×

NMB BANK
NIC ASIA

पसलमा भीड हुन थालेपछि बाग्लुङमा ‘लकडाउन’ कडा

चैत २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

दैनिक उपभोग्य सामान किनमेलका क्रममा बजार र पसलमा भीड हुन थालेपछि कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न जिल्लामा ‘लकडाउन’ लाई थप कडा तुल्याइएको छ ।

Muktinath Bank

स्थानीय प्रशासनले तरकारी, दूधजस्ता अत्यावश्यक वस्तु व्यवसायीकहाँबाट घरमै मगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । अघिल्ला दिनका तुलनामा आइतबारदेखि मानिसको हिँडडुलमा कमी आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतबार ‘लकडाउन’ अटेर गरी बजारमा हिँड्ने ४० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सोमबार बिहानै पनि ३० पक्राउ परेका थिए । नियन्त्रणमा लिइएकालाई सम्झाइबुझाइ गरेर छाडिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

प्रहरीले अत्यावश्यक काम नपरी घर बाहिर ननिसक्न सबैमा आग्रह गरेको छ । “दैनिक उपभोग्य वस्तु पनि फोनबाट घरमै मगाउन अनुरोध गरेका छौँ”, उनले भने, ‘लकडाउनको पालना गराउन हाम्रोतर्फबाट सक्दो प्रयास भइरहेको छ, उल्लङ्घन भए थप कडाइ गर्छौं ।’

Vianet communication
Laxmi Bank

बागलुङमा कोभिड–१९ का दुई जना बिरामी फेला परेका छन् । सङ्क्रमित भेटिएसँगै थप जोखिम बढेपछि ‘लकडाउन’ कडा पारिएको हो । सङ्क्रमित दुवैको धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार दुवैको अवस्था सामान्य छ ।

यही चैत ४ गते बेल्जियमबाट आएकी बागलुङ नगरपालिका–४ की १९ वर्षीया किशोरी र सोही नगरपालिका–३ की ६५ वर्षीया महिलामा सो भाइरसको सङ्क्रमण भेटिएको थियो । दुवै जना कतार एयरको क्युआर ६५२ बाट नेपाल आएका थिए । सङ्क्रमितका परिवारका सदस्यमा भने कोरोना भाइरसको सङ्क्रमण देखिएको छैन ।

 र्‍यापिड टेस्ट गरिँदै

यसैबीच सरकारले सङ्क्रमितको बसोबास क्षेत्र, आफन्त र विदेशबाट आएका सबै व्यक्तिको कोरोना परीक्षण गर्ने निर्णय गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार विदेशबाट आएका करिब ९०० र सङ्क्रमितका छिमेकी, आफन्त गरेर एक हजार जतिको ‘ र्‍यापिड टेस्ट’ गरिने भएको छ । थप सङ्क्रमणको जोखिम बढेपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x