कात्तिक २५, २०८०
कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले मंगलवार पदबहाली गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाट पद तथा गोपनियताको शपथ लिएपछि अधिकारी केन्द्रीय बैंकको कार्यालय बालुवाटार पुगेर पदबहाली गरेका हुन् ।
नवनियुक्त गभर्नर अधिकारीको स्वागतका लागि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ लगायतका उच्चपदस्थ कर्मचारी बैंक परिसरमा उपस्थित थिए ।
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो ।
विक्रम संवत् २०७३ सालमा डेपुटी गभर्नरबाट अवकाश भएका अधिकारी पछिल्लो ४ वर्षदेखि बोर्डको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।
‘गोरखा भूकम्प’को समयमा समस्यामा परेको मुलुकको आर्थिक तथा बैंकिङ क्षेत्रमा तत्कालीन गभर्नर चिरञ्जीवी नेपालसँग करीब ८ महिना डेपुटी गभर्नर भएर काम गरेका अधिकारीले संसारलाई नै समस्यामा पारेको कोरोना भाइरसबाट नेपालको वित्तीय क्षेत्रलाई जोगाउने जिम्मेवारी पाएका छन् ।
पदबहाली लगत्तै उनले गरेको पहिलो नीतिगत निर्णय पनि सोही सेरोफेरोमा नै केन्द्रीत रहेको छ । कोरोनाका कारण नेपालको वित्तीय क्षेत्रमा परेको असर अध्ययन गर्न उनले कार्यदल नै गठन गरेका छन् । कार्यदलमा रहने सदस्यका बारेमा भने केन्द्रीय बैंकले केही बताएको छैन ।
पदबहालीपछि उनले भने, ‘पहिलो नीतिगत निर्णयको रुपमा कोरोनाको असर अध्ययन गर्न कार्यदल बनाउने तथा नियमित अनुगमन गर्ने निर्णय भएको छ । त्यसले समग्र अर्थतन्त्रको अवस्थामा कस्तो प्रभाव पर्छ भनेर अध्ययन प्रतिवेदन तयार पारेर कार्यान्वयनका लागि सुझाउने छ ।’ यसअघि नै राष्ट्र बैंकले केही राहतका कार्यक्रम ल्याइसकेको छ । त्यसलाई निरन्तरता दिँदै समग्र क्षेत्रमा असर कस्तो पर्छ भन्नेतर्फ विशेष चासोका साथ काम गरिने उनको भनाइ छ ।
निजी क्षेत्रसँग असाध्यै नजिक रहेर काम गरेर आएको जानकारी दिँदै उनले आफू निजी क्षेत्र मैत्री भएर नै काम गर्ने प्रतिबद्धता जनाए । केन्द्रीय बैंकले यसअघि अगाडि बढाएका राम्रा नीति तथा कार्यक्रमलाई अगाडि बढाउने उनको थप प्रष्टोक्ति थियो ।
कोरोनाका कारण अहिले सबै क्षेत्र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले विगतमा अर्थतन्त्रको एउटा क्षेत्रमा समस्या आउँदा अर्को क्षेत्रले सहयोग गर्ने स्थिति रहेपनि हाल त्यस्तो नभएकाले सोची विचारी नै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
‘स्वास्थ्य क्षेत्रको कारण संसार भर नै समस्यामा परेको छ । त्यसलाई व्यवस्थित गर्न र काम चलाएर लैजान पनि चुनौतीपूर्ण पनि उत्तिकै छ,’ उनले भने । उनले कोरोनाका कारण प्रत्येक घरको चुल्होमा समस्या परेको सन्दर्भ जोड्दै समस्याबाट पार पाउने र निस्कने उपायको खोजीमा समेत आफू लागि पर्ने प्रतिवद्धता जनाए ।
व्यापार व्यवसाय गर्ने, आर्थिक क्षेत्रमा काम गर्ने तथा वित्तीय क्षेत्रमा समेत समस्या देखिएको भन्दै उनले वित्तीय क्षेत्रप्रति आम जनताको विश्वास कायम राख्नेतर्फ नै आफू लाग्ने बताए । उनले भने, ‘फाइनान्सियल क्षेत्रमा पब्लिकको विश्वासलाई जोगाएर राख्न विभिन्न खालका उपकरण प्रयोग गर्नुपर्छ । यो संवेदनशील क्षेत्र हो, चुनौतीपूर्ण पनि छ । यो नेपालको मात्रै चुनौती होइन, संसारभरकै हो । कुनै एउटा सेक्टरमा हुँदा अन्यत्रले सहयोग गर्न सक्थे । अहिले अवस्था त्यस्तो पनि छैन ।’
नेपाल राष्ट्र बैंकको स्वायत्तताको विषयमा सोधिएको एक जिज्ञासामा उनले केन्द्रीय बैंक संसारभर जहाँसुकै पनि स्वायत्त हुने भएकाले त्यसमा आफू सजग रहेको बताए । राष्ट्र बैंक आफैंमा सशक्त संस्था भएको तथ्य पेश गर्दै नवनियुक्त गभर्नर अधिकारीले कुनै एउटा व्यक्तिभन्दा पनि आफू सामूहिक रुपमा नै काम गर्न मन गर्ने भएकाले सबैसँग मिलेर काम गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘म सधैंभर भुंग्रोमा खेल्न आए जस्तो लाग्छ । डेपुटी गभर्नरमा रहँदा पनि भूकम्प आयो । अहिले पनि कोरोनाको प्रभाव परेको छ ।’
कोरोना महामारीका बीचमा आफू केन्द्रीय बैंकका आएको भएपनि प्रतिस्पर्धा गर्ने डेपुटी गभर्नरसँग सहकार्य गर्ने उल्लेख गरे । उनले भने, ‘मसँगै प्रतिस्पर्धा गर्नुभएको डेपुटी गभर्नर अझै १० महिना बस्नुहुन्छ । यो समयमा धेरै काम गर्न सकिन्छ ।’ उनले भूकम्पको समयमा आफूले पनि ८ महिनाको अवधिमा धेरै काम गरेको उनले स्मरण गरे ।
कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...
नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा १५० जनाले ...
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...
एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...