×

NMB BANK
NIC ASIA

मुख्यमन्त्री पोखरेल भन्छन् : ‘कोरोनाविरुद्ध उच्च सावधानी’

चैत २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्दै प्रदेशलाई सुरक्षित राख्न सम्पूर्ण शक्ति केन्द्रित गरिएको बताउनुभएको छ । झन्डै चार सय किलोमिटर खुला सिमानाको चुनौती रहेको यो प्रदेशमा उच्च सावधानीकै कारण अहिलेसम्म कोरोनाको सङ्क्रमण देखिएको छैन ।

Muktinath Bank

मुख्यमन्त्री पोखरेलले भने, 'अहिलेसम्म हामी सुरक्षित छौं तर जोखिमबाट मुक्त छैनौं, कोरोनाविरुद्ध लड्दै प्रदेशलाई कोरोनाबाट सुरक्षित राख्न सम्पूर्ण शक्ति केन्द्रित गरेका छौं।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्पताल र प्रयोगशाला
मुख्यमन्त्री पोखरेलका अनुसार कोरोनाविरुद्धको लडाइँमा प्रदेशले उपचार संयन्त्र र संरचनालाई प्रभावकारी बनाएको छ । प्रदेशभर कोरोना विशेष चारवटा अस्पताल तयारी अवस्थामा छन् । बुटवलको धागो कारखानामा सञ्चालित अस्पताल स्तरीय र व्यवस्थित भएको छ । अन्य अस्पताललाई पनि स्तरीय बनाइँदैछ । बिरामी कहाँ राख्ने भन्ने समस्या छैन । जनशक्तिको प्रबन्ध पनि भइसकेको छ ।


Advertisment
Nabil box
Kumari

प्रदेशमा तीनवटा कोरोना प्रयोगशाला सञ्चालनमा आउँदैछन् । रुपन्देहीमा आइतबारबाट प्रयोगशाला सञ्चालनमा आइसकेको छ । नेपालगन्जको प्रयोगशालामा उपकरण ल्याइँदैछ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि तयारी तीव्र पारिएको छ । मुख्यमन्त्री भन्छन्, 'यो अवस्थालाई अवसरका रूपमा लिँदै यी प्रयोगशालालाई अन्य सबै प्रकारका सरुवा रोगको परीक्षण गर्न मिल्ने गरी दीर्घकालीन महìवका बनाइँदैछ ।'

Vianet communication
Laxmi Bank

सम्पूर्ण शक्ति केन्द्रित
अहिलेसम्म प्रदेशमा कोरोनाको सङ्क्रमण देखिएको छैन । रुपन्देहीमा शुरू भएको प्रयोगशालाको पहिलो परीक्षणमा सङ्क्रमण नदेखिएपछि सुरक्षाको उत्साह सञ्चार भएको छ । मुख्यमन्त्री पोखरेलको भनाइमा उच्च सतर्कता र सावधानीका कारण अहिलेसम्म यस्तो सम्भव भएको हो तर जोखिमबाट मुक्त नभएकाले अझ उच्च सतर्कता जरुरी छ ।

कोरोनामुक्त प्रदेश बनाउन सम्पूर्ण शक्ति केन्द्रित गरी व्यवस्थित कार्ययोजना बनाइएको छ । विभिन्न संयन्त्र उच्च मनोबलका साथ सक्रिय छन् । एक प्रदेशबाट अर्को प्रदेशमा आउने जानेलाई अलग गरिएको छ । दक्षिणी सीमामा निगरानी र सुरक्षा बढाइएको छ ।

क्वारेन्टाइनमा सबैभन्दा अगाडि
क्वारेन्टाइन र आइसोलेसन कक्षहरूको निर्माणलाई तीव्रता दिइएको छ । उनका अनुसार प्रदेशभरका स्थानीय तहमा त्यस्ता संरचना बनाउन भनिएको छ । अहिलेसम्म चार हजारभन्दा बढी क्वारेन्टाइन बनिसकेका छन् । बाहिरबाट आएका झन्डै दुई हजार जना क्वारेन्टाइनमा छन् । मुख्यमन्त्री पोखरेलले भने, 'सम्भवतः देशमै सबैभन्दा धेरै क्षमताका क्वारेन्टाइन यो प्रदेशमा निर्माण भएका छन् । क्वारेन्टाइनमा बस्नेको सङ्ख्या पनि अन्यत्रभन्दा धेरै छ ।'

लकडाउनको पालना
सुरुमा सीमा क्षेत्रमा समस्या देखिए पनि पछिल्ला दिनमा लकडाउनको पालनाका निकै सुधार आएको र नागरिक सचेत भएका छन् । सबैले अनुशासनपूर्वक पालना गरिरहेका छन् । सीमा क्षेत्र पुगेका दुवै देशका नागरिकको सुरक्षाबारे एकअर्काले जिम्मा लिने सहमति नेपाल–भारतबीच भएपछि वातावरण सहज बनेको छ ।

सङ्कट व्यवस्थापन केन्द्र
कोरोनाविरुद्ध प्रभावकारी ढङ्गले छिटो, व्यवस्थित र समन्वयात्मक रूपमा काम गर्न मुख्यमन्त्रीको अध्यक्षतामा गठित सङ्कट व्यवस्थापन केन्द्र सक्रिय छ । मुख्यमन्त्री पोखरेलका अनुसार केन्द्रले अस्पतालभित्रको सुरक्षा, केन्द्रीय कमान्डमा अस्पताल सञ्चालन, आउन नमान्ने सङ्क्रमितलाई अस्पतालमा ल्याउने प्रबन्ध र मानवीय क्षति भएमा अन्तिम संस्कारको वैकल्पिक प्रबन्ध गर्नेछ ।

पर्याप्त सुरक्षा र सुविधा
प्रदेश सरकारले उपचारमा खट्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल बढाउन विभिन्न आकर्षक सुविधा र सुरक्षा प्रदान गर्ने भएको छ । शतप्रतिशत भत्ता र दोहोरो सुविधा पाउनेछन् । सरकारले खाने, बस्ने, उपचार र बिमाको व्यवस्था गर्नेेछ । प्रदेश सरकारले १० करोड रुपियाँ जम्मा गरेर कोरोना नियन्त्रण तथा उपचार कोष स्थापना गरेको छ । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरका लागि खाद्यान्न र राहतका लागि प्रदेश सरकारले विशेष रणनीति अपनाएको छ । 'हामी नजिकबाट निगरानी गरिरहेका छौँ । कतै कमी र अभाव भएमा पूर्ण तयारी अवस्थामा छौं। त्यस्तो बेला वार्षिक बजेट रकमान्तर गरेर प्रदेशका लागि आवश्यक न्यूनतम खर्चको व्यवस्था आफैँ गर्न सक्नेछौँ', उनले स्पष्ट पारे। गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x