्वारेन्टाइनमा राखेको जनाएको छ । 

लकडाउनलाई प्रदेशका आठवटै जिल्लामा प्रभावकारी कार्यान्वयन भइराखेको छ ।  

कोरोना भाइरस सङक्रमणको आशंका गरिएका विरामीलाई परीक्षण गर्न प्रदेश २ मा १४ वटा अस्पतालमा १७६ श्यया, १७ वटा अस्पतालमा  १६२ आइसोलेसन श्यया र  १९ वटा क्वारेन्टाइन  स्थापना गरिएको छ ।

कमेन्ट गर्नुहोस्