×

NMB BANK
NIC ASIA

डा. पाण्डे भन्छन् : यसरी हटाउन सकिन्छ कोरोना चिन्ता

चैत २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले कोरोनाकाे चिन्ता हटाउनका लागि केही सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत उनले कोरोनाको चिन्ता हटाउनका लागि सुझाव दिएका हुन् । 

Muktinath Bank

हेर्नुहोस् डा. पाण्डेले दिएका सुझावहरू 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१. हात सम्हाल्नुहोस । हाम्रो हातले बाहिर कतै छुने काम नगरोस् । हाम्रो हात नाक, मुक,आँखामा नजाओस् । सकभर दाहिने हात चल्ने व्यक्तिले बायाँ हात चलाउनुहोस् । देब्रे हात चल्नेले दायाँ हात चलाउनुहोस् । खोक्दा कुहिनोमा मुख राख्नुहोस् । हातलाई पटक पटक साबुनपानीले मिचिमिची धुनुहोस् । सफा आफ्नै टावेलले हात पुछ्नुहोस । त्यो हातमा अझै शंका छ भने २-४ थोपा ह्याण्ड स्यानिटाइजर वा स्प्रिट कपास राखेर सफा गर्नुहोस् । आफ्नै शरीरमा पनि हातको भ्रमणमा रोक लगाउनुहोस् ।

२. आफुलाई चाहिने सामान स्टक राख्नुहोस् । सरकारले स्टक नराख्न भनेपनि हातमुख जोड्नै पर्यो । स्टक पनि नराख, घर बाहिर पनि नजा भनेर हाम्रो दैनिक समस्या अरुले टार्ने होइन । तसर्थ मन ढुक्क र शान्त हुनको लागि आफुलाई चाहिने औषधि, चामल, पिठो, दाल, तेल, नुन, साबुन, बच्चाले खाने आइटम लगायत १-२ महिनाको नकुहिने खाद्यान्नको स्टक राख्नुहोस् । यसले तपाइंलाई निस्फिक्री र सुरक्षित अनुभव गराउँछ । आत्मबल बढ्छ । पसल रित्तो भएपनि तपाईलाई तनाब हुँदैन । अत्यधिक स्टक नराख्नुहोस् । हामी जस्तै अरु व्यक्तिलाई पनि स्टक चाहिन्छ भन्ने बुझ्दा झन् आनन्द आउँछ । अलिकति क्यास पैसा पनि राख्नुहोस् । बैंक जाने स्थिति नभएपनि काम चल्छ भनेर तपाईलाई थप निस्फिक्री बनाउँछ, पैसाको स्टकले ।


Advertisment
Nabil box
Kumari

३. थोरै तथा आधिकारिक समाचार सुन्नुहोस् । कोरोना प्रकोप कहाँ कसरी फैलिएको छ, आफ्नो देश र ठाउँमा कस्तो छ ? आफ्नो तथा अरु देशका सरकारले कसरी काम गरिरहेका छन् ? आदि तथ्यको जानकारी लिनुहोस् । यसले गर्दा तपाइले आफु सुरक्षित हुने उपाय सिक्नुहुन्छ । वैश्विक महामारीको कारण चिन्ता नलिनुहोस । तर राम्रोसंग जानकारी लिनुहोस् । हाम्रो शरीर तथा मनले विषम अवस्था थाहा पायो भने यसको बचावटको लागि हरदम तयार रहन्छ ।

४. समयको सदुपयोग गर्नुहोस् । कोरोना संक्रमणको तीब्र प्रसारले गर्दा हाम्रा अनेक काम जस्तै सेमिनार, पेशागत कार्यक्रम, धार्मिक तथा सांस्कृतिक कार्यक्रम आदि रोकिएका छन् । संसार ठप्पप्राय: हुँदा धेरैको रोजगारी गएको छ, आयश्रोत सुकेको छ । यस्तो अवस्था सधै रहदैन । त्यो बेलासम्मको लागि खाने, सुत्ने, फ्लिम हेर्ने, नेट चलाउने मात्र नगर्नुहोस् । आफ्ना परिवार तथा आफन्तसंग स्मरणयोग्य समय बिताउनुहोस् । गीत सुन्नुहोस्, आर्ट गर्नुहोस्, केहि लेख्नुहोस्, सकारात्मक छलफल गर्नुहोस् , आफ्नो सरसफाई, खानपिनमा ध्यान दिनुहोस् । योग गर्नुहोस्, ध्यान गर्नुहोस्, उर्जा दिने खालका स्पिच सुन्नुहोस् । यो मौका हाम्रो जीवनमा कहिल्यै आएको थिएन र पछि पनि आउने छैन । यसलाई फिल गर्नुहोस् ।

५. बिनम्र, दयालु र सहयोगी बन्नुहोस् । सबै जात, धर्म, लिंग, उमेर र बर्गका व्यक्तिसंग समभाव राख्नुहोस् । यो समय बिरोध मात्र गर्ने समय होइन । साम्प्रदायिक हुने समय हैन । लोभीपापी हुने समय होइन । आफुलाई अत्यावश्यक सामान बाहेक धेरै संग्रह गर्न्र समय हैन । अत्यन्तै न्यून आय भएका छिमेकीलाई सहयोग गर्दा धर्म मात्र हैन आफ्नो मन शान्त तथा प्रसन्न हुन्छ । यो समय भ्रष्ट्राचार गर्ने, घुस खाने, कमिसन खाने जस्तो निकृष्ट काम गर्ने समय हैन । केहि लोभीपापीले कात्रोमा खल्ती सिलाएका छन् भने तिनीहरु निदाउन पाएका छैनन्, पैसा लुकाउने तनावले छटपटीएका छन्, अरुले थाहा पाउँछ कि भनेर त्रसित छन्, भविष्यमा जेल्बास हुने हो कि भनेर कहालिएका छन् । अर्थात उनीहरुले आफ्नी इम्युनिटी पावर ध्वस्त गरिरहेका छन् । हामीले त्यस्तो पाप नगर्दा आत्म शान्ति मिल्छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x