×

NMB BANK
NIC ASIA

यस देशमा एकजना पनि कोरोना संक्रमित छैन, कसरी भयो यस्तो ?

चैत २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरसको चपेटामा संसारका २११ देश र भूभागहरू परेका छन् । तर केही देशमा कोरोना संक्रमणको एउटा पनि केस सार्वजनिक भएको छैन । तीमध्ये एक देशको तुर्कमेनिस्तान । 

Muktinath Bank

विशेषज्ञहरूले त्यहाँको सरकार वास्तविकतालाई लुकाइरहेको आशंका गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संक्रमण फैलिनबाट रोक्नका लागि संसारका अनेकौं देशले लकडाउन लगाइरहेको भए पनि तुर्कमेनिस्तानले चाहिँ मंगलवार विश्व स्वास्थ्य दिवसको अवसरमा साइकल र्‍याली आयोजना गरेको छ । 


Advertisment
Nabil box
Kumari

यो मध्य एसियाली देशले कोरोना नभएको दाबी गरे पनि सेन्सरशिपका लागि कुख्यात सरकारले दिएको आँकडामा कत्तिको विश्वास गर्न सकिएला ? 

Vianet communication
Laxmi Bank

तुर्कमेन स्वास्थ्य सेवा प्रणालीको अध्ययन गरेका प्राध्यापक मार्टिन म्याककीले भने, ‘तुर्कमेनिस्तानले जारी गरेको आधिकारिक स्वास्थ्य आँकडामा पटक्कै विश्वास गर्न सकिन्न ।’ म्याककी स्कूल अफ हाइजीन यान्ड ट्रपिकल मेडिसिनका प्राध्यापक हुन् । 

उनले भने, ‘अघिल्लो दशकमा उनीहरूले आफ्नो देशमा एचआईभी एड्सको एकजा पनि संक्रमित छैनन् भनी दाबी गरेका थिए । त्यो आँकडा पनि विश्वसनीय छैन । उनीहरूले सन् २००० को दशकमा अनेकौं रोगको जानकारी लुकाए । प्लेग रोग पनि त्यसमा पर्छ ।’

राजधानी अश्गाबाटमा बस्ने एक व्यक्तिले नाम नखुलाउने शर्तमा बताए, ‘मैले चिनेका एक व्यत्तिल सरकारी कार्यालयमा काम गर्छन् । त्यहाँ भाइरस फैलिएको छ वा मैले यसको बारेमा थाहा पाएको छु भन्ने विषयमा बोल्न कडा प्रतिबन्ध लगाइएको छ भनी उनले मलाई सुनाए ।’

तर तुर्कमेन सरकारले यो सरुवा रोगबाट बच्न गरिएका कोशिश र संक्रमित व्यक्तिको खोजी गरिरहेको बुझिएको छ । 

देशमा रहेको संयुक्त राष्ट्रसंघका निकायसँग मिलेर संक्रमण रोक्न सरकारले प्रयास गरिरहेको छ । 

राष्ट्रसंघकी रेसिडेन्ट कोअर्डिनेटर एलेना पानोभाले बीबीसीलाई बताइन्, ‘देशभरि संक्रमणका केसको अनुसन्धान, प्रयोगशाला परीक्षण, जोखिम सञ्चार लगायतका उपायको चर्चा गरिएको छ ।’

अनि देशमा कोरोनाको एउटा पनि संक्रमण छैन भनी सरकारले गरेको दाबीमा सहमत हुनुहुन्छ भनी गरिएको प्रश्नको उत्तर पानोभाले दिन चाहिनन् । 

उनले भनिन्, ‘हामीहरू आधिकारिक जानकारीमा नै विश्वास गरिरहेका छौं । अन्य देशमा पनि त्यसै गर्ने गरिन्छ । यसमा विश्वास नगर्ने कुरा हुन्न किनकि काम यसरी नै गरिने हो ।’

अरू देशको तुलनामा तुर्कमेनिस्तानको दैनिक जीवन सामान्य देखिन्छ । 

क्याफे र रेस्टुराँहरू खुलेका छन् । बिहामा भीड जुटेकै छ । कसैले पनि मास्क लगाइरहेको छैन । मानिसहरू ठूला समारोहमा सहभागी भइरहेका छन् ।

तुर्कमेनिस्तानमा कोरोनाभाइरस महामारीको गम्भीरतालाई पूरै बेवास्ता गरिएको जस्तो देखिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x